११ असार २०८३, बिहीबार
,
Latest
रास्वपा महाधिवेशनः पदाधिकारीको मनोनयन साँझ ६ः३० बजेदेखि महाकाली तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि आज राति मतदान, कार्यतालिका फेरि संशोधन शिक्षामन्त्री भन्नुहुन्छ, ‘नतिजा समयमै प्रकाशन गर्न कुनै हतार गरिएको होइन’ राष्ट्रपतिबाट वैकल्पिक विकास वित्त परिचालन विधेयक प्रमाणीकरण महिलालाई पर्यटकीय सवारी चालक बनाउने अभियान, ३८ सहभागीलाई ३० दिने तालिम कक्षा १२ को नतिजा विवादबारे छानबिन गर्न समिति गठन ओमानमा नेपाल–ओमान आर्थिक सहकार्य प्रवर्द्धन कार्यक्रम आयोजना भाेलिदेखि केपीएल कप अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता, एक्सन स्पोर्ट्स एचडीमा प्रत्यक्ष प्रसारण केही हप्ताभित्र स्ट्रेट अफ होर्मुजमा फसेका अधिकांश जहाजहरू खाली गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिहानैदेखि सिद्धबाबा मन्दिरमा भक्तजनहरूको भीड



अ+ अ-

पाल्पा । महाशिवरात्रि पर्वको अवसरमा सिद्धबाबा मन्दिरमा भक्तजनहरूको बिहानैदेखि भीड लागेको छ। पाल्पाको तिनाउ गाउँपालिका वडा नंं ३ स्थित सिद्धबाबा मन्दिरमा भक्तजनहरूको लागेको हो ।

सिद्धबाबा मन्दिर पाल्पा र रुपन्देहीको बुटवलको सीमा क्षेत्रमा पर्ने भएकोले सिद्धबाबा मन्दिर माथिल्लो र तल्लो सिद्धबाबा मन्दिरका नामबाट यसक्षेत्रमा प्रख्यात छ। भौगौलिक रूपले अत्यन्त अप्ठ्यारो र भिरमा रहेकोले पनि यो सिद्धबाबा मन्दिरलाई हिन्दु धर्मावलम्बीहरूले धार्मिक आस्था र महत्वका साथ लिने गर्दछन्।

वर्षको हरेक दिन पूजाआजा हुने यस मन्दिरमा महाशिवरात्रिमा विशेष पूजा हुने भएकोले बिहान तीन बजेदेखि लाइनमा लागेका दर्शनार्थीहरूलाई पालैपालो पूजा गर्ने व्यवस्था मिलाउन मन्दिर व्यवस्थापन समितिले स्वयंसेवक र प्रहरी समेत परिचालन गरेको छ।

पूजा गर्न मन्दिरभित्र जाने र फर्किने बाटो फरक बनाइएका कारण पनि दर्शनार्थीहरूको भीड कम हुने गरेको छ।

शिवरात्रिलाई मध्यनजर गर्दै समितिले एक सातादेखि नै मन्दिरको सरसफाइ, रङरोगन, यातायात, पार्किङस्थल लगायतको व्यवस्था गरेको थियो।