काठमाडौँ । माइतीघरमा आन्दोलनका लागि भेला भएका जेन–जी प्रदर्शनकारीलाई प्रहरीले तितरबितर पारेको छ।
सो क्रममा अभियन्ता निकोलस भुसालसहित केही युवालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
यसअघि पनि प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग्दै माइतीघर पुगेका भुसाललाई प्रहरीले नियन्त्रणमा लिएको थियो।
मेडिकल जाँचमा गाँजा सेवन गरेको पुष्टि भएपछि उनलाई रिह्याब सेन्टरमा राख्ने सर्तमा आफन्तको जिम्मामा छाडिएको थियो।
प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा, सर्वपक्षीय सरकार गठनलगायतका माग राख्दै मिराज ढुंगाना र रविकिरण हमालसहितका जेन–जीले ‘संयुक्त आन्दोलन’को नाममा माइतीघरमा प्रदर्शन गरेका थिए। प्रदर्शनमा केही सहभागी घाइतेसमेत भएको जनाइएको छ।
प्रशासनको पूर्वअनुमति बिना कार्यक्रम गरिएको भन्दै प्रहरीले उनीहरूलाई हटाएको हो।










