३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेता तथा अगुवा सकारात्मक कार्यका लागि समाजप्रति समर्पित भएर लाग्नुपर्छः मन्त्री खरेल



अ+ अ-

ललितपुर। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेता तथा अगुवाहरु सकारात्मक कामका लागि समाजप्रति समर्पित भएर लाग्नुपर्नेमा जोड दिनुभएको छ ।

ललितपुरको सातदोबाटोस्थित ओमशान्ति भवनको भ्रमण गर्नुहुँदै मन्त्री खरेलले अरुका लागि केही गर्छु भनेर शक्ति र सत्तामा रहेका व्यक्ति, नेता वा समाजका अग्रणीले जनताप्रति समर्पित भएर त्याग गर्नुपर्ने भनाइ राख्नुभयो ।

“हामी भगवान् जस्तो त बन्न सक्दैनौँ, लोभ, मोह, क्रोध र अहंकारले हामीलाई बाँधिसकेको छ, जति कोसिस गर्दा पनि छुटकारा पाउनसक्ने अवस्था छैन, रावण शिवको भक्त भए पनि दानवका रुपमा चित्रित भए, कोही पनि व्यक्ति राम्रो र नराम्रो भन्ने कुरा उसको कर्मले निर्धारण गर्छ”, मन्त्री खरेलले भन्नुभयो । रासस