२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

महानगरीय प्रहरी वृत्त गौशालामा संयुक्त मेश शुभारम्भ



अ+ अ-

काठमाडौं। उपत्यकामा संचालित प्रहरी संयुक्त मेश सुधार अभियान अन्तर्गत आज एक कार्यक्रमका बिच महानगरीय प्रहरी प्रहरी वृत्त गौशालामा प्रहरी अधिकृत एवं जवान संयुक्त मेशको शुभारम्भ प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले गर्नु भयो ।

उक्त अवसरमा प्रहरी संयुक्त मेशको निर्माणरसुधार गर्ने अभियानमा जारी भएका निर्देशनलाई अक्षरस पालना एवं कार्यान्वयन गरी संयुक्त मेश निर्माणमा उल्लेखनिय भुमिका निर्वाह गर्ने महानगरीय प्रहरी वृत्त गौशलाका प्रहरी नायव उपरीक्षक प्रदिप कुमार सिंह सहित ५ जना प्रहरी कर्मचारीहरूलाई पुरस्कृत समेत गर्नु भयो ।

कार्यक्रममा प्रहरी नायव महानिरिक्षक विश्वराज पोखरेलले सबैलाई समानरूपले सेवा प्रवाह गर्ने प्रहरी कर्मचारीहरू भित्र नै विभेद रहेमा आलोचनात्मक प्रश्नहरूको सिर्जना हुन सक्छ भन्दै समान राशन सुविधा रहने प्रहरी कर्मचारीहरू भित्र समानता कायम गर्नको लागी संयुक्त मेश निर्माणको अभियान संचालन गरेको जानकारी दिनुभयो । ठुलो संख्यामा रहेका जवानर हवल्दार र चौविसै घण्टा डिउटीमा खटिने कर्मचारीहरूलाई गुणस्तरीय खाना, सफा मेश तथा व्यारेक भवन लगायतका सेवा सुविधाहरू उपलब्ध गराए मात्र त्यस कर्मचारीहरूबाट प्रदान हुने सेवा प्रवाह अझबढी स्तरीय र प्रभावकारी हुने अपेक्षा रहेको उहाँले बताउनु भयो । प्रहरी कर्मचारीहरूको सेवा सुविधा, वृत्ति विकासलाई ध्यानमा राखी तल्लो वर्गका कर्मचारीहरुको मनोबल माथि उकास्न सके मात्र उनीहरुबाट प्रवाह हुने सेवा प्रभावकारी हुने भएकाले आफुले जवान( हवल्दार लक्षित अभियान संचालन गरेको समेत बताउनु भयो । उपत्यकाको सबै प्रहरी कार्यालयहरूमा मेश सुधार छिटो भन्दा छिटो सक्ने गरी सबै कार्यालयहरूले सुरु गरिसकेको र यो अभियान सम्पन्न गर्न उल्लेखनिय भुमिका निर्वाह गर्ने प्रहरी कर्मचारीहरूलाई पुरस्कृत समेत गरेको कार्यक्रममा जानकारी दिनु भयो ।