२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

अल्लोबाट चिनिँदै चित्रकली



अ+ अ-

झिमरुक । नौ बहिनी गाउँपालिका–१ स्याउलीवाङकी चित्रकली बुढामगर १० वर्षको उमेरदेखि अल्लोबाट गाढाँ बनाउनुभयो । मगर जातिमा महिलाले १० वर्षमै आपूmले लगाउने गाढाँ बनाउनुपर्ने परम्पराअनुसार उहाँले गाढाँ बनाउन सिक्नुभयो ।

सानै उमेरदेखि अल्लोको काम गर्नुभएकी चित्रकली अहिले जिल्लामै व्यावसायिक रुपमा अल्लो व्यवसाय गर्दै आउनुभएको छ । विसं २०५७ देखि धागो खरिद–बिक्री, २०६२ सालमा अल्लोको धागोबाट कपडा बुन्ने तालीम लिनुभएकी उहाँले २०६३ सालमा कोठी हिमाल अल्लो कपडा उद्योग दर्ता गरी बाहानेमा व्यावसायिक रुपमा अल्लो व्यवसाय सञ्चालन गर्नुभएको हो ।

व्यावसायिक रुपमा अल्लो व्यवसायमा लाग्नुभएकी चित्रकली प्यूठानकी एक सफल उद्यमी मानिनुहुन्छ । जिल्ला लघुउद्यम सङ्घको संस्थापक सदस्य हुँदा जिल्लाबाहिर अल्लोको अवलोकन भम्रणमा गएको र यसले आपूmलाई उद्योग स्थापनाका लागि प्रेरणा दिएको उहाँ सुनाउनुहुन्छ ।

गत वर्ष अल्लोबाट लगभग रु ३६ लाखको कारोवार भएको उहाँले बताउनुभयो । महिलाले पहाडी भेगमा पाइने चाल्ने सिस्नो प्रशोधन गरेर धागो बनाई त्यसबाट झोला, कोट, गलबन्दी, टोपी, पछ््यौरीलगायत कपडा निर्माण गर्ने गरेका उहाँले बताउनुभयो । उहाँहरूले तयार गरेका कपडा तथा प्रशोधित धागोको माग जिल्लाबाहिर बढी छ । “यहाँको उत्पादन जिल्लाबाहिर नै बढी बिक्री हुन्छ”, उहाँले भन्नुभयो, “यहाँ उत्पादित प्रशोधित धागो र सामान काठमाडाँै र पोखरा निर्यात हुँदै आएको छ ।”

उहाँले पछिल्ला वर्षमा मेला, महोत्सव र राजनीतिक दलका ठूला कार्यक्रममा अल्लोबाट निर्मित सामग्रीको प्रचारसँगै कारोवारसमेत गर्नुभएको छ । उहाँसँगै महिला उद्यमीले अल्लोका कपडा उत्पादन गरी वार्षिक लाखौँ रुपैयाँ आम्दानी गर्न सफल भएका छन् । जिल्लाको उत्तरी भेगका लिघा, खवाङ, स्याउङ्लिवाङ, ओखरकोट लगायतका गाउँका महिलाले अल्लोबाट आम्दानी गर्दै आएका छन् ।

“छोरीले दश वर्ष उमेर पुगेपछि आफ्ना लागि आफैँ गाढाँ÷भाङ्ग्रा बनाउने चलन थियो”, चित्रकलीले भन्नुभयो, “छोरालाई विवाह नगर्दासम्म आमाले बनाइदिन्थे ।” धागो काट्ने परम्परागत पेशालाई आफूले व्यावसायिक बनाएको उहाँको भनाइ छ । कोरिया विश्वविद्यालय र पोखरा विश्वविद्यालयबाट अल्लो पकाउने आधुनिक यन्त्रका लागि रु दुई लाख सहयोग पाएकाले यसलाई आधुनिक बनाउन सहज भएको उद्यमी उहाँले बताउनुभयो । त्यस्तै उहाँले अघिल्लो वर्ष गाउँपालिकाले रु दुई लाख पाएको समेत बताउनुभयो । उहाँले आफ्नो उद्योगमा पाँचजना बुन्नका लागि र चारजना सिलाउने गरी नौजनालाई रोजगारीसमेत दिनुभएको छ ।

त्यस्तै श्रीमान् खिमबहादुर बुढा, छोराहरु दीपेन्द्र र तिलबहादुरले समेत उद्योग सञ्चालनमा सहयोग पु¥याउनुभएको उद्यमी उहाँले बताउनुभयो । अल्लो उद्यमी चित्रकली ५ नं प्रदेशको स्थापना दिवसमा प्रदेश रत्न पदकबाट विभूषित हुनुभएको थियो ।