११ असार २०८३, बिहीबार
,
Latest
जेल सुधारका लागि नयाँ विधेयक, विद्युतीय निगरानीमा घरमै कैद भुक्तान गर्न सकिने एनआईईटीको ‘ड्याटलिङ्क’ राष्ट्रिय आविष्कार प्रतियोगिताको उत्कृष्ट १८ टोलीमा रास्वपाको केन्द्रीय समिति निर्वाचनमा ७६.८० प्रतिशत मतदान कर्णालीमा भीरबाट खसेको ढुङ्गाले लागेर युवकको मृत्यु होल्डिङ सेन्टरबाट हटाउन खोजेपछि सुकुम्बासीको आक्रोश, ‘स्थायी व्यवस्थापन नभएसम्म जाँदैनौं’ सीमा नाकामा सहजीकरण गर्न ‘बोर्डर इन्ट्रयाक्सन टिम’ गठनको तयारी हाम्रो भविष्य बर्बाद भयो भन्दै विद्यार्थीको प्रदर्शन -तस्बिरहरु मनसुन प्रतिकार्यका लागि ५४ स्थानमा सशस्त्रका अस्थायी वेश जनविश्वास बिना सञ्चारमाध्यमको अस्तित्वमा प्रश्न उठ्छः सञ्चारमन्त्री मौन महामारी: भीड छ तर हरेक मान्छे एक्लो छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

वरिष्ठ लोक गायक बुद्धिसागर बस्याल सम्मानित



अ+ अ-

पोखरा । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेशले वरिष्ठ लोक गायक बुद्धिसागर बस्याललाई सम्मान गरेको छ । शुक्रबार पोखरामा आयोजना गरेको एक कार्यक्रमबिच बस्याललाई सम्मान गरिएको हो ।

गायक बस्याललाई सम्मान गर्दै सुरेन्द्र गुरुङ र रामजी पौड्याल लगायत लोक दोहोरी गायकहरूले नेपालको लोक तथा दोहोरी गीत अहिलेको अवस्थामा ल्याउन संचार माध्यम तथा सिर्जना मार्फत सांगितिक क्षेत्रमा बस्यालले योगदान पुर्याउँदै आएको र आफूहरु ५० को दशकका गीत सुनेरै हुर्किदै यो क्षेत्रमा लागेको कुरा बताए ।

गुरुङले लोकदोहोरीमा पछिल्लो समय आएको विकृती विसंगतीको अन्त्यका हुनुपर्नेमा पनि जोड दिए ।

सो अवसरमा प्रतिष्ठानका अध्यक्ष सुरेन्द गुरूङले भने- ‘बुद्धिसागर बस्याल जस्तो स्रष्ठाले हामीलाई मार्ग दिँदै नयाँ पुस्ताको लागि मार्गदर्शन दिनुपर्दछ र नेपालमै बस्नु पर्दछ । त्यसको लागि कलाकार तथा स्रष्ठाहरूको लागी राज्यले पनि सम्मान र अभिभावकको रूपमा सहयोग गर्नुपर्दछ । सरकारले युवा पलायन भए, देशका गहना विदेशिए भात्र भने र हुन्न । त्यसको कारण पनि खोतलेर समाधानको बाटो पहिल्याउनुपर्दछ ।’

सम्मानपछि कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेश लोकगीतको खानी स्थल भएकाले यहाँका भाका र गीत अन्तराष्ट्रियस्तरमा पुगेका छन् । सोही भाका गीतको संरक्षणका लागि आफू लागिपर्ने बताए ।

कार्यक्रममा अन्य कलाकारहरूसँग बस्यालका ‘डाँफे नाचेर‘’, ‘बुढेसकालैमा‘’, ‘बाजेका पालामा‘’ लगायतका गीत गाएका थिए ।