काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले एकपछि अर्को गर्दै नयाँ कीर्तिमान बनाइरहेको छ। सोमबार सुनको मूल्य ८० हजार कटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुुन ८० हजार ३ सयमा पुगेर अहिलेसम्मकै रेकर्ड तोडेको जनाएको छ । आइतबार प्रतितोला ७८ हजार ८ सय पुगेर नयाँ रर्कड बनाएको सुनको मूल्यले एकैदिन १५ सयले बढेर फेरि अर्को रेकर्ड बनाएको हो।
त्यसैगरी, तेजाबी सुनको मूल्य ८० हजारमा कारोबार भइरहेको भइरहेको छ भने चाँदीको मूल्य प्रतितोला ९ सय २५ रुपैयाँमा कायम छ। अहिले अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य बढेको छ।
आइतबार अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस १६ सय ४३ अमेरिकी डलरमा कारोबार भइरहेको सुन सोमबार बढेर प्रतिऔंस १६ सय ६१ अमेरिकी डलरमा पुगेको छ।