१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कंगोमा इबोला संक्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो News Polar डा सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा News Polar आज १६ दिने महालक्ष्मी व्रत विधिपूर्वक समापन गरिँदै News Polar प्रिय टेकराज ! तिमीलाई बिदाइ होइन, बस् सम्मान… News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने News Polar टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम News Polar बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह News Polar हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी News Polar गौघाट ग्रीन रनको उपाधि बिशाल र आयुष्मालाई , योगिनीलाई लार्जेस्ट तथा शुक्रलाई फास्टेस्ट अवार्ड News Polar जलवायु न्यायको माग गर्दै सडकमा पीडितः ‘हाम्रो रगत र आँशुको मूल्य खोज्दैछौँ’(तस्बिरसहित) News Polar सिँचाइ विभागले ल्यायो वैदेशिक रोजगारीबाट फर्केका युवा लक्ष्यित कार्यक्रम News Polar रास्वपा केन्द्रीय समिति बैठक आज News Polar सहसचिव जितेन्द्र बस्नेतको आक्रोशः निजामती सेवा विधेयक भर्त्सनायोग्य छ News Polar मेकाडेमिया नट खेतीमा किसानको आकर्षण News Polar अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान News Polar एलिना चौहानले भनिन्– ‘मेरो विगतलाई मेरो वर्तमानको परिचय नबनाइदिनुस्’ News Polar नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते News Polar बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति News Polar निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित

स्वास्थ्य केन्द्रमा प्रसूति गराउने घट्दै

स्वास्थ्य केन्द्रमा प्रसूति गराउने घट्दै
अ अ+ अ-

गौशाला । महोत्तरीस्थित प्राथमिक स्वास्थ्य केन्द्र सम्सीले महिलालाई महिनौँदेखि प्रोत्साहन भत्ता उपलब्ध नगराएका कारण स्वास्थ्य संस्थामा प्रसूति गराउनेको सङ्ख्यामा कमी आएको छ । गत असोजदेखि स्वास्थ्य संस्थाले सुत्केरी भत्ता समयमै उपलब्ध नगराएकै कारण अस्पतालमा प्रसूति गराउनेको सङ्ख्यामा पछिल्लो समयमा कमी आएको स्वास्थ्य संस्थाका अनमी विन्दु साहले बताउनुभयो ।

पहिले दिनहुँ पाँच जनाले प्रसूति सेवा लिने गरेकामा पछिल्लो समयमा क्रमिक रुपमा सेवाग्राही आउन छाडेका छन् । सरकारी स्वास्थ्य संस्थामा प्रसूत भए सरकारले प्रोत्साहन भत्ता उपलब्ध गराउने गरेकाले प्रायः हरेक प्रसूत गराउनका लागि यहाँ आउने गर्थे । अब संस्थाले भत्ता उपलब्ध नगराएकै कारण सो सङ्ख्यामा कमी आएको अनमी साहले स्वीकार गर्नुभयो ।

गाउँपालिकाको कार्यालयमा लिखित एवम् मौखिक रुपमा अनेकौँ पटक जानकारी गराउँदा समेत कुनै चासो नदेखाइएको अस्पताल व्यवस्थापन समितिका सदस्य रामजपु यादवले बताउनुभयो । अस्पतालमा भएको अनियमितता देखेर आफूले नैतिकताका आधारमा समितिको सदस्यबाट राजीनामा दिए पनि आजसम्म राजीनामा स्वीकृत नभएको यादवले जानकारी दिनुभयो ।

गाउँपालिका परिषद् बैठक ढिलो भएका कारण सुत्केरीले पाउनुपर्ने भत्ता अहिलेसम्म नपाएको प्राथमिक स्वास्थ्य केन्द्रका अध्यक्ष मदन यादवले स्वीकार गर्नुभयो । अबको केही दिनमै प्रोत्साहन भत्ता उपलब्ध गराइने प्रशासकीय अधिकृत रामजी जोशीले जानकारी दिनुभयो । गाउँपरिषद् विवादका कारण बजेट विनियोजन हुन नसकेकाले तलब र भत्ता गाउँपालिकाबाट उपलब्ध गराउन नसक्दा यस्तो समस्या सिर्जना भएको अधिकृत जोशीले बताउनुभयो ।