१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar प्रिय टेकराज ! तिमीलाई बिदाइ होइन, बस् सम्मान… News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने News Polar टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम News Polar बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह News Polar हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी News Polar गौघाट ग्रीन रनको उपाधि बिशाल र आयुष्मालाई , योगिनीलाई लार्जेस्ट तथा शुक्रलाई फास्टेस्ट अवार्ड News Polar जलवायु न्यायको माग गर्दै सडकमा पीडितः ‘हाम्रो रगत र आँशुको मूल्य खोज्दैछौँ’(तस्बिरसहित) News Polar सिँचाइ विभागले ल्यायो वैदेशिक रोजगारीबाट फर्केका युवा लक्ष्यित कार्यक्रम News Polar रास्वपा केन्द्रीय समिति बैठक आज News Polar सहसचिव जितेन्द्र बस्नेतको आक्रोशः निजामती सेवा विधेयक भर्त्सनायोग्य छ News Polar मेकाडेमिया नट खेतीमा किसानको आकर्षण News Polar अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान News Polar एलिना चौहानले भनिन्– ‘मेरो विगतलाई मेरो वर्तमानको परिचय नबनाइदिनुस्’ News Polar नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते News Polar बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति News Polar निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित News Polar फुर्केखोलाको वैकल्पिक सडक पाँच घण्टा बन्द हुने News Polar धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित News Polar अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

गोठमै आउँछन् दूध किन्ने ग्राहक

गोठमै आउँछन् दूध किन्ने ग्राहक
अ अ+ अ-

रामबहादुर थापा, बागलुङ । सबेरै र साँझ नछिप्पिँदै शिवप्रसाद शर्मालाई गाईभैँसी दुहुन भ्याइनभ्याइ हुन्छ । दुही नसक्दै दूध किन्ने ग्राहक गोठछेउ झुम्मी सक्छन् । ताजा र पोषिलो दूध भाडामा भर्छन्, पैसा तिर्छन्, जान्छन् । यसरी गोठमै दूध लिन आउने ग्राहक १० जना छन् ।

बाँकी दूध शर्माले बजारका घरघर पु¥याउनुहुन्छ । कतिले दैनिक त केहीले मासिक पैसा दिन्छन् । बागलुङ नगरपालिका–२ का शर्मा विसं २०६७ देखि दुग्ध व्यवसायमा हुनुहुन्छ । घर नजिकै हाडेपाखामा उहाँको ‘शिवशक्ति गाईभैँसी दुग्ध उत्पादन फार्म’ छ । फार्ममा अहिले पाँच भैँसी र तीन गाई छन् । गाई उन्नत जातका हुन् भने भैँसी स्थानीय जातका हुन् ।

गाई भैँसीले दैनिक ९० लिटरसम्म दूध दिन्छन् । “एक लिटर दूधको मूल्य रु १०० छ”, ५५ वर्षीय शर्माले भन्नुभयो, “मासिक रु ५० हजार जति खर्च छ, यस्तै ४० हजार जति बचाउँछु ।” घाँस र दानामा बढी खर्च छ । पशुपालनका लागि उहाँले करिब छ रोपनी जग्गा वार्षिक रु ५० हजार भाडामा लिनुभएको छ ।

गाईभैँसीसँगै व्यावसायिक तरकारी खेती पनि छ । तरकारीबाट पनि राम्रै आम्दानी छ । ‘टनेल’ लगाएर गोलभेँडा खेती गर्ने योजना शर्माको छ । शर्मा २७ वर्ष कृषि विकास बैंकमा जागिर गरेर निस्केपछि पशुपालन र कृषितिर लाग्नुभएको हो । “जागिरपछि यत्तिकै बस्नुभन्दा केही गर्नुपर्छ भन्ने सोचले यता लागेँ”, उहाँले भन्नुभयो, “अहिले राम्रै भएको छ, मेहनतको फल पाएजस्तो लाग्छ ।” उहाँले शुरुमा रु पाँच लाख लगानी गरेर ‘फार्म’ खोल्नुभएको थियो । अहिले ‘फार्म’को लगानी बढेर झण्डै रु १५ लाख पुगेको शर्माको भनाइ छ ।

पहिलेको तुलनामा पशुको सङ्ख्या पनि बढेको छ । शर्मासहित परिवारका सदस्य मिलेर पशुपालन र कृषिलाई अगाडि बढाएका छन् । श्रीमती गीताकुमारी, छोरा गणेश, बुहारी उषालगायतले शर्मालाई काममा सघाउनुहुन्छ । “सकुञ्जेल खाली किन बस्ने भनेर यो उमेरमा पनि कृषिमा लागेका छौँ”, गीताकुमारीले भन्नुभयो ।

छोरा गणेश पनि अमेरिकाको सपना त्यागेर परिवारसँगै बसेर व्यवसायतिर लाग्नुभएको छ । उहाँको बागलुङ बजारमै पेय पदार्थको ‘होलसेल’ पसल छ । अमेरिकाको सपनाले रु ३५ लाख डुबाएको गणेशले बताउनुभयो । उहाँले अमेरिका नपुगी बीचबाटै फर्कनुभएको थियो ।

“पशुपालन र कृषिमा अझै लगानी थप्ने र व्यवस्थित गराउने सोचमा छौँ”, गणेशले भन्नुभयो, “सरकारी निकायबाट अनुदान पाउन सके हामीलाई राहत हुने थियो ।” विसं २०६९ मा तत्कालीन पशु सेवा कार्यालयबाट गोठ सुधारका लागि पाएको रु ५० हजारबाहेक अहिलेसम्म कुनै अनुदान नल्याएको शर्माको भनाइ छ ।

“अनुदान, प्राविधिक सहयोग पाउन पाए अझ कस्सिएर लाग्न सकिन्थ्यो होला”, शर्माले दुखेसो पोख्दै भन्नुभयो, “कृषिको अनुदान काम गर्ने किसानलाई भन्दा नगर्नेलाई जान्छ ।” उहाँले अनुदानका लागि स्थानीय तहले प्रदेशमा र प्रदेशले सङ्घलाई देखाउने गरेको नमिठो अनुभव सुनाउनुभयो । शर्मा योग्य किसान भएर पनि अनुदान पाउनबाट बञ्चित हुनुपरेको अगुवा किसान बैकुण्ठ सापकोटाले बताउनुभयो ।