२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिहानैदेखि सिद्धबाबा मन्दिरमा भक्तजनहरूको भीड



अ+ अ-

पाल्पा । महाशिवरात्रि पर्वको अवसरमा सिद्धबाबा मन्दिरमा भक्तजनहरूको बिहानैदेखि भीड लागेको छ। पाल्पाको तिनाउ गाउँपालिका वडा नंं ३ स्थित सिद्धबाबा मन्दिरमा भक्तजनहरूको लागेको हो ।

सिद्धबाबा मन्दिर पाल्पा र रुपन्देहीको बुटवलको सीमा क्षेत्रमा पर्ने भएकोले सिद्धबाबा मन्दिर माथिल्लो र तल्लो सिद्धबाबा मन्दिरका नामबाट यसक्षेत्रमा प्रख्यात छ। भौगौलिक रूपले अत्यन्त अप्ठ्यारो र भिरमा रहेकोले पनि यो सिद्धबाबा मन्दिरलाई हिन्दु धर्मावलम्बीहरूले धार्मिक आस्था र महत्वका साथ लिने गर्दछन्।

वर्षको हरेक दिन पूजाआजा हुने यस मन्दिरमा महाशिवरात्रिमा विशेष पूजा हुने भएकोले बिहान तीन बजेदेखि लाइनमा लागेका दर्शनार्थीहरूलाई पालैपालो पूजा गर्ने व्यवस्था मिलाउन मन्दिर व्यवस्थापन समितिले स्वयंसेवक र प्रहरी समेत परिचालन गरेको छ।

पूजा गर्न मन्दिरभित्र जाने र फर्किने बाटो फरक बनाइएका कारण पनि दर्शनार्थीहरूको भीड कम हुने गरेको छ।

शिवरात्रिलाई मध्यनजर गर्दै समितिले एक सातादेखि नै मन्दिरको सरसफाइ, रङरोगन, यातायात, पार्किङस्थल लगायतको व्यवस्था गरेको थियो।