२१ आश्विन २०८१, सोमबार
,
Latest
युनाइटेडको खराब लय जारी, एस्टन भिल्लासँग बराबरीमा रोकियो प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

पशुपतिनाथ दर्शनका लागि आएका साधुसन्तहरुको विदाई



अ+ अ-

काठमाडौं । महाशिवरात्रीको अवशरमा पशुपतिनाथ दर्शनका लागि आएका साधुसन्तहरुको विदाई गरिएको छ ।

महाशिवरात्रीको अवशरमा छिमेकी भारत लगायत विभिन्न ठाउँमा आएका ५ हजारभन्दा बढी साधुसन्तहरुको आइतबार विदाई गरिएको हो । गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले बाटो खर्चसहित सन्तहरुको बिदाइ गरेको हो । पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले ५ हजारभन्दा बढी साधुसन्तहरुको विदाई गरिएको बताउनुभयो । विभिन्न श्रेणीअनुसार १ हजारदेखि १० हजार रुपैयाँसम्म दक्षिणा दिएर बिदाई गरिएको उहाँले बताउनुभयो । गुठीको परम्परा अनुसार साधुहरुलाई दक्षीणा दिएर उनीहरुको विदाई गरिएको हो ।

साधुसन्तहरुका लागि १० लाख रुपैयाँ छुट्याइएको थियो । विभिन्न ठाउँबाट आएका सन्तहरुको खाना तथा बस्नको व्यवस्था शिवालय क्षेत्रमा गरिएको थियो । त्यसको व्यवस्थापनका लागि ३० लाख रुपैयाँ बजेट छुट्याइएको कोषले जनाएको छ । विदाई समारोहमा दक्षिणाको विषयमा असन्तुष्टि जनाउँदै केही साधुसन्तहरुले असन्तुष्टि व्यक्त गरेका छन् ।