२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
२० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेता तथा अगुवा सकारात्मक कार्यका लागि समाजप्रति समर्पित भएर लाग्नुपर्छः मन्त्री खरेल



अ+ अ-

ललितपुर। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेता तथा अगुवाहरु सकारात्मक कामका लागि समाजप्रति समर्पित भएर लाग्नुपर्नेमा जोड दिनुभएको छ ।

ललितपुरको सातदोबाटोस्थित ओमशान्ति भवनको भ्रमण गर्नुहुँदै मन्त्री खरेलले अरुका लागि केही गर्छु भनेर शक्ति र सत्तामा रहेका व्यक्ति, नेता वा समाजका अग्रणीले जनताप्रति समर्पित भएर त्याग गर्नुपर्ने भनाइ राख्नुभयो ।

“हामी भगवान् जस्तो त बन्न सक्दैनौँ, लोभ, मोह, क्रोध र अहंकारले हामीलाई बाँधिसकेको छ, जति कोसिस गर्दा पनि छुटकारा पाउनसक्ने अवस्था छैन, रावण शिवको भक्त भए पनि दानवका रुपमा चित्रित भए, कोही पनि व्यक्ति राम्रो र नराम्रो भन्ने कुरा उसको कर्मले निर्धारण गर्छ”, मन्त्री खरेलले भन्नुभयो । रासस