१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कंगोमा इबोला संक्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो News Polar डा सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा News Polar आज १६ दिने महालक्ष्मी व्रत विधिपूर्वक समापन गरिँदै News Polar प्रिय टेकराज ! तिमीलाई बिदाइ होइन, बस् सम्मान… News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने News Polar टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम News Polar बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह News Polar हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी News Polar गौघाट ग्रीन रनको उपाधि बिशाल र आयुष्मालाई , योगिनीलाई लार्जेस्ट तथा शुक्रलाई फास्टेस्ट अवार्ड News Polar जलवायु न्यायको माग गर्दै सडकमा पीडितः ‘हाम्रो रगत र आँशुको मूल्य खोज्दैछौँ’(तस्बिरसहित) News Polar सिँचाइ विभागले ल्यायो वैदेशिक रोजगारीबाट फर्केका युवा लक्ष्यित कार्यक्रम News Polar रास्वपा केन्द्रीय समिति बैठक आज News Polar सहसचिव जितेन्द्र बस्नेतको आक्रोशः निजामती सेवा विधेयक भर्त्सनायोग्य छ News Polar मेकाडेमिया नट खेतीमा किसानको आकर्षण News Polar अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान News Polar एलिना चौहानले भनिन्– ‘मेरो विगतलाई मेरो वर्तमानको परिचय नबनाइदिनुस्’ News Polar नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते News Polar बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति News Polar निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित

अल्लोबाट चिनिँदै चित्रकली

अल्लोबाट चिनिँदै चित्रकली
अ अ+ अ-

झिमरुक । नौ बहिनी गाउँपालिका–१ स्याउलीवाङकी चित्रकली बुढामगर १० वर्षको उमेरदेखि अल्लोबाट गाढाँ बनाउनुभयो । मगर जातिमा महिलाले १० वर्षमै आपूmले लगाउने गाढाँ बनाउनुपर्ने परम्पराअनुसार उहाँले गाढाँ बनाउन सिक्नुभयो ।

सानै उमेरदेखि अल्लोको काम गर्नुभएकी चित्रकली अहिले जिल्लामै व्यावसायिक रुपमा अल्लो व्यवसाय गर्दै आउनुभएको छ । विसं २०५७ देखि धागो खरिद–बिक्री, २०६२ सालमा अल्लोको धागोबाट कपडा बुन्ने तालीम लिनुभएकी उहाँले २०६३ सालमा कोठी हिमाल अल्लो कपडा उद्योग दर्ता गरी बाहानेमा व्यावसायिक रुपमा अल्लो व्यवसाय सञ्चालन गर्नुभएको हो ।

व्यावसायिक रुपमा अल्लो व्यवसायमा लाग्नुभएकी चित्रकली प्यूठानकी एक सफल उद्यमी मानिनुहुन्छ । जिल्ला लघुउद्यम सङ्घको संस्थापक सदस्य हुँदा जिल्लाबाहिर अल्लोको अवलोकन भम्रणमा गएको र यसले आपूmलाई उद्योग स्थापनाका लागि प्रेरणा दिएको उहाँ सुनाउनुहुन्छ ।

गत वर्ष अल्लोबाट लगभग रु ३६ लाखको कारोवार भएको उहाँले बताउनुभयो । महिलाले पहाडी भेगमा पाइने चाल्ने सिस्नो प्रशोधन गरेर धागो बनाई त्यसबाट झोला, कोट, गलबन्दी, टोपी, पछ््यौरीलगायत कपडा निर्माण गर्ने गरेका उहाँले बताउनुभयो । उहाँहरूले तयार गरेका कपडा तथा प्रशोधित धागोको माग जिल्लाबाहिर बढी छ । “यहाँको उत्पादन जिल्लाबाहिर नै बढी बिक्री हुन्छ”, उहाँले भन्नुभयो, “यहाँ उत्पादित प्रशोधित धागो र सामान काठमाडाँै र पोखरा निर्यात हुँदै आएको छ ।”

उहाँले पछिल्ला वर्षमा मेला, महोत्सव र राजनीतिक दलका ठूला कार्यक्रममा अल्लोबाट निर्मित सामग्रीको प्रचारसँगै कारोवारसमेत गर्नुभएको छ । उहाँसँगै महिला उद्यमीले अल्लोका कपडा उत्पादन गरी वार्षिक लाखौँ रुपैयाँ आम्दानी गर्न सफल भएका छन् । जिल्लाको उत्तरी भेगका लिघा, खवाङ, स्याउङ्लिवाङ, ओखरकोट लगायतका गाउँका महिलाले अल्लोबाट आम्दानी गर्दै आएका छन् ।

“छोरीले दश वर्ष उमेर पुगेपछि आफ्ना लागि आफैँ गाढाँ÷भाङ्ग्रा बनाउने चलन थियो”, चित्रकलीले भन्नुभयो, “छोरालाई विवाह नगर्दासम्म आमाले बनाइदिन्थे ।” धागो काट्ने परम्परागत पेशालाई आफूले व्यावसायिक बनाएको उहाँको भनाइ छ । कोरिया विश्वविद्यालय र पोखरा विश्वविद्यालयबाट अल्लो पकाउने आधुनिक यन्त्रका लागि रु दुई लाख सहयोग पाएकाले यसलाई आधुनिक बनाउन सहज भएको उद्यमी उहाँले बताउनुभयो । त्यस्तै उहाँले अघिल्लो वर्ष गाउँपालिकाले रु दुई लाख पाएको समेत बताउनुभयो । उहाँले आफ्नो उद्योगमा पाँचजना बुन्नका लागि र चारजना सिलाउने गरी नौजनालाई रोजगारीसमेत दिनुभएको छ ।

त्यस्तै श्रीमान् खिमबहादुर बुढा, छोराहरु दीपेन्द्र र तिलबहादुरले समेत उद्योग सञ्चालनमा सहयोग पु¥याउनुभएको उद्यमी उहाँले बताउनुभयो । अल्लो उद्यमी चित्रकली ५ नं प्रदेशको स्थापना दिवसमा प्रदेश रत्न पदकबाट विभूषित हुनुभएको थियो ।