काठमाडौँ । नेपाल–अमेरिका एलुम्नी नेटवर्क (नुसान) मा नयाँ कार्य समिति चयन भएको छ । शनिबार ललितपुर स्थित होटल हिमालयमा भएको सातै साधारणसभाले नयाँ नेतृत्व चयन गरेको हाे ।
साधारणसभाले स्वर्णा ताम्राकारलाई अध्यक्षमा उपाध्यक्षमा अग्निराज उपाध्याय (अनिल ) र महासचिवमा निकेश बलामीलाई चयन गरेको छ ।
यसैगरी सचिवमा प्रतिज्ञा बस्याल, कोषाध्यक्षमा गार्गी नेपाल लाई चयन गरेको छ । सदस्यहरुमा नविना ज्ञावली ,पबन पौडेल , आस्थाकुमारी चौधरी , प्रकाश लामिछाने , एलिश गुरुङ र कबिता श्रेष्ठ बिजयी हुनु भएको निर्वाचन समितिले जनाएको छ ।
निर्वाचन प्रक्रिया अघि भएको कार्यक्रममा निवर्तमान अध्यक्ष प्रबिणा अमात्यले दुई बर्षको कार्यकालमा गरेका कामहरुको बारेमा जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा अमेरिकी दूतावासका सांस्कृतिक तथा सार्वजनिक संलग्नता अधिकृत एरिका एलेक्जेन्डरले अमेरिका सिकेका सिप तथा ज्ञानलाई सदुपयोग गर्दे अगाडी बढ्न सुझाब दिनु भएको थियो ।










