१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कंगोमा इबोला संक्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो News Polar डा सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा News Polar आज १६ दिने महालक्ष्मी व्रत विधिपूर्वक समापन गरिँदै News Polar प्रिय टेकराज ! तिमीलाई बिदाइ होइन, बस् सम्मान… News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने News Polar टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम News Polar बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह News Polar हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी News Polar गौघाट ग्रीन रनको उपाधि बिशाल र आयुष्मालाई , योगिनीलाई लार्जेस्ट तथा शुक्रलाई फास्टेस्ट अवार्ड News Polar जलवायु न्यायको माग गर्दै सडकमा पीडितः ‘हाम्रो रगत र आँशुको मूल्य खोज्दैछौँ’(तस्बिरसहित) News Polar सिँचाइ विभागले ल्यायो वैदेशिक रोजगारीबाट फर्केका युवा लक्ष्यित कार्यक्रम News Polar रास्वपा केन्द्रीय समिति बैठक आज News Polar सहसचिव जितेन्द्र बस्नेतको आक्रोशः निजामती सेवा विधेयक भर्त्सनायोग्य छ News Polar मेकाडेमिया नट खेतीमा किसानको आकर्षण News Polar अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान News Polar एलिना चौहानले भनिन्– ‘मेरो विगतलाई मेरो वर्तमानको परिचय नबनाइदिनुस्’ News Polar नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते News Polar बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति News Polar निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित

बास्कोटाको बचाउ गरे प्रधानमन्त्री ओलीले (अखबार)

बास्कोटाको बचाउ गरे प्रधानमन्त्री ओलीले (अखबार)
अ अ+ अ-

काठमाडौं: एमसीसी र गोकुल बास्कोटामाथिको अभियोगलाई लिएर नेकपामा भएको छलफलले आजका दैनिक पत्रिकाहरूमा प्राथमिकता पाएका छन् ।

‘बास्कोटामाथि छानबिनबारे मतभेद’ शीर्षकमा कान्तिपुरले मुख्य समाचार बनाएको छ । समाचार अनुसार, राजीनामा दिएर बाटो खुला भइसकेकाले संसद, सीआईबी र अख्तियारले बास्कोटामाथि छानबिन गरून् भन्ने प्रस्ताव प्रधानमन्त्री ओलीको छ । तर प्रचण्डको मत अलि फरक छ । उनले प्रश्न उठिसकेकाले यसबारे पार्टीभित्र पनि छलफल हुनुपर्ने विचार राखेका छन् ।

सरकारले विकास सहायता, पूर्वाधार, आयोजना तथा प्राविधिक मिसनमा आउने विदेशीलाई निःशुल्क प्रवेशाज्ञा, श्रम स्वीकृति र कार्यसहहमति दिने विवादास्पद निर्णय गरेको अर्को खबर पनि कान्तिपुरमा छ । गृह र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको असहमतिका बीच अर्थमन्त्री युवराज खतिवडाले विदेशी विज्ञ, परामर्शदाता, कर्मचारी, स्वयंसेवक तथा कामदारलाई शुल्क नलिने प्रस्ताव मन्त्रिपरिषद् बैठकबाट पारित गराएको समाचारमा उल्लेख छ ।

मन्त्रिपरिषद् बैठकले माघ २० गते पारित गरेको निर्णयमा विकास सहायता र प्राविधिक मिसनमा आउने विदेशीका पति÷पत्नी वा १८ वर्षमुनिका छोराछोरीलाई निःशुल्क भिसा र श्रम स्वीकृति दिने उल्लेख छ । अर्थ मन्त्रालयले मन्त्रिपरिषद्को निर्णयअनुसार भिसा र श्रम स्वीकृति निःशुल्क गर्न र त्यस्ता विदेशीबाट आउने निवेदनअनुसार नै निर्णय गर्न माघ २९ गते गृह, संघीय मामिला तथा सामान्य प्रशासन, परराष्ट्र र श्रम मन्त्रालयलाई पत्र पठाएको छ ।

कान्तिपुर लेख्छ– मन्त्रिपरिषद्को नयाँ निर्णयले राजस्व पनि गुम्ने भएको छ भने अर्कातिर प्रक्रियासमेत सरल बनाइएकाले कुनै नियोग वा मिसनको सिफारिसका आधारमा विदेशीले भिसा सजिलै पाउने जोखिम बढेको छ ।

सेक्युरिटी प्रेस खरिदका लागि पासपोर्ट छपाइ नै रद्द गरिएको खबर नयाँ पत्रिकामा छ । समाचार अनुसार ५० लाख ई–पासपोर्ट छाप्न राहदानी विभागले गरेको ग्लोबल टेन्डरअनुसार प्राप्त प्रस्ताव खोल्नु केही घन्टाअघि प्रधानमन्त्रीको मौखिक आदेशका भरमा प्रक्रिया रद्द गरिएको छ । तर, अहिलेसम्म विभागले औपचारिक पत्र भने प्राप्त गरेको छैन ।

कक्षा ११ र १२ सजिलै पास गराउने पाठ्य संरचना निर्माणमा शिक्षा मन्त्रालय जुटेको खबर नयाँ पत्रिकामा छ । नयाँ पत्रिकाका अनुसार, सैद्धान्तिक र प्रयोगात्मक छुट्टाछुट्टै पास हुनुपर्ने व्यवस्था हटाएर समग्रमा १०० मा ३० ल्याउनेलाई सर्टिफिकेट दिने तयारी गरिएको छ । यस्तो तयारीबारे शिक्षाविद्ले भने नचाहिने काम गर्न लागिएको भन्दै आपत्ति जनाएका छन् ।