१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कंगोमा इबोला संक्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो News Polar डा सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा News Polar आज १६ दिने महालक्ष्मी व्रत विधिपूर्वक समापन गरिँदै News Polar प्रिय टेकराज ! तिमीलाई बिदाइ होइन, बस् सम्मान… News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने News Polar टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम News Polar बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह News Polar हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी News Polar गौघाट ग्रीन रनको उपाधि बिशाल र आयुष्मालाई , योगिनीलाई लार्जेस्ट तथा शुक्रलाई फास्टेस्ट अवार्ड News Polar जलवायु न्यायको माग गर्दै सडकमा पीडितः ‘हाम्रो रगत र आँशुको मूल्य खोज्दैछौँ’(तस्बिरसहित) News Polar सिँचाइ विभागले ल्यायो वैदेशिक रोजगारीबाट फर्केका युवा लक्ष्यित कार्यक्रम News Polar रास्वपा केन्द्रीय समिति बैठक आज News Polar सहसचिव जितेन्द्र बस्नेतको आक्रोशः निजामती सेवा विधेयक भर्त्सनायोग्य छ News Polar मेकाडेमिया नट खेतीमा किसानको आकर्षण News Polar अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान News Polar एलिना चौहानले भनिन्– ‘मेरो विगतलाई मेरो वर्तमानको परिचय नबनाइदिनुस्’ News Polar नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते News Polar बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति News Polar निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित

मन्त्रीलाई कुरा सुनाउन सडकमै ज्ञापनपत्र

मन्त्रीलाई कुरा सुनाउन सडकमै ज्ञापनपत्र
अ अ+ अ-

हेमन्त के सी, जाजरकोट । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतलाई पश्चिम जाजरकोटका स्थानीयवासीले स्वागतसँगै सडकमै मागको लामो फेरिस्त बुझाएका छन् ।
स्थानीयवासीसँगै स्थानीय तहका प्रमुखहरुले समेत सङ्घीय सरकारको तर्फबाट बजेट, योजना पठाएर समस्या समाधान गर्न माग गरेका छन् । चुनाव जितेर दोस्रोपटक पश्चिम जाजरकोट आउनुभएका मन्त्री बस्नेतलाई खानेपानी, विद्युत्, पुल, सडक र मोबाइल टावरसम्मका माग राखेर ध्यानाकर्षण गराइएको छ ।

चुनावमा गाउँ जाँदा घोरेटो बाटोमा हिँडेर जानुभएका उहाँ अहिले मन्त्री भएपछि सडक निर्माणकार्य भएको ठाउँमा गाडीमा सवार हुनुभएको छ । करिब दुई वर्षभित्र स्थानीय सरकार र सङ्घीय सरकारको बजेटबाट पश्चिम जाजरकोटका अधिकांश मुख्य ठाउँका कच्ची सडक निर्माण जारी रहेकाले मन्त्री गाडीमै सवार हुनुभएको हो ।

दुई वर्षअघि गाउँ पुग्दा फोन गर्नका लागि अग्ला डाँडामा पुग्नुभएका मन्त्री बस्नेत योपटक भने अग्ला डाँडामा जानु परेन । आफू चढेको गाडीबाटै अधिकांश ठाउँबाट आएका फोनमा सजिलै सम्पर्क गर्न भ्याउनुभएको थियो । मध्यपहाडी लोकमार्गका अधिकांश ठाउँमा ३३ केभी प्रसारण लाइनका पोल गाडिएकाले अब तारसँगै सवस्टेशन निर्माणको काम पूरा गर्न ठाउँ र कामको समयसमेत मन्त्री बस्नेतले अथ्र्याउनुभएको थियो ।

नौ वर्षदेखि अवरुद्ध शिवालय गाउँपलिका मोर्कको पुल अहिलेदेखि नै निर्माण शुरु भएको छ । स्थानीय तहले निर्माण गरेका काममा बजेट अभाव भएर सबै पूरा गर्न नसकिएको भन्दै शिवालय गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार शाही, छेडागाड नगरपालिकाका नगरप्रमुख लालबहादुर महतराले मन्त्री बस्नेतसँग ज्ञापनपत्र समेत सडकमै बुझाउनुभएको थियो । स्थानीय तहका प्रमुख र जनताले सबैभन्दा बढी सडक र स्वास्थ्य संस्था निर्माणको विषयलाई केन्द्रित गरेर माग पत्रमा उठाएका छन् ।

मन्त्री बस्नेतसँग पूर्व शान्ति तथा पुनःनिर्माणमन्त्री सत्य पहाडी, राष्ट्रियसभाका सदस्य भैरवसुन्दर श्रेष्ठ, प्रदेशसभाका सदस्य करवीर शाही, पूर्वसांसद रत्नप्रसाद शर्मा न्यौपाने, छेडागाड नगरपालिकाका प्रमुख लालबहादुर महतरा, प्रमुख जिल्ला अधिकारी जनकराज पन्त, प्रहरी प्रमुख किशोरकुमार श्रेष्ठ, सशस्त्र प्रहरी बलका प्रमुख योग्य बस्नेत, राष्ट्रिय अनुसन्धानका प्रमुख सञ्जीव शाह, नेपाल खाद्य संस्थानका प्रमुख धर्मबहादुर बस्नेत, नेकपाका केन्द्रीयस्तरका नेतासमेत पुग्नुभएको थियो । मन्त्री बस्नेतले स्थानीयवासीसँग कहाँ–के समस्या भएको हो भन्नुहोस् भन्दै सार्वजानिक ठाउँबाट जनताका गुनासो लिनुभएको थियो ।

सिंहदरबारसम्म गुनासा लिएर जान नसक्ने स्थानीयवासीका लागि कुरा सुन्न म गाउँमा आएको भन्दै मन्त्री बस्नेतले ढुक्कसँग आफ्नो मनमा लागेका कुरा राख्न स्थानीयवासीलाई आग्रह गर्नुभयो । स्थानीयवासीका माग सुनेर मन्त्री बस्नेतले भन्नुभयो, “तपाईंका माग व्यक्तिगत चाहनासँग जोडिएका छैनन्, मलाई थाहा छ सामूहिक विकास निर्माणका काम, स्वास्थ्य संस्था निर्माण, खानेपानी, टेलिफोन टावर निर्माण र सडकका कालोपत्रका कुरा छन् । यी सबै कुरा अबको दुई वर्षभित्र पूरा हुनेछन् ।” स्थानीयवासीले सुनाएका समस्या तीन तहका सरकार भएकाले तीनै तहका सरकारका प्रतिनिधि गाउँमा पुगेको मन्त्री बस्नेतको भनाइ छ ।

विकासमा अनुशासन कायम गर्न समेत उहाँले सबैलाई आग्रह गर्नुभयो । केन्द्रबाट पठाएको बजेट कहाँ–कति खर्च भयो त्यो सबै कुरा खबरदारी गर्न उहाँले आग्रह गर्नुभयो । मन्त्री बस्नेतले भन्नुभयो, “दिनभरि के गरियो, बेलुकी समीक्षा गरौँ रु समयभर अर्काको कुरा काट्दै सकिने तर आफूले के गरिरहेको छु थाहा नपाउने परिपाटी अब बन्द गरौँ ।”