१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

सुनदेखि लसुनसम्म कोरोना भाइरसको प्रभाव

सुनदेखि लसुनसम्म कोरोना भाइरसको प्रभाव
अ अ+ अ-

काठमाडौं । चीनमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको प्रभाव नेपाली बजारमा सुनदेखि लसुनसम्ममा परेको छ । चीनमा कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि सरकारले गत १५ माघमा चीनबाट प्रवेश हुने नाका बन्द गरेको थियो ।

नेपाली व्यवसायीले चीनबाट धेरै वस्तु आयात गर्र्दै आएका छन् । सो नाका बन्द भएपछि त्यसको प्रत्यक्ष असर लसुनमा देखिएको थियो । अहिले त्यसको असर क्रमशः अन्य वस्तुमा पनि देखिएन थालेको छ ।

औषधि उत्पादन हुने कच्चा पदार्थ, लुसन, स्याउ, सुनलगायत अन्य वस्तुमा समेत यसको प्रभाव परेको छ । कोरोना भाइरसको प्रभावले नेपाली बजारमा गत २२ पुसमा प्रतिकिलो २ सय ८५ रुपैयाँमा बिक्री भइरहेको लसुनको मूल्य बढेर ६ सय ३५ रुपैयाँ पुगेको छ । पछिल्लो दुई महिनामा मूल्य ३ सय ५० रुपैयाँले वृद्धि भएको छ ।

कोरोना भाइरसका कारण लसुनदेखि सुनसम्मको कारोबारमा प्रत्यक्ष असर पारेको अर्थविज्ञ बताउँछन् । सुन एउटा सुरक्षित लगानी भएको हुँदा पछिल्लो समयमा धेरैजसो लगानीकर्ता सुनमा आकर्षित भएको दाबी उनीहरूको छ । विश्व अर्थतन्त्रमा आएको उतारचढाव, राजनीतिक अस्थिरता र पछिल्लो समय चीनमा फैलिएको कोरोना भाइरसले सुनको मूल्य अत्यधिक प्रभाव परेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य हालसम्मकै उच्च भएको छ । बिहीबार सुनको प्रतितोला मूल्य ७७ हजार ६ सय छ कायम भएको छ । बुधबार प्रतितोला ७७ हजार १ सय रुपैयाँमा कारोबार भएको सुन बिहीबार प्रतितोला ५ सय रुपैयाँले बढेर ७७ हजार ६ सय पुगेको हो ।

गत १७ पुसमा कारोबार भएको प्रतितोला सुन र बिहीबार कारोबार भएको सुनको मूल्यको तुलना गर्दा प्रतितोला ४ हजार १ सय रुपैयाँले बढेको देखिन्छ । गत १७ पुसमा प्रतितोला सुनको मूल्य ७३ हजार ५ सय रुपैयाँ रहेको थियो ।

वरिष्ठ अर्थविद् डा. चन्द्रमणि अधिकारीले पछिल्लो समय स्वदेशी बजारमा सुनको मूल्य वृद्धि हुनुका प्रमुख कारणमा विश्व अर्थतन्त्रमा देखिएको उतारचढाव, राजनीतिक अस्थिरता, अमेरिका चीनबीचको व्यापारिक द्वन्द्व, खस्किँदो भारतीय अर्थतन्त्र, डलरको मूल्यवृद्धि र चीनमा देखिएको कोरोना भाइस रहेको बताए । उनले भने, ‘यस्ता विभिन्न कारणले गर्दा लगानीकर्ताले अन्तर्राष्ट्रिय बजारमा सुरक्षित लगानी खोजिरहेका छन्’ ।

सुन सुरक्षित लगानी भएकै कारण लगानीकर्ता यसतर्फ आकर्षित भएका छन् । माग बढेपछि सुनको मूल्य निरन्तर वृद्धि हुँदै गएको हो । सेयर, तेलका लगानीकर्तासमेत सुन खरिद गरी सञ्चय गर्न थालेका छन् । अमेरिका र इरानबीच द्वन्द्वका कारण लगानीकर्ता सुनतर्फ बढी आकर्षित भएका हुन् । यसैले सुनको आपूर्ति कम र माग बढ्दा विश्व बजारमा नै सुनको मूल्यवृद्धि भएको वरिष्ठ अर्थविद् अधिकारीको भनाइ छ ।

चीनबाट फैलिएको कारोना भाइरसका कारण विश्व बजारमा सुनको मूल्य वृद्धि भएको अर्थविद् डा। डिल्लीराज खनालले बताए । विश्व राजनीति अस्थिरताले अन्य क्षेत्रमा लगानीको वातावरण सुरक्षित नहुँदा लगानीकर्ताले सुनमा लगानी गर्न थालेको उनको भनाइ छ । बजारको मागअनुसार सुनको आपूर्ति नहुँदा यसको मूल्य उकालो लाग्दै गएको अर्थविद् डा. खनालको भनाइ छ ।

‘गत १७ पुसमा प्रतितोला ७३ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन बुधबार प्रतितोला ३ हजार ६ सयले वृद्धि भएर ७७ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो, नेपाल सुनचाँदी व्यवसायी महासंघका मोहनकुमार सुनारले भने, ‘यसरी मूल्य वृद्धि हुनुका प्रमुख कारण चीनबाट फैलिएको कोरोना भाइरस नै हो । ’

महासंघका अनुसार १७ पुसमा प्रतितोला ७३ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य १८ पुस प्रतितोला १ हजार रुपैयाँ बढेर ७४ हजार ५ सय रुपैयाँ पुगेको थियो । यसैगरी, २० पुुसमा प्रतितोला सुनको मूल्य ७५ हजार ५ सय, २१ पुुस ७६ हजार, २२ पुसमा ७५ हजार ५ सय र २३ पुसमा ७६ हजार ५ सय रुपैयाँ पुगेको थियो । विगत दुई महिनायता सुनको मूल्यमा तलमाथि भइरहेको महासंघले जनाएको छ ।

यसैगरी, कोरोना भाइरसका कारण चीनसँग सीमा जोडिएको नाका बन्द हुँदा औषधिजन्य कच्चा पदार्थको मूल्य ४० देखि ३ सय प्रतिशतसम्म वृद्धि औषधि उत्पादक संघका उपध्यक्ष सन्तोष बरालले बताए । उनले पछिल्लो समय २÷२ घण्टाको अन्तरालमा औषधिजन्य कच्चा पदार्थको मूल्यमा फरक पर्ने गरेको बताए । उपध्यक्ष बरालका अनुसार ‘स्वदेशमा उत्पादित औषधिका लागि आवश्यक पर्ने कच्चापदार्थ चीनबाट पनि आयात हुने गरेका छन् ।

औषधिका लागि आवश्यक पर्ने कच्चा पदार्थमध्ये २५ प्रतिशत चीनबाट, ७० प्रतिशत भारतबाट र ५ प्रतिशत अन्य मुलुकबाट आयात हुन्छ । उपाध्यक्ष बरालले भने विगत दुई महिनामा बजारमा औषधि अभाव नभए पनि कोरोना भाइरसका कारण चीनसँगको सीमा नाका लामो समयसम्म बन्द रहेमा नेपाली बजारमा औषधिमाथि ठूलो असर पर्न जान्छ ।’

त्यस्तै, कोरोना भाइरसको संक्रमणका कारण स्याउको मूल्यमा पनि २० प्रतिशत वृद्धि भएको व्यापारीको भनाइ छ । नेपाल फलपूmल तथा तरकारी व्यवसायी महासंघका अध्यक्ष खोमप्रसाद घिमिरेले प्रतिकेजी २५० रुपैयाँमा पाइने फुजी स्याउ अहिले प्रतिकेजी ३ सय रुपैयाँ पुगेको बताए । यसैगरी, प्रतिकेजी १ सय ८० रुपैयाँमा पाइने झोले स्याउ २ सय ५० र ९० रुपैयाँ पाइने गोलो स्याउ अहिले १ सय २० रुपैयाँ पुगेको उनले बताएको समाचार राजधानी दैनिकमा प्रकाशित छ ।