२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

शेयर बजारमा नयाँ रेकर्ड कायम, परिसूचक साढे दुई वर्ष याताकै उच्च विन्दुमा



अ+ अ-

काठमाडौं । आइतबार शेयर बजारले नयाँ रेकर्ड कायम गरेको छ । नेप्से परिसूचक साढे दुई वर्ष याताकै उच्च विन्दुमा पुगेको छ भने कारोबार रकम साढे ३ अर्ब भन्दा माथि पुगेको छ । बजारमा लगानीकर्ताले शेयर खरिदचाप बढाउँदा माग र आपूर्तिको सन्तुलन विग्रिन गई नेप्सेमा उच्च वृद्धि भएको छ ।

आइतबार शेयर बजारमा परिसूचक नेप्से ६९ दशमलव ५६ अंकले बढेर १ हजार ५ सय ४ दशमल १४ अंकमा बन्द भएको छ । सेन्सेटिभ परिसूचक पनि १७ दशमलव शुन्य ७ अंकले बढेर ३ सय १७ दशमलव ५ अंकमा बन्द भएको छ । कारोबार रकम पनि ३ अर्ब ६० करोड ८५ लाख २६ हजार ३ सय ५४ रुपैयाँको भएको छ ।

वित्तीय क्षेत्रमा तरलता अभाव हुँदापनि बैंकहरुको ब्याजको आधारदर घटिरहेको र घरजग्गा तथा सवारीसाधानमा जाने लगानी समेत शेयर बजारमा आउँदा शेयरको माग बढेको देखिन्छ । बैंकहरुले अन्य क्षेत्रमा लगानी गर्न नसकेको र शेयर बजारलाई प्राथमिकतामा राख्न थालेपछि बजारमा लगानी बढेको छ । जसको कारण पनि लागनीकर्ता उत्साहित हुँदा कारोबार रकमसँगै नेप्से परिसूचकमा पनि उच्च वृद्धि भएको छ । लगानीकर्ता प्रोफेसर डा. मनोहरकृष्ण श्रेष्ठले केही महिनादेखि बजार सकारात्मक बन्दै गएको र अहिले घरजग्गा तथा सवारीसाधनमा जाने लगानी पनि शेयर बाजरमा आउन थालेकाले नेप्सेमा उच्च वृद्धि भएको बताउनुभयो । उहाँले कारोबार रकममा लगातार नयाँ रेकर्ड कायम हुँदै जाँनु र नेप्सेमा पनि बढ्दो अवस्थाको संकेत देखिनुले लगानीकर्तामा आत्मविश्वास बढेकाले माग बढ्न गई नेप्से र कारोबार रकममा उच्च वृद्धि भएको बताउनुभयो ।

यसबाहेक नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समिक्षामार्फत शेयर बजारलाई सपोर्ट गर्नेगरी प्याकेज ल्याउन लागेको हल्लाले पनि बजारमा काम गरिरहेको छ । त्यस्तै नागरिक लगानी कोषले स्टक डिलरको काम गर्न कम्पनी खडा गर्नुले पनि लगानीकर्तालाई उत्सहित बनाएकोछ । लगानीकर्ता प्रयाग ओझाले भने बजार प्रति लगानीकर्ताको आत्मविश्वाश बढ्ेकाले नै आइतबारको बजारमा परिसूचक र कारोबार रकम दुवैमा उच्च वृद्धि भएको बताउनुभयो ।

बाइट… प्रयाग ओझा, लगानीकर्ता

यस्तै लगानीकर्ताले शेयरबाजरका विरोधिका रुपमा लिदै आएका अर्थमन्त्री डा. युवराज खतिवडा राष्ट्रिय सभाबाट बाहिरिने हल्लाले पनि आइतबारको बजारमा असर पारेको देखिन्छ । खतिवडा राष्ट्रिय सभाबाट हटेपछि अर्थमन्त्रीबाट समेत स्वतः हटने भएकाले लगानीकर्ता सकारात्मक देखिएका हुन् । लगानीकर्ताको नजरमा अर्थमन्त्री खतिवडा नरुचाइएका पात्र हुन् । आइतबार राष्ट्रिय सभा सदस्यमा खतिवडाको ठाउँमा बामदेव गौतमलाई ल्याउने हल्ला शेयर बजारमा चलेको थियो । यससँगै बजारमा कारोबार खुलेको पहिलो २० मिनेटमा नेप्से ४३ अंकले उक्लिएको थियो । नेप्सेमा उच्च वृद्धि भएको देखेपछि केही लागनीकर्ताले नाफा सुरक्षित गर्न लाग्दा विक्रीचाप बढ्न गई नेप्से १९ अंकको वृद्धिमा झरेको थियो । तर फेरी शेयरको माग बढ्न थालेपछि करिब ३ घण्टाको अवधिमा नेप्से ७५ अंकले माथि उक्लिएको थियो । तर फेरी अल्पकालिन लगानीकर्ताहरु नाफा सुरक्षित गर्न लाग्दा नेप्से ४५ अंकको वृद्धिमा झरेको थियो । अन्त्यमा शेयरको माग पुनः बढ्न जाँदा नेप्से ६९ दशमलव ५६ अंकले बढेर बन्द हुन पुग्यो । आइतबार एनएमबी बैंक, नेपाल लाइफ इन्स्योरेन्स, हिमालयन डिस्टिलरी लगायतका कम्पनीको शेयर कारोबार सबैभन्दा बढी भएको छ । फस्ट माइक्रोफाइनान्स, एनएमबी बैंक, स्वदेशी लघुवित्त, कालिका माइक्रोक्रेडिट लगायतका कम्पनीका शेयधरनीले सबैभन्दा धेरै करिब १० प्रतिशतले कमाएका छन् । लगानीकर्ताको आकर्षण बैंकिङ समुह र व्यापार समुहमा सबैभन्दा बढी देखियो । जसका कारण बैंकिङ समुहमा ७ दशमलव १५ प्रतिशतको वृद्धि र व्यापार समुहमा ८ दशमलव २५ प्रतिशतको वृद्धि भएको छ ।