२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाँस्कोटाविरुद्ध अख्तियारमा पर्यो उजुरी, छानविन हुने



अ+ अ-

काठमाडौं । निवर्तमान सूचना, सञ्चार तथा प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । बाँस्कोटा भ्रष्टाचारजन्य कसुरमा अनुसन्धान गरी कारवाही गर्न माग गर्दै आइतबार अख्तियार उजुरी परेको हो ।

अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले बाँस्कोटाविरुद्ध उजुरी परेको पुष्टि गर्दै उजुरी परेपछि अख्तियारको छानविन गर्ने दायित्त्व भएको बताए । ‘अख्तियारमा विभिन्न माध्यमहरुबाट उजुरी पर्ने गर्छन् ।

बाँस्कोटाका हकमा पनि उजुरी परेकाले त्यसको छानविन प्रक्रिया अघि बढ्छ’, प्रवक्ता कोइरालाले भने, ‘उजुरी परिसकेपछि छानविन गर्नु अख्तियारको दायित्त्व नै हो ।’

प्रिन्टिङ प्रेस खरिद प्रकरणमा मन्त्री बाँस्कोटाले ७० करोड कमिसन डिल गरेको अडियो सार्वजनिक भएपछि बाँस्कोटाविरुद्ध अभियानकर्मी विजयबाबु शिवाकोटी र प्रितम सुवेदीले उजुरी दिएका हुन् ।