२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनसीसीएस सिप्यान क्रिकेट अवार्ड हुने



अ+ अ-

काठमाडौं । क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) ले ‘एनसीसीएस सिप्यान’ क्रिकेट अवार्डबाट विभिन्न पाँच विधाहरुमा खेलाडीहरुलाई सम्मान गर्ने भएको छ ।

आगामी चैत २१ गते वर्ष क्रिकेट खेलाडी (पुरुष र महिला), उदयीमान क्रिकेट खेलाडी गरी विभिन्न पाँच विधामा सम्मान गर्ने भएको हो । सिप्यानका अध्यक्ष डा. मनिषराज पाण्डेका अनुसार वर्ष क्रिकेट खेलाडी पुरुष, वर्ष क्रिकेट खेलाडी महिला, वर्ष उदयीमान क्रिकेट खेलाडी, वर्ष उत्कृष्ठ क्षण र लाइफटाइम अचिभमेन्ट अवार्डबाट खेलाडीहरुलाई सम्मान गरिने बताउनुभयो । पाण्डका अनुसार वर्ष क्रिकेट खोलाडी (महिला, पुरुष) तर्फ १ लाख ३१ हजार पुरस्कार राशी राखिएको छ । अन्य तीन विधामा समान ६६ हजार पुरस्कार राशीका साथ सम्मान गरिने उहाँले बताउनुभयो । गतवर्ष क्रिकेट वर्ष खेलाडी अन्तर्गत महिला र पुरुषले पाउने रकम फरक फरक रहेकोमा त्यसलाई यो वर्ष समान गरिएको उहाँले बताउनुभयो ।

पुरस्कारका लागि योग्य खेलाडी छनौट गर्न प्राविधिक समिति गठन गरिने र तोकिएको मापदण्डका आधारमा समितिले सिफारिस गरेका खेलाडीहरुलाई विभिन्न विधामा पुरस्कार राशी र ट्रफी पदान गरिने भएको हो । लाइफटाइम अचिभमेन्ट अवार्ड भने अनलाईन भोडिङका माध्यमका आधारमा छनोट गरिनेछ । नेपाली क्रिकेटको पुरानो पुस्तालाई प्रतिनिधित्व गर्ने खेलाडीलाई क्रिकेट खेलको क्षेत्रमा पु¥याएको योगदानका आधारमा पुरस्कृत गरिने पत्रकार मार्फत जानकारी गराइएको छ ।