१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कंगोमा इबोला संक्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो News Polar डा सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा News Polar आज १६ दिने महालक्ष्मी व्रत विधिपूर्वक समापन गरिँदै News Polar प्रिय टेकराज ! तिमीलाई बिदाइ होइन, बस् सम्मान… News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने News Polar टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम News Polar बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह News Polar हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी News Polar गौघाट ग्रीन रनको उपाधि बिशाल र आयुष्मालाई , योगिनीलाई लार्जेस्ट तथा शुक्रलाई फास्टेस्ट अवार्ड News Polar जलवायु न्यायको माग गर्दै सडकमा पीडितः ‘हाम्रो रगत र आँशुको मूल्य खोज्दैछौँ’(तस्बिरसहित) News Polar सिँचाइ विभागले ल्यायो वैदेशिक रोजगारीबाट फर्केका युवा लक्ष्यित कार्यक्रम News Polar रास्वपा केन्द्रीय समिति बैठक आज News Polar सहसचिव जितेन्द्र बस्नेतको आक्रोशः निजामती सेवा विधेयक भर्त्सनायोग्य छ News Polar मेकाडेमिया नट खेतीमा किसानको आकर्षण News Polar अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान News Polar एलिना चौहानले भनिन्– ‘मेरो विगतलाई मेरो वर्तमानको परिचय नबनाइदिनुस्’ News Polar नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते News Polar बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति News Polar निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित

बीमा दावीको भूक्तानी समयमा नगर्ने बीमा कम्पनीलाई कारबाही हुन्छ : अर्थमन्त्री खतिवडा

बीमा दावीको भूक्तानी समयमा नगर्ने बीमा कम्पनीलाई कारबाही हुन्छ : अर्थमन्त्री खतिवडा
अ अ+ अ-

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले बीमा दावीको भूक्तानी समयमा नगर्ने बीमा कम्पनीलाई कारबाही गरिने बताउनु भएको छ ।

राष्ट्रिय बीमा संस्थानको ५३ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले बीमा कम्पनीहरुले दावी भुक्तानी समयमा नगर्ने भएकाले बिमितहरु समस्यामा परेको उल्लेख गर्दै अवदेखि समयमा भूक्तानी नगर्ने कम्पनीलाई नियामक निकायले कारबारही गर्ने बताउनुभयो । उहाँले भन्नुभयो ‘आफुले गरेको बीमाको रकम तिर्नुभएन तपाईहरु बीमा गर्ने संस्थाहरुले भने कारबाही गर्ने हो । यस्तो पनि हुन्छ हामीकहाँ, बीमा गर्यो समयमा भूक्तानी पाउन गाह्रो, दशथरी प्रमाण जुटाउन पर्यो । अहिलेको प्रविधिको युगमा हामी उच्च प्रविधिको प्रयोग गरेर हरेक किसिमका दुर्घटनाहरुको विवरण लिने र अल्मोष्ट रियलटाइम, तत्कालै सुविधा दिन सक्ने क्षतिपूर्ति दिन सक्ने बिमितको रकम फिर्ता दिन सक्ने यो व्यवस्थामा गइएन भने हामीले जतिसुकै संस्था विस्तार गरेपनि बीमाको विस्तार हुँदैन । हामीले छिट्टो तरिकाले पाउने भुक्तानी दिने विधिमा जानुपर्छ ।’

अर्थमन्त्री खतिवडाले बीमा कम्पनीहरुले ठुलाठुला ग्राहक खोज्ने ठुल्ठुला कारोबार मात्रै गर्ने सानातिना बीमा गर्नुपर्ने व्यवसायलाई हेर्दै नहेर्ने प्रवृतिको अन्त्य गर्न समेत आग्रह गर्नुभयो । त्यसका लागि आफुले गरेको कुल कारोबारको ५ प्रतिशत बीमा लघुबीमा गरेको हुनुपर्ने व्यवस्था गरिएको समेत बताउनुभयो । सरकारले विपन्न वर्गका नागरिकलाई स्वास्थ्य बीमामा पहुँच पुर्याउन १ लाख सम्मको बीमाको प्रिमियम निशुल्क गरेको र गत वर्ष २ अर्ब रकम खर्च गरेकाले बीमा कम्पनीहरुलाई पनि त्यसतर्फ ध्यान दिन आग्रह गर्नुभयो । अर्थमन्त्री खतिवडाले अलि धेरै कमाउनेबाट कर बढी उठाएर भएपनि गरिबीको रेखामुनी रहेका नागरिकको बीमा गरिने बताउनुभयो । उहाँले भन्नुभयो ‘अर्थमन्त्रीको काम कर उठाउने र पुर्नवितरण गर्ने हो । तपाईहरुले दिनुभएन कर त्यहाँ पनि पुग्दैन त्यो वर्गलाई माथि उठाउने कुरा नगर्ने हो भने हामी श्रमजीवि वर्गको पार्टी भन्छौं हामी तल्ला वर्गको जनताको उत्थान गर्ने पार्टी भन्छौं श्रमिकको पार्टी भन्छौं गरिबको पार्टी भन्छौं तिनिहरुको उत्थान चार्हि कस्ले गर्दिने हामीले नगरे कल्ले गर्ने त्यसो हुनाले करको विषयमा अलि म कठोरै छु साथिहरु यो बुझ्दिनुहोला ।’

कार्यक्रममा बीमा समितिका अध्यक्ष चिरन्जीबी चापागाईंले बीमा कम्पनीहरुले सबै क्षेत्रको जोखिम बोक्ने भएकाले बीमा क्षेत्रमा संस्थागत सुशासन र जोखिम व्यवस्थापन सबैभन्दा महत्वपूर्ण हुने बताउनुभयो । त्यसका लागि बीमा समितिले सबै पूर्वाधारहरु तयार गगरिसकेको र आगामि आर्थिक वर्षको सुरुदेखि नै जोखिममा आधारित सुपरिवेक्षण र जोखिममा आधारित पूँजीलाई कार्यान्वयनमा ल्याउने बताउनुभयो । उहाँले बीमा कम्पनीहरुको जोखिम पहिचान गरीसकेको र आगामी दिनमा बीमा सल्भेन्सी १ः१.५को अनुपातमा तुलना गरेर सबैभन्दा बढी जोखिम हुने कम्पनीको पूँजी बढाउने या कारोबारमा रोक लगाउने विकल्पमा जाने बताउनुभयो ।

अध्यक्ष चापागाईंले राष्ट्रिय बीमा संस्थान लगायत राष्ट्रिय बीमा कम्पनीको लामो समय देखिको लेखापरिक्षण समपन्न हुन नसकेको र यसलाई छिटो भन्दा छिटो सम्पन्न गर्न समेत निर्देशन दिनुभयो । उहाँले सरकारको स्वामित्व भएको बीमा कम्पनी भएकाले पनि संस्थागत सुशासनलाई सुधार गरी व्यवसाय विस्तारका लागि आफ्नो उपस्थितिलाई वृद्धिगर्न सुझाव समेत दिनुभयो ।