२१ भाद्र २०८३, आईतवार
,
Latest
रसुवाबाट सुत्केरी महिला र नवजात शिशुको हवाई उद्धार जलवायु परिवर्तनबाट प्रभावित नेपालले अन्तर्राष्ट्रिय समुदायसँग न्याय र क्षतिपूर्ति माग्नु पर्छ: पूर्व प्रधानन्यायाधीश श्रेष्ठ बाढीपीडितलाइ आर्थिक सहयोग जुटाउने क्रम जारी भोटेकोशी बाढीः त्रिवि शिक्षण अस्पतालमा २४४ शव ल्याइयो, १६१ को अस्थायी व्यवस्थापन देवीघाट–जिलिङ जोड्ने एक्रोब्रिज जडान तीव्र छ शिक्षकलाई पीपी प्रसाई उत्कृष्ट शिक्षक पुरस्कार बाढी प्रभावित जिल्लाहरुमा राहत तिब्र, दुई दर्जन बढी सामाजिक संस्था सक्रिय पहिरोको जोखिम मोलेर बजारसम्म कृषि उपज पुर्‍याउँदै धादिङका किसान थेराङ खोला सहित बूढीगण्डकी नदीमा आएको बाढीले नाम्रुङमा पुल र जलविद्युत्मा क्षति : चुमनुब्रीवासी र… बर्दियामा ‘डिएनए’ नमूना सङ्कलन सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

थानकोट जेसीजका अध्यक्षमा सञ्चारकर्मी दानी



अ+ अ-

काठमाडौँ । थानकोट जेसीजका अध्यक्ष पदमा युवा सञ्चारकर्मी रोसन दानी निर्वाचित हुनुभएको छ । संस्थाको बिहीबार यहाँ सम्पन्न वार्षिक साधारणसभा तथा २२ औँ शाखा अधिवेशनले उहाँका अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको हो । यसअघि उहाँ संस्थाको महासचिव पदमा कार्यरत हुनुहुन्थ्यो । 

नवनिर्वाचित अध्यक्ष दानी प्रगतिशील पत्रकार सङ्घ काठमाडौँ जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । यसैगरी शाखाको कार्यकारिणी उपाध्यक्षमा एलिना महर्जन, सुजना महर्जन श्रेष्ठ, राहुल गोपाली, रिकेस महर्जन निर्वाचित हुनुभएको नेपाल जेसिजका पूर्वराष्ट्रिय उपाध्यक्ष मोहनलाल डाँगीले जानकारी दिनुभयो । 

नवनिर्वाचित अध्यक्ष दानीले महासचिवमा विपना बस्नेत, कोषाध्यक्षमा विराज शाही, कानुुनी सल्लाहकारमा विशाल शाही र सल्लाहकारमा संस्थापक अध्यक्ष नन्ददास अमात्य, सलिम श्रेष्ठ, पेशल खतिवडा, राज गोपाली र मोहन डाँगी मनोनीत गर्नुभएको छ । संस्थाले मानवीय सेवाका गतिविधि तथा युवामा नेतृत्व विकाससम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको छ । रासस