९ भाद्र २०८३, मंगलवार
,
Latest
फोहोर र मान्छे एकै ठाँउमा राख्न मिल्दैन, यसमा संघीय सरकार गम्भिर बन्नुपर्छः मेयर महर्जन आईटी क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै पाँचवर्षे कार्ययोजना अघि बढाइएको छ : अर्थमन्त्री वाग्ले नुवाकोटको किस्पाङ गाउँपालिकाकाे भेडा फार्म : पर्यटकको आकर्षणदेखि बरुवाल भेडाको संरक्षणसम्म प्रधानमन्त्रीकाे चस्माबारे सांसद शाहीको टिप्पणी : ‘कालो होस् कि सेतो, काम गरे भइहाल्यो’ वर्षासँगै देशभरका विभिन्न सडकखण्ड अवरुद्ध स्वर्णजयन्ती विशेष ‘नाडा अटो साे २०२६’ काठमाडौँमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन राष्ट्रियसभाबाट विशेष सेवा ऐनसम्बन्धी विधेयक समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले पारित प्रधानमन्त्रीसँग फोहोर व्यवस्थापनबारे छलफल गर्ने मेयर्स फोरमको निर्णय,सांसद तामाङको ‘दुर्व्यवहार’ बारे पनि ध्यानाकर्षण गराउने गण्डकी प्रदेश सरकारबाट बाहिरिने एमालेको निर्णय कालो चस्मा लगाउनुपर्ने स्वास्थ्य समस्या भन्दै संसद् सचिवालयमा प्रधानमन्त्री बालेनले बुझाए मेडिकल रिपोर्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

गहना चोरी गरी बिक्री गर्ने दुई जना पक्राउ



अ+ अ-

काठमाडौँ। सुनका गरगहना चोरी गरी बिक्री गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त बालाजुको टोलीले तारकेश्वर नगरपालिका–४ माछापुच्छ्रे टोलस्थित एक व्यक्तिको डेराबाट सुनका गरगहना चोरी गर्ने तथा बिक्री गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा धादिङको गजुरी गाउँपालिका घर भई काठमाडौँको नयाँबसपार्क बस्ने २४ वर्षीय अशोक क्षेत्री र रसुवाको नौकुण्ड गाउँपालिलिका–१ घर भई काठमाडौँको नयाँबजार बस्ने ३६ वर्षीय रामकृष्ण विक रहेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले सुनको गरगहना चोरीमा क्षेत्री र बेचबिखनमा विक सङ्लग्न रहेको अनुसन्धानका क्रममा खुलेको जानकारी दिनुभयो ।

प्रहरीले पक्राउ परेका क्षेत्रीको साथबाट रेडमी मोबाइल एक थान, आइफोन चार थान, फलामको छिनो एक थान र अमेरिकी डलरसमेत बरामद गरेको छ ।

यस्तै, विकसँग सुनको ब्रासलेट एक थान, औँठी एक थान, नथी एक थान, तिलहरि एक थान, सिक्री एक थान, पाउजू एक थान, बाला एक थानलगायतका गरगहना बरामद गरेको छ । पक्राउ परेका दुवैजनामाथि थप अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले बताउनुभयो ।रासस




भर्खरै