६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति News Polar भोटेकोशी बाढीमा बेपत्ता सिपाही कुमालको २७ दिनपछि अन्त्येष्टि News Polar जागिरसँगै सव–इञ्जिनियरको पाखोबारीमा फलफूल बगैँचा News Polar नेपाल फिल्म सोसाईटी र चलचित्र कलाकार संघ अमेरिका शाखाद्वारा बाढी पीडितका लागि आर्थिक सहयोग News Polar २०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाललाई १२औँ स्थान News Polar सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने सरकारको तयारी News Polar स्वीकृत लगानीलाई परियोजना र रोजगारीमा रूपान्तरण गर्न आवश्यक : लगानी बोर्डकी सीईओ उक्याव News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण र राहतमा भइरहेको ढिलाइप्रति सांसद राईको ध्यानाकर्षण News Polar न्यायपालिकाको पुनर्संरचनाबारे संसदमा एमाले–रास्वपा जुहारी News Polar असोज ८ देखि १० गतेसम्म हुने भारी वर्षाबारे गृहमन्त्री र ऊर्जामन्त्रीले लिए मौसम अपडेट News Polar भदौमा ११ जिल्लाका १३ स्थानमा नेपाल टेलिकमका नयाँ मोबाइल साइट सञ्चालन News Polar लाइसेन्स वितरण सहज बनाउन तीन निकायबीच त्रिपक्षीय सम्झौता News Polar नतिजामुखी कार्यसम्पादनमा जोड : मन्त्रालयका सचिव–सहसचिव र बाल अधिकार परिषद्का सदस्य–सचिवबीच सम्झौता News Polar परियोजनाको लाइसेन्स खरिद–विक्री नै लगानीकर्ताहरुको पेसा भयो, स्वीकृत लगानी कार्यान्वयनमा सरकार गम्भीर बन्नुपर्छः सांसदहरु News Polar जेन–जी आन्दोलनका दोषीलाई पक्राउ गर्न नसके सरकारको कुर्सी छाड्नुस् : ज्ञानबहादुर शाही News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १५ अर्बभन्दा बढी पुग्यो News Polar धनकुटाको हिले बजारको रोक्का जग्गा फुकुवा गर्न सांसद राजेन्द्र राईको माग

प्रधानमन्त्रीको ६९औँ राजसी जन्मोत्सव, प्रधानमन्त्रीलाई भेट्न विद्यार्थीहरू घन्टौँ हिँडेर आए

प्रधानमन्त्रीको ६९औँ राजसी जन्मोत्सव, प्रधानमन्त्रीलाई भेट्न विद्यार्थीहरू घन्टौँ हिँडेर आए
अ+ अ-

जन्मोत्सव मनाउन चार हेलिकोप्टरसहित आठराई पुगेका प्रधानमन्त्री ओलीले ट्र्याक्टरमा ओसारिएका विद्यार्थीलाई कापी–कलम वितरण गरे, यती समूहका अध्यक्ष ल्हाक्पा सोनाम शेर्पा आफ्नै स्वामित्वको एयर अल्टिच्युडको हेलिकोप्टरमा केक बोकेर ओलीको जन्मगाउँ पुगेका थिए

कम्युनिस्ट प्रधानमन्त्री केपी ओलीले आफ्नो ६९औँ जन्मोत्सव राजसी ठाँटले मनाएका छन् । सरकारीनिवास बालुवाटारमा केक काटेपछि आइतबार दिउँसो चार हेलिकोप्टरमा दलबलसहित पुख्र्यौली घर तेह्रथुमको आठराई पुगेका ओलीले त्यहाँ पनि १५ किलोको केट काटे, करिब ६ हजारलाई भोज खुवाए । सत्तारुढ नेकपाकै नेतृत्वमा रहेको आठराई गाउँपालिकाले त ओलीको जन्मोत्सव मनाउन सार्वजनिक बिदा नै दियो ।

जन्मोत्सव मनाउन प्रधानमन्त्री ओलीले आफ्नै पहलमा पार्टी नेता–कार्यकर्ताका लागि बनाएको आचारसंहिताको समेत उल्लंघन गरेका छन् । गत ५ माघमा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जन्मदिवस, पास्नी, व्रतबन्धजस्ता संस्कारका कार्यक्रमलाई घरपरिवारमा मात्र सीमित राख्न र तडकभडक नगरी मितव्ययिता अपनाउन नेता–कार्यकर्ताका लागि आचारसंहिता जारी गरेका थिए ।

तर, प्रधानमन्त्री ओली जन्मदिन मनाउन परिवारका सदस्य, संघीय सरकारका तीन मन्त्री, दुईजना प्रदेश प्रमुख, प्रदेश १ का मुख्यमन्त्री र मन्त्री तथा केही नेतालाई लिएर हेलिकोप्टरबाट आठराई पुगे । तेह्रथुमवरिपरिका मात्रै होइन, झापा र मोरङसम्मका केही सरकारी अधिकारी र नेता–कार्यकर्ता सरकारी गाडी चढेर आठराई ओइरिए । गाउँपालिकाले सार्वजनिक बिदा दिँदै कर्मचारी, शिक्षक र विद्यार्थीलाई जन्मोत्सव कार्यक्रममा उपस्थित हुन उर्दी गरेको थियो । झापाबाट क्याटरिङ झिकाएर करिब ६ हजारलाई भोज खुवाइयो ।

प्रधानमन्त्रीलाई बधाई दिन यती समूहका अध्यक्ष ल्हाक्पा सोनाम शेर्पा छुट्टै हेलिकोप्टरमा १५ किलोको केक लिएर आठराई पुगेका थिए । उनकै हेलिकोप्टरमा नेपाल ट्रस्टका सदस्य सीताराम सापकोटा पनि जन्मोत्सव कार्यक्रममा पुगे । गाउँपालिकाले प्रधानमन्त्रीको जन्मदिनलाई भव्य बनाउन ६९ वटा मैनबत्ती, ‘ह्याप्पी बर्थ डे’ लेखिएका ६९ वटा फ्ल्याक्स र ६९ कलसको व्यवस्था गरेको थियो । कलस बोकेर स्कुले बालबालिका प्रधानमन्त्रीको स्वागतमा उभिएका थिए । गाउँ गाउँबाट बृद्धबृद्धालाई गाडीबाट कार्यक्रममा ल्याउने व्यवस्था गरिएको थियो ।

प्रधानमन्त्रीसहितका मन्त्री र नेताहरू चढेको हेलिकप्टर ल्याण्ड गराउन आठराइ गाउँपालिकाको पहलमा ओलीनिवास छेउमै हेलिप्याड बनाइएको थियो । नेकपाको स्थानीय कमिटीले दुई÷तीन महिना अघिदेखि ओलीको स्वागतको तयारी गरेको थियो । प्रधानमन्त्री ओली सेनाको एमआई–१७ हेलिकप्टरमा पत्नी राधिका शाक्यसहित पाँचथर हुँदै सवा एक बजे आठराइ उत्रिएका थिए । सेनाकै अर्को हेलिकप्टमा स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्बाङ, खानेपानी तथा सरसफाई मन्त्री बिना मगर, वागमती प्रदेश प्रमुख विष्णु प्रसाईं र प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’, नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रदेश १ का मुख्यमन्त्री शेरधन राई सवार थिए ।

तेह्थुम जानुअघि प्रधानमन्त्री ओलीले पिता मोहनप्रसाद, मन्त्रीहरू, सचिवालय टिम र उच्च अधिकारीहरूको उपस्थितिमा सरकारी निवास बालुवाटारमा पनि केक काटेका थिए । उनलाई शुभकामना दिन उपप्रधानमन्त्री ईश्वर पोखरेल, संसदीय दलका उपनेता सुबास नेम्बाङलगायतका मन्त्री तथा नेताहरू बालुवाटार पुगेका थिए । प्रधानमन्त्री ओली ०२२ सालमा जन्मस्थान आठराइ (तत्कालिन इवा गाविस–२ तीनसल्ले) छाडेर राजनीतिमा सक्रिय भएका थिए । दुई बर्षपछि ०२४ मा पिता मोहनप्रसाद परिवारसहितै झापा झरे । त्यसपछि ओलीको आठराइ ओहोरदोहर पनि हरायो ।

जन्म दिवस पार्टीबाट जारी आचारसंहिताविपरित:नेकपाले गत ५ माघमा जन्म दिवस, पास्नी, ब्रतबन्ध जस्ता संस्कारका कार्यक्रमलाई घरपरिवारमा मात्र सिमित राख्न र तडकभडक नगरी मितव्ययिता अपनाउन नेता÷कार्यकर्ताका लागि आचारसंहिता जारी गरेको थियो । आचारसंहितामा छोराछोरीको विवाहसमेत सरल र मितव्ययी बनाउन निर्देशन दिइएको छ । तर, ओलीको जन्म दिनलाई उत्सवकै रुपमा मनाउन पार्टी नेतृत्वमै रहेको गाउँपालिकाले सार्वजनिक बिदा मात्र दिएन, केन्द्रदेखि स्थानीय तहसम्मले तामझाममा राज्य कोष लाखौं रकम समेत खर्च गरे ।

मन्त्रीहरू हेलिकप्टर चढेर र तीन दर्जनभन्दा बढि गाडीका लस्करसहित सरकारी अधिकारी र पार्टी नेताहरू ओलीको जन्म घर पुगे । ‘कसैलाई पनि हेलाहोचो, एकारान्त तथा तँ भन्न पूर्णरुपले बन्द गर्नुपर्छ । छोरी, छोराको विवाहलाई सरल मितव्ययी बनाउनुपर्छ । जन्मदिन, ब्रतबन्ध, पासनीजस्ता परम्परागत संस्कारलाई घरपरिवारमा मात्र सीमित गर्नुपर्छ,’ आचारसंहितमा भनिएको छ । जन्मोत्वको भोजमा सहभागीहरूलाई खिर, तरकारीसहित ‘ननभेज’ खाना खुवाउन झापाबाट क्याटरिङ झिकाइएको थियो । खुवाएको हो ।

प्रधानमन्त्री ओलीले भोजमा सहभागी भएकामध्ये ७० वर्ष उमेर पुगेका २ सय वृद्धलाई ज्याकेट र भादगाउँले टोपी तथा २ सय वृद्धालाई पछेउरा र साडी वितरण गरेका थिए । ओलीका स्वकीय सचिव इन्द्र भण्डारीका अनुसार प्रधानमन्त्री पत्नी राधिका शाक्यको निजी व्यबस्थापन र संयोजनमा उपहार वितरण र भोज खुवाइएको हो । ‘उपहार र खाना खुवाउने खर्चको व्यबस्थापन म्याडम राधिका शाक्यले निजी खर्चबाट गर्नुभएको हो’, भण्डारीले भने, ‘सडक सिलान्याशको खर्च भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, निवासको जन्म दिवसको व्यबस्थापन नेकपाको स्थानीय पार्टी कमिटीले गरेको छ ।’

जन्मोत्सव कार्यक्रममा प्रधानमन्त्री ओलीले गाउँपालिकाका करिब २ हजार विद्यार्थीलाई ‘सम्वृद्ध नेपाल, सुखी नेपाली’ नारा लेखिएको आफ्नै तस्वीर अंकित डायरी र कलम पनि वितरण गरेका थिए । ‘कतिपय उपहारहरू बिभिन्न संघ–संस्थाहरूबाट पनि जुटेका हुन्,’ प्रदेश सांसद तेजमान कन्दङ्वाले भने । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देबेन्द्र कार्कीले प्रधानमन्त्रीको कार्यक्रममा मन्त्रालयको तर्फबाट कुनै पनि शीर्षकमा खर्च नगरिएको बताए । ‘मन्त्रालयका तर्फबाट कुनै खर्च गरिएको छैन’, उनले भने, ‘अरु कुरा मेरो जानकारीमा छैन ।’ पाँचथरस्थित सडक सिलन्यास र खानेपानी आयोजनाको उद्घाटनको कार्यक्रममा सहभागी भएर प्रधानमन्त्री ओली जन्मस्थल आठराइ पुगेका थिए ।

ओली ट्रष्ट र प्राविधिक शिक्षालयको घोषणा:जन्मोत्वस कार्यक्रममा प्रधानमन्त्री ओलीले जन्मघर नजिकै प्राविधिक शिक्षालय स्थापना गर्ने घोषणा गरेका छन् । तेह्थुमको विकासका लागि आईतबारै प्रधानमन्त्री पत्नी राधिकाको अध्यक्षतामा ओली ट्रष्टको घोषणा गरिएको छ । आफ्नो २ सय ६० रोपनी जग्गा ट्रष्टलाई दिएका प्रधानमन्त्री ओलीले त्यही जग्गामा प्राविधिक शिक्षालय बनाउने घोषणा गरेका हुन् ।

उनले सुकेपोखरीबाट जन्मघर हुँदै भानु आधारभूत विद्यालय जोड्ने ९ किमी सडक कालोपत्रे गर्नेगरी शिलन्यास पनि गरेका छन् । यसको निर्माणका लागि ५४ करोडको ठेक्का भइसकेको छ । यो सडकलाई निकट भविष्यमै मदन भण्डारी राजमार्गसँग जोड्ने गरि विकास गर्ने प्रतिबद्धता पनि प्रधानमन्त्री ओलीले गरे ।

प्रधानमन्त्रीलाई भेट्न विद्यार्थीहरू घन्टौँ हिँडेर आए

मानबहादुर लिम्बू, अध्यक्ष आठराई गाउँपालिका, तेह्रथुम

देशकै ध्यान तपाईंको गाउँपालिकामा केन्द्रित भयो । प्रधानमन्त्रीले त्यहाँ आएर जन्मदिन मनाए, जननिर्वाचित प्रधानमन्त्रीले यसरी राजसी ठाँटमा जन्मदिन मनाएको यस्ता उदाहरण अन्त कतै देख्नुभएको थियो कि नयाँ इतिहास सिर्जना गरेका हुन ? आफू जन्मिएको ठाउँको पूर्वाधार विकासदेखि लिएर सबै खालको विकासका लागि उनको आगमन भएको हो । मान्छेहरूले नेता जन्मिन्छ अनि ठाउँ छाडेर जान्छ, बिर्सिन्छ भन्छन्, त्यस्ता खालका भ्रमहरू चिर्नका लागि उनी आएका हुन् ।

अनि प्रधानमन्त्रीको जन्मदिन मनाउन होस् वा विकासकै काममा होस्, गाउँपालिकाले बिदा नै दिनुपर्ने कारण त थिएन होला नि ? यहाँ मुख्यतः दुई कार्यक्रम थिए । एउटा शैक्षिक सामग्री वितरण गर्ने, अर्को सडक शिलान्यास गर्ने । गाउँपालिकाभरिका दुई हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण भएको छ । यसै पनि यो क्षेत्र शिक्षाको उद्गमस्थल मानिन्छ । उनले यहाँको शैक्षिक उन्नयनका लागि शैक्षिक सामग्री वितरण गरे । त्यसो भएपछि विद्यालय खाली नै हुने भए । यसकारण पनि हामीले शिक्षकलाई विद्यार्थी लिएर आउनुस् भन्यौँ र बिदा दियौँ । विद्यार्थी घन्टौँसम्म हिँडेर आए ।

तपाईंले भनेको जस्तो शिक्षाको उद्गमस्थलमा अहिले पनि विद्यार्थीले घन्टौँ हिँडेर, ट्र्याक्टरमा भरिभराउ भएर शैक्षिक सामग्री लिन आउनुपर्ने भएपछि कस्तो विकास गर्नुभएको छ त ?
हाम्रो गाउँपालिका त प्रदेश १ कै सबैभन्दा राम्रो सडक सुविधा भएको स्थानीय तहमा पर्छ, तर यहाँ गाडीहरू छैनन् । व्यावसायिक हिसाबले गाडी नभएकाले ट्र्याक्टर चढ्नुपर्ने, हिँड्नुपर्ने अवस्था हो । बाटो त छ नि त । विकास त भएको छ नि । गाडी चल्ने गरी मान्छे छैनन्, व्यावसायिक हिसाबले गाडी चल्दैन ।

तर कापी–कलमजस्ता आधारभूत सामग्री वितरण गर्न पनि प्रधानमन्त्री हेलिकोप्टरमा पुग्ने र विद्यार्थी ट्र्याक्टरमा भरिएर आउनुपर्ने अवस्थामा हामीले गर्व गर्न मिल्छ कि मिल्दैन ?
त्यसो हैन, यसलाई नकारात्मक रुपमा मात्रै हेर्नुहुदैन । उनीहरूले प्रधानमन्त्रीबाट पाएको शैक्षिक सामाग्रीहरूबाट प्रेरणा पाउँछन् । हौसला प्राप्त गर्छन् । प्रधानमन्त्रीसँग साक्षात्कार गर्न पाउनु उनीहरूकालागि पनि खुसीको विषयका रुपमा बुझ्नुपर्छ ।

पहिले–पहिले राजाको जन्मोत्सव मनाउन पुस १४ गते विदा दिइन्थ्यो । त्यसैको पुनरागमनका रुपमा प्रधानमन्त्रीको जन्मोत्सव मनाउन पनि गाउँपालिकामा बिदा दिईएको हो ? जन्मोत्सव मात्रै हैन नि, यो त आठराई क्षेत्रको विकाससँग जोडिएको कुरा हो । यहाँको सडक पुर्वाधार विकास र खानेपानी सुविधाको कुरा छ । यहाँ नेपाल बैंकको शाखा विस्तारको कुरा छ ।

तर, प्रधानमन्त्रीको जन्मोत्सव मनाउन ‘ड्रेस कोड’ पनि जारी गरेर कसले कस्तो कपडा लगाउने भनेर निर्देशन दिन मिल्छ ? विद्यार्थीलाई लिएर आउने शिक्षकलाई आफ्नो विद्यालयको पोसाक लगाएर आउनूस् भनिएको हो । कर्मचारीलाई पनि त्यही भनिएको हो । पोसाक लगाएर आउँदा राम्रो हुन्छ भनेर अनुरोध गरिएको हो । त्यसले कसैलाई हानी भएको छैन । नयाँ पत्रिका दैनिकबाट