५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुलमानको कुरा: भाषण होईन नतिजा दिने राजनीति गर्न मैदानमा आएका हौँ



अ+ अ-

चितवन । उज्यालो पार्टी नेपालका संरक्षक कुलमान घिसिङले आफूहरु राजनीति गर्न नआएको बताउनुभएको छ ।

चितवनमा शनिवार जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफूहरु राजनीति गर्न नभइ देश परिवर्तन गर्न आएको बताउनु भयो । राजनीति र नेतृत्व फरक कुरा रहेको बताउँदै देशलाई परिवर्तन गर्न जरुरी रहेको बताउनु भयो ।

उहाँले नेपालमा जुन किसिमको राजनीति छ त्यो राजनीति गर्न आफू राजनीतिक दल खोलेर नआएको बरु बाटोमात्रै समातेको जिकिर गर्नुभयो । देश परिवर्तन भएन, देशमा सुशासन भएन, देश समृद्ध भएन भने देश कहिल्यै पनि अघि बढ्न नसक्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामी राजनीति गर्न चाहीँ आएको होइन । राजनीति गर्न आएको होइन तर देश परिवर्तन गर्न आएको हो । राजनीति र नेतृत्व फरक छ । देशलाई परिवर्तन गर्न आएको हो । जुन किसिमको राजनीति नेपालमा छ, त्यो राजनीति गर्न आएको होइन, त्यो बाटोमात्रै समातेको हो । यो बाटो समातेर देशलाई परिवर्तन गर्नुपर्छ । देश परिवर्तन भएन, देशमा सुशासन भएन, देश समृद्ध भएन भने देश कहिल्यै पनि अघि बढ्दैन । हामी देश परिवर्तन गर्ने नेतृत्व दिन आएका हौँ । देशको शासक बन्न आएको होइन । आम नेपाली जनताको सेवक बन्न आएका हौँ ।’

मन्त्री घिसिङले आफू भाषण नभइ नतिजा दिने पक्षमा रहेको बताउनु भयो । –न्युज एजेन्सी नेपाल