११ असार २०८३, बिहीबार
,
Latest
जेल सुधारका लागि नयाँ विधेयक, विद्युतीय निगरानीमा घरमै कैद भुक्तान गर्न सकिने एनआईईटीको ‘ड्याटलिङ्क’ राष्ट्रिय आविष्कार प्रतियोगिताको उत्कृष्ट १८ टोलीमा रास्वपाको केन्द्रीय समिति निर्वाचनमा ७६.८० प्रतिशत मतदान कर्णालीमा भीरबाट खसेको ढुङ्गाले लागेर युवकको मृत्यु होल्डिङ सेन्टरबाट हटाउन खोजेपछि सुकुम्बासीको आक्रोश, ‘स्थायी व्यवस्थापन नभएसम्म जाँदैनौं’ सीमा नाकामा सहजीकरण गर्न ‘बोर्डर इन्ट्रयाक्सन टिम’ गठनको तयारी हाम्रो भविष्य बर्बाद भयो भन्दै विद्यार्थीको प्रदर्शन -तस्बिरहरु मनसुन प्रतिकार्यका लागि ५४ स्थानमा सशस्त्रका अस्थायी वेश जनविश्वास बिना सञ्चारमाध्यमको अस्तित्वमा प्रश्न उठ्छः सञ्चारमन्त्री मौन महामारी: भीड छ तर हरेक मान्छे एक्लो छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नयाँ शैक्षिकसत्र शुरु, भएन पठनपाठन



अ+ अ-

सिमकोट । उच्च हिमाली जिल्ला हुम्लामा नयाँ शैक्षिकसत्र शुरु भएको एकहप्ता बितिसकेको छ । यही फागुन ४ देखि शुरु भएको शैक्षिक पात्रो अगाडि बढाउन न शिक्षक छन्,न पठनपाठन अगाडि बढेको छ ।
वार्षिक परीक्षा सकेर जाडो छल्न जिल्ला बाहिर गएका शिक्षक हालसम्म फर्किएका छैनन् । सबै विद्यालयले नयाँ शैक्षिकसत्रको भर्ना खोलिसकेका छन् । सर्केगाड गाउँपालिका वडा नं २ मा रहेको लालीगुराँस माध्यामिक विद्यालयले भने पठनपाठन शुरु गरेको छ । सबैजसो शिक्षक स्थानीयवासी भएकाले नयाँ शैक्षिकसत्र शुरु भएसँगै पठनपाठन शुरु गरिएको प्रधानध्यापक कालीबहादुर महताराले जानकारी दिनुभयो ।

चङ्खेरी गाउँपालिकामा रहेका अधिकांश विद्यालय हालसम्म सञ्चालनमा नआएको र शिक्षकसमेत फिर्ता नआएको स्थानीयवासी महेन्द्र बोहराले जानकारी दिनुभयो । उहाँले केही विद्यालयले नयाँ भर्ना पनि नखोलेको बताउनुभयो । जिल्ला सदरमुकाममा रहेको सिमकोट गाउँपालिकाअन्तर्गतका मानसरोवर माध्यामिक विद्यालय, बालमन्दिर मावि, रलिङ मावि, कैलाश मावि, रामदेभ माविलगायत विद्यालयले नयाँ तथा पुराना विद्यार्थी भर्ना जारी राखेका जनाएछन् ।

मानसरोवर माविका प्रधानध्यापक अमरबहादुर शाहीले नयाँ भर्ना शुरु गरिएको बताउनुभयो । शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख विष्णुबहादुर शाहीले नयाँ भर्ना अभियान शुरु गर्नुपर्ने बेला गाउँपालिकाले ध्यान नदिएको बताउनुभयो ।
हुम्लामा रहेका मावि, निमावि र प्रावि गरी १३९ विद्यालयमा दरबन्दी तथा राहत कोटा गरी ५१३ शिक्षक रहेको र त्यसमध्ये अधिकांश शिक्षक जिल्ला बाहिरै रहेको उहाँले जानकारी दिनुभयोे । जिल्लाका तीनै तहका विद्यालयमा १७ हजारभन्दा बढी विद्यार्थीले अध्ययन गर्दै आएका छन् । निजी क्षेत्रका विद्यालयले गत माघ १७ गतेदेखि पढाइ शुरु गरेका थिए ।

यस्तै जिल्लामा रहेका विद्यालयमा विद्यार्थी सङ्ख्याको आधारमा पाठ्यपुस्तक पुग्न सकेको छैन । छपाइको जिम्मा पाएको जनक शिक्षा सामग्रीले र निजी क्षेत्रले पुरानै फ्लेस रिपोर्टलाई आधार मानी पुस्तक उपलब्ध गराउँदा जिल्लाको मागअनुसार पा्ययपुस्तक नपुगेको हो ।

चङ्खेली र सर्केगार्ड गाउँपालिकामा पुस्तक बिक्रीको जिम्मा पाएको पुस्तक ज्ञानु भण्डारका प्रोपराइटर दुर्पता शाहीले दुवै गाउँपालिकाका ५६ विद्यालयका लागि चार हजार २०० सेट पुस्तक माग गरे पनि जनक शिक्षा र निजी छपाइ केन्द्रबाट दुई हजार ७२५ सेट पुस्तक मात्र पाएको बताउनुभयो । पुस्तक सबै नेपालगञ्जमा बुझेर ट्रकमा ढुवानी गरिरहेको उहाँले बताउनुभयो ।
जिल्लाका दक्षिणी क्षेत्रका अदानचुली र ताँजाकोट गाउँपालिकाका विद्यालय लागि पाठ्यपुस्तकको ढुवानी तथा बिक्रीको जिम्मा लिनुभएका लोकेन्द्र भण्डारीले गत वर्षभन्दा कम पुस्तक बुझेको र बुझेका पुस्तक कवाडी पुगेको बताउनुभयो । उहाँले पनि मागअनुसार पुस्तक नपाएको गुनासो गर्नुभयो । दुई गाउँपालिकाका लागि पुस्तक सुर्खेत, कालिकोट, जुम्ला र मुगु हँुदै हुम्ला पुग्ने गर्दछन् ।

सिमकोट, नाम्खा, खार्पुनाथ गाउँपालिकामा रहेका विद्यालयका लागि पाठ्यपुस्तक पु¥याउने ढुवानी जिम्मा लिएका रोकाया पुस्तक पसलका ज्ञानबहादुर रोकाया भने ८० प्रतिशत पाठ्यपुस्तक पुगेको जानकारी दिनुभयो । तीन गाउँपालिकामा रहेका विद्यालयका लागि पाठ्यपुस्तक ढुवानी तथा बिक्रीको जिम्मा पाएको ज्ञान पुस्तक पसलले कक्षा २ देखि कक्षा १० सम्मका लागि तीन हजार ८५० सेट पुस्तक माग गरेकामा दुई हजार ७०० सेट पुस्तक पुगेका छन् ।सो क्षेत्रका विद्यालयका लागि एक हजार १५० सेट पुस्तक अपुग भएका छन् । बिक्री केन्द्रले जिम्मा पाएका पुस्तक सबै नेपालगञ्जबाट हवाई ढुवानी गरेर सिमकोट पुगेको र हाल बिक्री भइरहेका छन् ।