२ पुष २०८२, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बैंकिङ कसुर मुद्दामा फरार व्यक्ति पक्राउ



अ+ अ-

काठमाडौँ। प्रहरीले बैंकिङ कसुर मुद्दामा रु ३६ लाख जरिवाना र पाँच दिन कैद सजाय ठहर भएका एक जना फरार व्यक्तिलाई पक्राउ गरेको छ ।

पक्राउपर्नेमा काठमाडौँ महानगरपालिका–११ भोटेबहाल बस्ने ४१ वर्षीय मनोहरलाल श्रेष्ठ रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “जिल्ला अदालत काठमाडौँको २०८१ असार २३ गतेको फैसलाले उक्त मुद्दामा रु ३६ लाख जरिवाना र पाँच दिन कैद सजाय ठहर भई फरार रहेका निजलाई काठमाडौँ महानगरपलिका–१५ स्वयम्भूबाट पक्राउ गरिएको हो ।”

निज श्रेष्ठलाई फैसला कार्यान्वयनका लागि आज जिल्ला अदालत काठमाडौँमा पेस गरिएको प्रवक्ता आचार्यले बताउनुभयो । रासस