२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

धुर्मुस-सुन्तली फाउन्डेशनलाई सन्दीपले गरे आर्थिक सहयोग



अ+ अ-

काठमाडौं । क्रिकेट खेलाडी सन्दीप लामिछाने धुर्मुस–सुन्तली फाउन्डेशनलाई आर्थिक सहयोग गर्नुभएको छ । चितवनको भरतपुरमा निर्माणाधीन रङ्गशालाका लागि उहाँले रु ७० हजार फाउन्डेशनलाई हस्तान्तरण गर्नुभएको हो ।

सन्दीपले गत महिना कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको आइसिसी विश्वकप क्रिकेट लिग दुई खेल्ने क्रममा हरेक विकेट लिए बापतको रकम रङ्गशाला निर्माणका लागि सहयोग गर्ने घोषणा गर्नुभएको थियो । उहाँले प्रत्येक विकेट लिए बापतको रु आठ हजार ८४८ सहयोग गर्ने घोषणा गर्नुभएको थियो ।

सन्दीपले ओमान र अमेरिकासितका चार खेलमा आठ विकेट लिनुभको थियो । सोही विकेट बराबरको रकम फाउन्डेशनका अध्यक्ष सीताराम कट्टेल ९धुर्मुस० र उपाध्यक्ष कुञ्जना घिमिरे (सुन्तली) लाई हस्तान्तरण गरिएको हो । सन्दीप रङ्गशाला निर्माणका सद्भावनादूतसमेत हुनुहुन्छ ।