२७ भाद्र २०८३, शनिबार
,
Latest
प्रलयलाई देखाएर नेपालमा लगानी गर्नु हुँदैन भन्ने धारणा बन्नु हुँदैनः कुलमान आसिफको शतकमा नेपालले युएईलाई दियो ३१४ रनको लक्ष्य हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत नेपाल भलिबल लिगः आज अन्नपूर्ण र कर्णालीबीच प्रतिस्पर्धा हुने हिमाली विपद् राष्ट्रिय सीमाभन्दा परको साझा चुनौती होः परराष्ट्रमन्त्री खनाल संरक्षणको प्रतीक्षामा तिलौराकोटका ऐतिहासिक जोडी स्तूप जलविद्युत बनाउने कि नबनाउने भन्ने प्रश्न उठ्नु दुःखद्ः डाँगी दक्षिणी लेबनानमा हेजबुल्लाहको दुई किलोमिटर लामो सुरुङ सञ्जाल ध्वस्त पारेको इजरायलको दाबी कम्बोडिया र म्यानमारबीच व्यापार तथा लगानी प्रवर्द्धनसहित चार सम्झौतामा हस्ताक्षर एसीसी प्रिमियर कप : फाइनल खेलमा युएईविरुद्ध आशिफको शतक
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुईवटा मिनीबस ठोक्किँदा ४० जना घाइते



अ+ अ-

तनहुँ । पृथ्वी राजमार्ग अन्तर्गत जिल्लाको व्यास नगरपालिका–१२ कमलबारी नजिकै दुई वटा मिनीबस एकआपसमा ठोकिएका छन् ।

डुम्रेबाट दमौली जाँदै गरेको ना ५ ख २८५६ नम्बरको बस र दमौलीबाट मुग्लिङ्गतर्फ आउँदै गरेको ना ७ ख २०६ नम्बरको बस बिहान एकआपसमा ठोक्किदा ४० जना घाइते भएका छन् ।

दुर्घटनामा परी ना ५ ख २८५६ नम्बरको बसका चालकको अवस्था गम्भीर रहेको र अन्य घाइतेहरुलाई दमौलीस्थित रत्नहरि अस्पताल, एपोलो अस्पताल र पोखरा अस्पतालमा उपचार भइरहेको तनहुँका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिए ।

ना ५ ख २८५६ नम्बरको बसले ओभरटेक गर्ने क्रममा उक्त दुर्घटना भएको प्रहरी नायव उपरीक्षक लामिछानेले बताए ।