२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

नयाँ शैक्षिकसत्र शुरु, भएन पठनपाठन



अ+ अ-

सिमकोट । उच्च हिमाली जिल्ला हुम्लामा नयाँ शैक्षिकसत्र शुरु भएको एकहप्ता बितिसकेको छ । यही फागुन ४ देखि शुरु भएको शैक्षिक पात्रो अगाडि बढाउन न शिक्षक छन्,न पठनपाठन अगाडि बढेको छ ।
वार्षिक परीक्षा सकेर जाडो छल्न जिल्ला बाहिर गएका शिक्षक हालसम्म फर्किएका छैनन् । सबै विद्यालयले नयाँ शैक्षिकसत्रको भर्ना खोलिसकेका छन् । सर्केगाड गाउँपालिका वडा नं २ मा रहेको लालीगुराँस माध्यामिक विद्यालयले भने पठनपाठन शुरु गरेको छ । सबैजसो शिक्षक स्थानीयवासी भएकाले नयाँ शैक्षिकसत्र शुरु भएसँगै पठनपाठन शुरु गरिएको प्रधानध्यापक कालीबहादुर महताराले जानकारी दिनुभयो ।

चङ्खेरी गाउँपालिकामा रहेका अधिकांश विद्यालय हालसम्म सञ्चालनमा नआएको र शिक्षकसमेत फिर्ता नआएको स्थानीयवासी महेन्द्र बोहराले जानकारी दिनुभयो । उहाँले केही विद्यालयले नयाँ भर्ना पनि नखोलेको बताउनुभयो । जिल्ला सदरमुकाममा रहेको सिमकोट गाउँपालिकाअन्तर्गतका मानसरोवर माध्यामिक विद्यालय, बालमन्दिर मावि, रलिङ मावि, कैलाश मावि, रामदेभ माविलगायत विद्यालयले नयाँ तथा पुराना विद्यार्थी भर्ना जारी राखेका जनाएछन् ।

मानसरोवर माविका प्रधानध्यापक अमरबहादुर शाहीले नयाँ भर्ना शुरु गरिएको बताउनुभयो । शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख विष्णुबहादुर शाहीले नयाँ भर्ना अभियान शुरु गर्नुपर्ने बेला गाउँपालिकाले ध्यान नदिएको बताउनुभयो ।
हुम्लामा रहेका मावि, निमावि र प्रावि गरी १३९ विद्यालयमा दरबन्दी तथा राहत कोटा गरी ५१३ शिक्षक रहेको र त्यसमध्ये अधिकांश शिक्षक जिल्ला बाहिरै रहेको उहाँले जानकारी दिनुभयोे । जिल्लाका तीनै तहका विद्यालयमा १७ हजारभन्दा बढी विद्यार्थीले अध्ययन गर्दै आएका छन् । निजी क्षेत्रका विद्यालयले गत माघ १७ गतेदेखि पढाइ शुरु गरेका थिए ।

यस्तै जिल्लामा रहेका विद्यालयमा विद्यार्थी सङ्ख्याको आधारमा पाठ्यपुस्तक पुग्न सकेको छैन । छपाइको जिम्मा पाएको जनक शिक्षा सामग्रीले र निजी क्षेत्रले पुरानै फ्लेस रिपोर्टलाई आधार मानी पुस्तक उपलब्ध गराउँदा जिल्लाको मागअनुसार पा्ययपुस्तक नपुगेको हो ।

चङ्खेली र सर्केगार्ड गाउँपालिकामा पुस्तक बिक्रीको जिम्मा पाएको पुस्तक ज्ञानु भण्डारका प्रोपराइटर दुर्पता शाहीले दुवै गाउँपालिकाका ५६ विद्यालयका लागि चार हजार २०० सेट पुस्तक माग गरे पनि जनक शिक्षा र निजी छपाइ केन्द्रबाट दुई हजार ७२५ सेट पुस्तक मात्र पाएको बताउनुभयो । पुस्तक सबै नेपालगञ्जमा बुझेर ट्रकमा ढुवानी गरिरहेको उहाँले बताउनुभयो ।
जिल्लाका दक्षिणी क्षेत्रका अदानचुली र ताँजाकोट गाउँपालिकाका विद्यालय लागि पाठ्यपुस्तकको ढुवानी तथा बिक्रीको जिम्मा लिनुभएका लोकेन्द्र भण्डारीले गत वर्षभन्दा कम पुस्तक बुझेको र बुझेका पुस्तक कवाडी पुगेको बताउनुभयो । उहाँले पनि मागअनुसार पुस्तक नपाएको गुनासो गर्नुभयो । दुई गाउँपालिकाका लागि पुस्तक सुर्खेत, कालिकोट, जुम्ला र मुगु हँुदै हुम्ला पुग्ने गर्दछन् ।

सिमकोट, नाम्खा, खार्पुनाथ गाउँपालिकामा रहेका विद्यालयका लागि पाठ्यपुस्तक पु¥याउने ढुवानी जिम्मा लिएका रोकाया पुस्तक पसलका ज्ञानबहादुर रोकाया भने ८० प्रतिशत पाठ्यपुस्तक पुगेको जानकारी दिनुभयो । तीन गाउँपालिकामा रहेका विद्यालयका लागि पाठ्यपुस्तक ढुवानी तथा बिक्रीको जिम्मा पाएको ज्ञान पुस्तक पसलले कक्षा २ देखि कक्षा १० सम्मका लागि तीन हजार ८५० सेट पुस्तक माग गरेकामा दुई हजार ७०० सेट पुस्तक पुगेका छन् ।सो क्षेत्रका विद्यालयका लागि एक हजार १५० सेट पुस्तक अपुग भएका छन् । बिक्री केन्द्रले जिम्मा पाएका पुस्तक सबै नेपालगञ्जबाट हवाई ढुवानी गरेर सिमकोट पुगेको र हाल बिक्री भइरहेका छन् ।