१५ श्रावण २०८३, शुक्रबार
,
Latest
स्मार्ट टेलिकम प्रकरणमा दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ धनुषामा आज सर्वदलीय सर्वपक्षीय बैठक बस्दै मिथ्या सूचनाको पछि नलाग्न र जिम्मेवार बन्न काँग्रेस सभापति थापाको आग्रह सामाजिक सद्भाव कायम गर्न उद्योग वाणिज्य महासंघको आह्वान, शान्तिका लागि सक्रिय हुन आग्रह समयसीमाभित्र तार व्यवस्थापन गर्न नसकेपछि आइस्पानद्वारा थप १५ दिनको समय माग, सञ्चार मन्त्रालयले भन्यो– ‘यो… राष्ट्रपति पौडेलद्वारा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली धार्मिक अगुवासँग रवि लामिछानेको छलफल, सामाजिक सद्भाव कायम गर्न अपिल भाडा नतिरेपछि सार्वजनिक पुस्तकालयसहितका ‘स्टल’ बन्द माइतीघर डुबानप्रति कार्यवाहक प्रमुख डङ्गोलको चासो सुनचाँदीको मूल्य वृद्धि
तपाईं के खोज्दै हुनुहुन्छ ?

कमजोर खर्च व्यवस्थापन र सुशासन सरकारको मुख्य चुनौतिः उद्योगमन्त्री सिन्हा



अ+ अ-

काठमाडौँ ।अन्तरिम सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले सार्वजनिक खर्चको प्राथमिकता, उपयोगिता र गुणस्तर कमजोर हुँदा नागरिक असन्तुष्टि बढ्दै गएको बताउनुभएको छ ।

शुक्रवार नेपाल आर्थिक पत्रकार समाजले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले वर्षको बजेटमा विभिन्न शिर्षकमा अबण्डा बजेट राख्ने प्रवृत्तिले नागरिक असन्तुष्ट रहेको र अर्थतन्त्र पनि कमजोर बनाएको बताउनु भयो । सार्वजनिक खर्चको उपयोगिता, सेवा प्रवाह सुधार र आर्थिक सुशासन आजको सबैभन्दा महत्वपूर्ण विषय भएको उल्लेख गर्दै मन्त्री सिन्हाले यसले नागरिकको दैनिकी, राज्यप्रतिको विश्वास र लोकतन्त्रको प्रभावकारितासँग प्रत्यक्ष सम्बन्ध राख्ने बताउनु भयो । राज्यले कर, शुल्क र अन्तर्राष्ट्रिय सहायताबाट संकलन गरेको स्रोत शिक्षा, स्वास्थ्य, पूर्वाधार, सामाजिक सुरक्षा र प्रशासनिक सेवामा लगानी गरे पनि त्यसको प्रतिफल नागरिकले अनुभुति गर्न नसकेको गुनासो रहेको स्वीकार गर्नुभयो ।

मन्त्री सिन्हाले भन्नुभयो, ‘हरेक वर्षको बजेट विनियोजन विविध शिर्षकमा अबण्डा बजेट राख्ने गरिएको देखिन्छ । योजना प्राथमिकता र परिणाम बिनय गरिएको खर्चले न त नागरिकलाई सन्तुष्ट बनाउछ न त अर्थतन्त्रलाई बलियो बनाउँछ । कतिपय अवस्थामा यसको आवश्यकता र औचित्य पुष्टि हुनसक्छ तर यि शर्षकमा बजेट राख्नु कति न्यायोचित हो भन्ने प्रश्न नागरिक तहबाट मात्र नभई तपाईंहरुले पनि उठाउनुभएको छ । सार्वजनिक खर्चको उपयोगिता र सेवा सुधारको विषय पनि आजका दिन उत्तिकै महत्वपूर्ण छ । यो विषय नागरिकको दैनिकी राज्य प्रतिको विश्वास र लोकतन्त्रको प्रभावकारितासँग पनि प्रत्यक्ष जोडिएको छ । राज्यले नागरिकबाट संकलन गरेको कर शुल्क र अन्तर्राष्ट्रिय सहायतामार्फत संकलन गरेको स्रोत सार्वजनिक खर्चका रुपमा शिक्षा स्वास्थ्य पूर्वाधार सामाजिक सुरक्षा र प्रशासनिक खर्च सेवामा लगानी गर्दछ तर हामीलाई नागरिकले गर्ने प्रश्न के हो भने हामीले गरेको सार्वजनिक खर्चको नागरिकले अनुभुति गर्नेले गर्ने गुणस्तरीय सेवा प्रदान गरिरहेको छ वा छैन ।’

‘आज पनि शिक्षाको गुणस्तरमा प्रश्न उठिरहेको छ । अस्पताल छन् तर सेवा पहुच र उपचार प्रभावकारी छ वा छैन भन्ने प्रश्न सबैको अगाडी आउने गरेको छ । विभिन्न गुनासोहरु रहेका पनि छन् । सडक बनेका छन् तर दीर्घकालिन टिकाउ पनमा जहिले पनि प्रश्न उठिराखेको अवस्था छ । यसले के संकेत गर्दछ भनेर भन्दा केवल खर्चको अभा होइन खर्चको उपयोगिता र गुणस्तरको अभाव भइराखेको छ । सार्वजनिक खर्चको दुरुपयोग भएन सदुपयोग भएन वा आर्थिक सुशासन कायम हुन सकेन भने गुनासोको प्रतिबिम्ब पनि यसै भदौ २३ गतेको जेन–जी आन्दोलन त्यसैको परिणाम हो जस्तो मैले महशुस गरेको छु ।’

मन्त्री सिन्हाले सार्वजनिक खर्चमा सदुपयोग र आर्थिक सुशासन कायम हुन नसक्दा उत्पन्न असन्तुष्टिकै प्रतिफलका रूपमा भदौ २३ गतेको जेन–जी आन्दोलन भएको आफूले महशुस गरेको बताउनु भयो ।




भर्खरै