१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कंगोमा इबोला संक्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो News Polar डा सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा News Polar आज १६ दिने महालक्ष्मी व्रत विधिपूर्वक समापन गरिँदै News Polar प्रिय टेकराज ! तिमीलाई बिदाइ होइन, बस् सम्मान… News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने News Polar टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम News Polar बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह News Polar हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी News Polar गौघाट ग्रीन रनको उपाधि बिशाल र आयुष्मालाई , योगिनीलाई लार्जेस्ट तथा शुक्रलाई फास्टेस्ट अवार्ड News Polar जलवायु न्यायको माग गर्दै सडकमा पीडितः ‘हाम्रो रगत र आँशुको मूल्य खोज्दैछौँ’(तस्बिरसहित) News Polar सिँचाइ विभागले ल्यायो वैदेशिक रोजगारीबाट फर्केका युवा लक्ष्यित कार्यक्रम News Polar रास्वपा केन्द्रीय समिति बैठक आज News Polar सहसचिव जितेन्द्र बस्नेतको आक्रोशः निजामती सेवा विधेयक भर्त्सनायोग्य छ News Polar मेकाडेमिया नट खेतीमा किसानको आकर्षण News Polar अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान News Polar एलिना चौहानले भनिन्– ‘मेरो विगतलाई मेरो वर्तमानको परिचय नबनाइदिनुस्’ News Polar नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते News Polar बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति News Polar निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित

राससका वरिष्ठ सम्पादक रिसाल सम्मानित

राससका वरिष्ठ सम्पादक रिसाल सम्मानित
अ अ+ अ-

ललितपुर । राष्ट्रिय समाचार समिति (रासस) की वरिष्ठ सम्पादक मोहिनी मिश्र रिसाल शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा सम्मानित हुनुभएको छ । भैँसेपाटीको फुलबारीमार्गस्थित श्रीकुल माविले उहाँलाई सम्मान गरेको हो । उक्त विद्यालयको १४औँ स्थापना दिवसका अवसरमा विद्यालयमा आयोजित एक विशेष समारोहमा विद्यालयका तर्फबाट पूर्वशिक्षामन्त्री डा गङ्गालाल तुलाधरले उहाँलाई सम्मान प्रदान गर्नुभएको हो ।

साथै सोही समारोहबीच रिसालले लिजमा उपलब्ध गराउनुभएको करिब चार रोपनी जमीनमा निर्माण गरिएको भवनको पूर्वमन्त्री डा.तुलाधर र वरिष्ठ सम्पादक रिसालले उद्घाटन गर्नुभएको थियो । उक्त भवनको नाम रिसालका स्वर्गीय पति आनन्दगोपाल रिसालको स्मृतिमा आनन्द भवन राखिएको छ । सो कार्यक्रममा पूर्वमन्त्री डा तुलाधरले देशलाई समृद्ध बनाउन वर्तमान सरकारले निजी क्षेत्रको शिक्षाको विकासलाई प्राथमिकतामा राखेको बताउनुभयो ।


विद्यालय सञ्चालक समितिका अध्यक्ष दीपकराज जोशी र प्रधानाध्यापक शिवेन्द्र कार्कीले विद्यालयको अवस्था र भावी योजनाबारे जानकारी गराउनुभएको थियो । वाग्मती प्रदेशसभा सदस्य जीवन खड्का, ललितपुर महानगरपालिका वडा नं २५ का अध्यक्ष विष्णुकुमार कार्कीलगायत स्थानीय समाजसेवीले विद्यालयको प्राज्ञिक विकासका लागि शुभकमाना दिनुभएको थियो । कार्यक्रममा सो विद्यालयका विभिन्न कक्षाका विद्यार्थीले आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए । सो विद्यालयमा ४५० जना विद्यार्थी अध्ययनरत छन् ।

उक्त समारोहमा स्वर्गीय आनन्द रिसालका दिदी बहिनीहरु डा.इन्दिरा रिसाल सत्याल, प्रभा रिसाल अर्याल र सरला रिसाल भट्टराई पनि सहभागी हुनुहुन्थ्यो । ड.सत्याल वरिष्ठ स्त्रीरोग विशेषज्ञ हुनुहुन्छ । त्यस्तै प्रभाले हाल पद्म कन्या क्याम्पसमा प्राध्यापन गर्नुहुन्छ भने सरला पनि शिक्षण पेसामा नै रहनुभएको छ । भैंसेपाटी निवासी ‘कैलाश बाजे’ को नामबाट परिचित स्थानीय समाजसेवी स्वर्गीय विष्णुप्रसाद रिसालका छोराछोरी उहाँहरुजस्तो शिक्षित परिवारका कारण उक्त विद्यालयका लागि जमिन प्राप्त भएको विद्यालय प्रशासनले जानकारी दिएको थियो ।