६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति News Polar भोटेकोशी बाढीमा बेपत्ता सिपाही कुमालको २७ दिनपछि अन्त्येष्टि News Polar जागिरसँगै सव–इञ्जिनियरको पाखोबारीमा फलफूल बगैँचा News Polar नेपाल फिल्म सोसाईटी र चलचित्र कलाकार संघ अमेरिका शाखाद्वारा बाढी पीडितका लागि आर्थिक सहयोग News Polar २०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाललाई १२औँ स्थान News Polar सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने सरकारको तयारी News Polar स्वीकृत लगानीलाई परियोजना र रोजगारीमा रूपान्तरण गर्न आवश्यक : लगानी बोर्डकी सीईओ उक्याव News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण र राहतमा भइरहेको ढिलाइप्रति सांसद राईको ध्यानाकर्षण News Polar न्यायपालिकाको पुनर्संरचनाबारे संसदमा एमाले–रास्वपा जुहारी News Polar असोज ८ देखि १० गतेसम्म हुने भारी वर्षाबारे गृहमन्त्री र ऊर्जामन्त्रीले लिए मौसम अपडेट News Polar भदौमा ११ जिल्लाका १३ स्थानमा नेपाल टेलिकमका नयाँ मोबाइल साइट सञ्चालन News Polar लाइसेन्स वितरण सहज बनाउन तीन निकायबीच त्रिपक्षीय सम्झौता News Polar नतिजामुखी कार्यसम्पादनमा जोड : मन्त्रालयका सचिव–सहसचिव र बाल अधिकार परिषद्का सदस्य–सचिवबीच सम्झौता News Polar परियोजनाको लाइसेन्स खरिद–विक्री नै लगानीकर्ताहरुको पेसा भयो, स्वीकृत लगानी कार्यान्वयनमा सरकार गम्भीर बन्नुपर्छः सांसदहरु News Polar जेन–जी आन्दोलनका दोषीलाई पक्राउ गर्न नसके सरकारको कुर्सी छाड्नुस् : ज्ञानबहादुर शाही News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १५ अर्बभन्दा बढी पुग्यो News Polar धनकुटाको हिले बजारको रोक्का जग्गा फुकुवा गर्न सांसद राजेन्द्र राईको माग

यातायात विभागमा भ्रष्टाचार !

यातायात विभागमा भ्रष्टाचार !
अ+ अ-

लहान । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रदेश–१ स्थित कार्यालय इटहरीमा रहेको छ । यस कार्यालयले बेलाबखत ठूलाठूला भ्रष्टाचारका काण्डहरूको उजागर मात्रै गरेको छैन कि अनुसन्धानमा उत्कृष्टता देखाउँदै धेरैलाई कानुनी दायरामा ल्याएको पनि छ । तर, विडम्बना अख्तियारको यसै कार्यालय नजिकै रहेको सबैभन्दा बढी भ्रष्टाचार हुने अखडाका रूपमा चिनिएको यातायात व्यवस्था विभागको इटहरीस्थित कार्यालयमा भने भ्रष्टाचार भएको यहाँका कर्मचारीले देखेका छैनन् कि भन्ने भान हुन थालेको छ ।

नेपालका सरकारी कार्यालयहरूमध्ये सबैभन्दा बढी भ्रष्टाचार हुने कार्यालयका रूपमा चिनिएको यातायात कार्यालयमा अख्तियारले अहिलेसम्म निगरानी र परेका उजुरीउपर गहन अनुसन्धान नगर्दा भ्रष्टाचारीहरू जोगिन पाइरहेका छन् भने भ्रष्टाचार मौलाउँदै गइरहेको छ । हुँदाहुँदा नौ महिनादेखि सेवाग्राहीका फाइलहरू कार्यालयबाटै गायब भएको घटनाले यस प्रकरणमा कार्यालयका कर्मचारीहरूको संलग्नता छ भन्ने कुरा प्रष्टरूपमा देखिन्छ । कार्यालयमा ०६९ सालको साउनदेखि चैत महिनासम्मको सवारी चालक अनुमतिपत्र वितरणसम्बन्धी निर्णय भएको फाइल हराएको छ ।

फाइल हराएकै कारण नौ महिनाभित्र चालक अनुमतिपत्र लिएका कसैको पनि लाइसेन्स नवीकरण हुनसकेको छैन । फाइल नै नभएको भन्दै कार्यालयका कर्मचारीले नवीकरण नगरेपछि सेवाग्राहीहरू रुष्ट बनेका छन् । यातायात व्यवस्था ऐनअनुसार सवारी चालक अनुमतिपत्र दिनका लागि तीन सदस्यीय परीक्षा समिति बनाउनुपर्छ । समितिमा अञ्चल यातायात व्यवस्था कार्यालयका प्रमुख, यातायात कार्यालयले तोकेको प्राविधिक र ट्राफिक प्रहरी कार्यालयले तोकेको ट्राफिक प्रहरी सदस्य हुन्छन् । परीक्षा समितिले बैठक बसेर लिखित र प्रयोगात्मक परीक्षा उत्तीर्ण गरेकाहरूलाई सवारी चालक अनुमतिपत्र वितरण गर्ने व्यवस्था छ ।

उक्त निर्णयका आधारमा फाइल खडा गरी सवारी चालक अनुमतिपत्र प्राप्त गर्नेको विवरण भरेर लाइसेन्स वितरण गरिन्छ । तर, सवारी चालक अनुमतिपत्र दिन भनेर निर्णय गरेको फाइल नै नभेटिएका कारण ०६९ साउनदेखि चैतसम्मको सवारी चालक अनुमतिपत्र नवीकरण हुन नसकेको सेवाग्राहीको गुनासो छ ।

फाइल हराएका विषयमा कार्यालय प्रमुख विन्दा नेपालले ०६९ साउनदेखि चैतसम्म नौ महिनाको फाइल कार्यालयमा नभेटिएको स्वीकारिन् । कार्यालयले फाइल नभएकोबारे विभागमा लेखेर पठाएको छ । तर, हालसम्म कुनै पनि निर्देशन नदिएका कारण अरू प्रक्रिया अगाडि बढ्न नसकेको उनले बताइन् । सौर्य दैनिकबाट