२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

मर्यादित महिनावारी कार्यशाला गोष्ठि हुने



अ+ अ-

काठमाडौं । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र मावअधिकार आयोगले मर्यादित महिनावारी कार्यशाला गोष्ठि गर्ने भएको छ ।

जेष्ठ १६ गते दोस्रो राष्ट्रिय महिलाअधिकार दिवसको अवशर पारेर २०७७ जेष्ठ १३, १४ र १५ गते गोष्ठि हुने भएको हो । सहआयोजकमा दक्षिण गोलार्दयीय मर्यादित महिलावारी सञ्जाल रहेको छ । महिनावारीका सम्बन्धमा भए÷गरेका कामहरुलाई परिवर्तन गर्ने उद्देश्यले आयोजना हुने गोष्ठिमा २० देशका अनुसन्धानकर्मी, अभियानकर्मी, सरकारी प्रतिनिधि तथा नीति निर्माताहरु सहभागि हुनेछन् ।

‘महिनावारीका कुरा, मर्यादा केन्द्रीय भएमात्रै हुन्छ पुरा’ भन्ने नाराका साथ हुने गोष्ठि संसारकै पहिलो भएको मन्त्रालयले दावी गरेको छ । कार्यशाला गोष्ठिमा भान्सादेखि संसदसम्म महिनावारी निषेधको अन्त्य यौनिक र प्रजनन स्वास्थ्य अधिकार, आवाज छानो र एजेन्सी, पहिलो महिनावारी देखि रोकिने सम्मको विभेद, युवाहरुको भूमिका, धर्म व्यवहार, खानेपानी, सरसफाइ, नीति र जवाफदेहिता बहिस्करणमा परेका÷पारिएकाहरुको अवस्था र अधिकार अनुसन्धान र कार्यान्वयनको विषयमा छलफल हुनेछ ।