२२ असार २०८३, सोमबार
,
Latest
सरकारी जग्गा ओगटेर बनेका ट्रेड युनियनका भवन तीन दिनभित्र खाली गर्न मन्त्रालयको निर्देशन सिद्धार्थ बैंकविरुद्ध कीर्ते कागजात तयार गरी कलोसूचीमा रहेको कम्पनीको नाममा करोडौँ कर्जा प्रवाह गरेको आरोप सरकारका सय दिन उत्साहजनक छैनन्, लोकतान्त्रिक विधि र प्रक्रिया मिचियोः अर्जुननरसिंह केसी कोशी प्रदेशसभाः विषयगत मन्त्रीले दिनुभयो जवाफ सरकार उत्तरदायित्वबाट पन्छियो, सय दिनको उपलब्धि शुन्यः सांसद थेबे प्रतिनिधिसभाः बाध्यकारी श्रम महासन्धिको प्रोटोकलमाथि छलफल मल वितरणमा सरकारी संयन्त्र चुस्तः १९ दिनमै साढे ४० हजार मेट्रिकटन आपूर्ति मार्ग खुलेको ५४ वर्षसम्म सडक स्तरोन्नति हुन नसक्दा यात्रु कष्टपूर्ण यात्रा गर्न बाध्य निजगढलाई वैकल्पिक अन्तरराष्ट्रिय विमानस्थलका रूपमा अगाडि बढाइन्छ : मन्त्री पौडेल नेपाल स्टक एक्सचेन्जका सीईओको राजीनामा स्वीकृत
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वप्रधानन्यायाधीशहरुको सम्पति छानविन गर्न उजुरी



अ+ अ-

काठमाडौ। सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीशहरु, पूर्वन्यायाधीशहरु र नेपाल  बार एसोसिएसनका पूर्व अध्यक्षहरु लगायतको सम्पत्ति छानविन गर्न माग गर्दै सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा उजुरी परेको छ । 

न्यायपालिकामा हुने भ्रष्टाचारमा पूर्वप्रधानन्यायाधीशहरु, न्यायाधिशहरु, बेञ्च बार समन्वय समिति लगायतको पनि संलग्नता रहेको भन्दै स्वतन्त्र राष्ट्रिय कानून व्यवसायी अभियानले शुक्रबार सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा उजुरी दर्ता गरेको हो । अभियानका अध्यक्ष अधिवक्ता स्वागत नेपालको नेतृत्वमा गएको टोलीले विभागका उपमहानिर्देशक कमल ढकाललाई उजुरी पत्र बुझाएका हुन् ।

अभियानका अध्यक्ष नेपालले सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले पनि बेञ्च वार समन्वय समितिमा रहने न्यायाधीशहरु लगायत पूर्व न्यायाधीशहरु, बारका पूर्व नेतृत्व र वर्तमान नेतृत्व भ्रष्टाचारमा संलग्न रहेको पुष्टि गरेको बताउनुभयो । उहाँहरुले भ्रष्टाचार गरेर सम्पत्ति कमाएको ठहर अभियानले समेत गरेकाले छानविनको माग गर्दै उजुरी दिएको अधिवक्ता नेपालले बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘अहिले सम्मका सबै पूर्व प्रधानन्यायाधीशहरु, सर्वोच्च अदालतका पनि सबै पूर्व न्यायाधीशहरु, त्यसैगरी नेपाल बार एसोसिएसनको नेतृत्व, बेञ्च बार समन्वय समिति नामको विचौलिया कमिटी, सेटिङ कमिटी नै भ्रष्टाचारको कारण हो र विचौलिया हो भनेर सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वमा गठित न्यायाधीशहरु समेत सम्मिलित उच्चस्तरीय समितिले गरेको अध्ययन प्रतिवेदनले पनि त्यो समन्वय समिति पनि विचौलिया कमिटी हो भनेर भनेको हुनाले त्यो समन्वय समितिमा रहेका न्यायाधीशहरु, पूर्व न्यायाधीशहरु, बारका पूर्व नेतृत्व, वर्तमान नेतृत्व समेत त्यसमा संलग्न रहेको त्यही प्रतिवेदनले पुष्टि गरेको छ । उहाँहरुले गलत ढंगले भ्रष्टाचार गरेर कमाएको सम्पतीलाई अन्यत्र उपयोग गरेर शुद्धिकरण गरिएको हाम्रो ठहर छ । यो सम्पति शुद्धिकरणसँग सम्बन्धित विषय भएको हुनाले यो विभाग सम्वद्धता यो प्रश्नमा राख्छ । त्यसैले सम्पति शुद्धिकरण अनुसन्धान विभाग समक्ष आज यो उजुरीपत्र प्रस्तुत गर्न लागिरहेका छौँ ।’

अभियानले पूर्वप्रधानन्यायाधीश, पूर्व न्यायाधीशहरुको निधन भइसकेको अवस्था देखिएमा उहाँका परिवारका सदस्यउपर पनि छानविन गरिनुपर्ने माग गरेको छ ।

उजुरी पत्र

मिति : २०७८।०९।१६

श्रीमान् महानिर्देशक ज्यु,

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग,

पुल्चोक, ललितपुर ।

विषय : अनुसन्धान अघि बढाई पाऊँ ।

महानिर्देशक ज्यु,

१. नेपालको न्यायपालिका भित्रको भ्रष्टाचारको सम्बन्धमा स्वयम् न्यायपालिकाको सर्वोच्च नेतृत्व गर्न प्रत्येक पटक आउने नयाँ प्रधान न्यायाधीस ज्युहरुले आफूहरुले न्यायपालिकाको सो पूर्वको वरिष्ठ न्यायाधीससम्म हुँदाको अनुभवका आधारमा अभिव्यक्ति दिँदै न्यायपालिका भित्रको भ्रष्टाचार अन्त्य गर्ने प्रतिबद्धता जनाउने गर्नु भएको तथा प्रधान न्यायाधीसबाट सेवा निवृत्त भइसकेपछि पनि पूर्व प्रधान न्यायाधीसहरुले समेत न्यायपालिकाभित्र व्यापक भ्रष्टाचार हुने गरेको स्वीकार गर्ने गर्नु भएको कारणले मात्र होइन केही समयअघि मात्र सर्वोच्च अदालतकै र अन्य अदालतका समेत न्यायाधीस, नेपाल बार एसोसिएसनको नेतृत्व तथा पदाधिकारीहरु तथा बेञ्च बार समन्वय समिति नामको कमिटि स्वयमले पनि सेटिङ्ग र विचौलियाको दुष्कार्यबाट भ्रष्टाचार बढाएको भन्ने तथ्य सर्वोच्च अदालतका माननीय न्यायाधीस हरिकृष्ण कार्की ज्युको संयोजकत्वमा गठित न्यायपालिकामा हुन सक्ने विकृति, विसंगति, अनियमितता वा भ्रष्टाचार एवम् विचौलियाबाट हुनसक्ने क्रियाकलापहरु र त्यसको रोकथामको लागि चाल्नु पर्ने उपायहरुको सम्बन्धमा अध्ययन समितिले पेस गरेको प्रतिवेदनमा समेत उल्लेख गरिएकोले न्यायापालिकाभित्र हालसम्मका प्रधान न्यायाधीसहरु, प्रधान न्यायाधीस बन्नुपूर्वदेखि नै र नेपाल बार एसोसिएसनको नेतृत्व तथा पदाधिकारीहरु समेत र उक्त समन्वय समिति नामको सेटिङ्ग दुष्कार्यमा संलग्न व्यक्तिहरु सोही प्रतिबेदनका आधारमा भ्रष्टाचार गरी अवैध सम्पत्ति आर्जन गरी विभिन्न स्थानमा लगानी गरी शुद्धीकरण गर्ने मुख्य मध्येका व्यक्तिहरु भएको सम्पूर्णतामा पारिस्थितिक प्रमाण र सम्बद्ध तथ्यहरुबाट देखिएको हुँदा निजहरु सबै विरुद्ध छानबिन गरी कार्यविधि अघि बढाई पाउन ५ वर्षअघि गठित स्वतन्त्र राष्ट्रिय कानुन व्यवसायी अभियानको तर्फबाट यो उजुरी निवेदन गर्दछौँ ।

२. माथि प्रकरण १ मा उल्लिखित हालसम्म जीवित रहेका वा नरहेका सबैका श्रीमति, श्रीमति पदमा रहनेका श्रीमान्, छोराछोरी, ज्वाइँ, भाञ्जाभाञ्जी, काकाबडाबा, भतिजा भतिजी, दिदी बहिनी समेत विचौलियाहरु समेत को सम्बन्धमा पनि छानबिन गरीपाऊँ ।

३. प्रकरण २ लाई सन्दर्भित गरी हालसम्म जीवित रहेका वा नरहेका सबै २०४६ सालपछिका सबै पूर्व प्रधानन्यायाधीसहरु श्री धनेन्द्रबहादुर सिंह श्री विश्वनाथ उपाध्याय, श्री सुरेन्द्रप्रसाद सिंह,श्री त्रिलोक प्रताप राणा, श्री ओमभक्त श्रेष्ठ, श्री मोहनप्रसाद शर्मा, श्री केशवप्रसाद उपाध्याय, श्री केदारनाथ उपाध्याय, श्री गोविन्दबहादुर श्रेष्ठ, श्री हरिप्रसाद शर्मा, श्री दिलिपकुमार पौडेल, श्री केदारप्रसाद गिरी, श्री मीनबहादुर रायमाझी अनुप राज शर्मा श्री रामप्रसाद श्रेष्ठ, श्री खिलराज रेग्मी, श्री दामोदरप्रसाद शर्मा, श्री रामकुमारप्रसाद

शाह, श्री कल्याण श्रेष्ठ, श्री सुशीला कार्की, श्री गोपाल पराजुली, श्री ओम प्रकाश मिश्र, दिपकराज जोशी, बर्तमान प्रधान न्यायाधीस चोलेन्द्र शमशेर ज.ब.रा. ज्यु समेत, हालसम्म जीवित रहेका वा नरहेका सबै पूर्व न्यायाधीसहरु श्री केदारनाथ आचार्य, श्री अरविन्द नाथ आचार्य, श्री कृष्णजंग रायमाझी, श्री गोपाल प्रसाद खत्री, श्री लक्ष्मण प्रसाद अर्याल, श्री हरिश्चन्द्र प्रसाद उपाध्याय, श्रीमती सुशीला सिंह शिलु, श्री कृष्ण कुमार बर्मा, श्री बलिराम कुमार प्रसाद, श्री भैरवप्रसाद लम्साल, श्री चन्द्रप्रसाद पराजुली, श्री हरिजंग सिजापति, श्री अर्जुन प्रसाद सिंह, श्री बद्री कुमार बस्नेत, श्री राम नगिना सिंह, श्री शारदा प्रसाद पण्डित, श्री पवन कुमार ओझा, श्री राजेन्द्र कुमार भण्डारी, श्रीमती शारदा श्रेष्ठ, श्री राजेन्द्रप्रसाद कोइराला, श्रीमती गौरी ढकाल, श्री मोहन प्रकाश सिटौला, श्री बालाराम के.सी., श्री कृष्णप्रसाद उपाध्याय, श्री टोप बहादुर मगर, श्री अवदेश कुमार यादव, श्री प्रेम शर्मा, श्री रणबहादुर बम, श्री ताहिर अली अन्सारी, श्री भरतराज उप्रेती, श्री कमलनारायण दास, श्री प्रकाश वस्ती, श्री तारकराज भट्ट, श्री ज्ञानेन्द्रबहादुर कार्की, प्रा. डा. भरतबहादुर कार्की, श्री गिरीशचन्द्र लाल, श्री गोविन्द कुमार उपाध्याय, श्री वैद्यनाथ उपाध्याय, श्री देवेन्द्र गोपाल श्रेष्ठ, श्री जगदीश शर्मा पौडेल, श्री शारदा प्रसाद घिमिरे, श्री दीपकराज जोशी, केदारप्रसाद चालिसे , श्री डम्बर बहादुर शाही , श्री पुरुषोत्तम भण्डारी, सर्वोच्च अदालतका माननीय न्यायाधीश ज्युहरु क्रमशः सर्वश्री दीपककुमार कार्की ज्यु, श्री मीरा खड्का ज्यु, श्री हरिकृष्ण कार्की ज्यु, श्री विश्वम्भरप्रसाद श्रेष्ठज्यु, श्री आनन्दमोहन भट्टराई ज्यु, श्री प्रकाशमान सिंह राउत ज्यु, श्री बमकुमार श्रेष्ठ ज्यु, श्री टंकबहादुर मोक्तान ज्यु, श्री प्रकाश कुमार ढंगाना ज्यु, श्री सुष्मालता माथेमा ज्यु, श्री कुमार रेग्मी ज्यु, श्री हरि प्रसाद फुयाल ज्यु, श्री डा. मनोजकुमार शर्मा ज्यु, श्री डा. कुमार चुडाल ज्यु, श्री नहकुल सुवेदी ज्यु र नेपाल बार एसोसिएसनको हालसम्मको जीवित रहेका वा नरहेका सबै नेतृत्व पदाधिकारीहरु र निजहरुका सन्तान नातागोताका नाममा राखिएका सम्पत्तिहरु पनि छानबिन गरिपाउन निवेदन गर्दछौं ।

४. त्यसैगरी हालसम्मका नेपाल बार एसोसिएसनका बर्तमान पदाधिकारीहरु अध्यक्ष चण्डेश्वर श्रेष्ठ, लगायत पदाधिकारी तथा सदस्यहरु क्रमशः सुनिल कुमार श्रेष्ठ, मान बहादुर रुम्दाली, ईश्वरी प्रसाद भट्टराई, सुरेन्द्र थापा मगर, रामचन्द्र सिंह राजपुत, मिन बहादुर महत, उमेश प्रसाद विष्ट, रक्षा बस्याल, लीलामणि पौडेल, रुद्र प्रसाद पोखरेल, शिवराज पण्डित, गंगा सागर खत्री, भिमसेन बञ्जारा, भुवन प्रसाद निरौला, प्रकाश महर्जन, बालकृष्ण गैरे, अञ्जु कायस्थ, मोहन साशंकर, खिमानन्द अधिकारी, कल्पना कुमारी भण्डारी, बिना कुमारी सिंह चौधरी, पञ्च नारायण मण्डल, बद्री नारायण नगरकोटी, मनोज कुमार चौधरीको शुद्धीकरण गरिएको सम्बन्धमा समेत छानबिन गरी कारवाही अघि बढाई पाऊँ ।

५. त्यसैगरी नेपाल बार एसोसिएसनका २०४६ सालपछिका सबै पूर्व अध्यक्षहरु क्रमशः राधेश्याम अधिकारी, कृष्ण प्रसाद पन्त, हरिहर दाहाल, सिन्धुनाथ प्याकुरेल, शम्भु थापा, प्रेम बहादुर खड्का, हरिकृष्ण कार्की, शेर बहादुर के सी लगायत उहाँहरु अध्यक्ष रहँदाका बखत कार्यसमितिमा रहनुहुने सम्पूर्ण पदाधिकारीहरुको भ्रष्टाचार गरी अन्यत्र प्रयोग गरिएको सम्पत्तिलाई शुद्धीकरण गरिएको सम्बन्धमा समेत छानबिन गरी कारवाही अघि बढाई पाऊँ ।

६. हालसम्मका २०४६ सालपछिका सबै महान्यायाधिवक्ताहरुको समेत न्यायपालिका भित्रको भ्रष्टाचारमा समान संलग्नता माथिका सबै आधारहरुबाट देखिएकोले सम्पत्ति छानबिन गरी कारवाही गरीपाऊँ ।

प्रस्तुत उजुरीका सम्बन्धका आवश्यक परेको खण्डमा उपस्थित हुने र अन्य सन्दर्भ सामग्रीहरु समेत उपलब्ध गराउने समेत निवेदन गर्दछौं ।

स्वागत नेपाल

अध्यक्ष,

स्वतन्त्र राष्ट्रिय कानुन व्यवसायी अभियान