• २८ बैशाख २०८१, शुक्रबार
  •      Fri May 10 2024
  •   Unicode
Logo
Latest
★   रामवृक्ष यादव स्मृति राष्ट्रिय कुस्ती प्रतियोगिता: रमेशलाई स्वर्ण ★   गगनलाई गृहमन्त्री लामिछानेको चुनौतिः सहकारीबाट ॠण मागेको प्रमाणित गरिदिनुस् राजनीति छोडिदिन्छु ★   उपप्रधान एवं गृहमन्त्रीसँग निलहिरा समाजका प्रतिनिधिको छलफल ★   दीर्घकालीन असर पर्ने निर्णय नगर्न गण्डकीका मुख्यमन्त्रीलाई सर्वोच्चको आदेश ★   बागमती प्रदेशसभाको बैठक बैशाख ३१ गते आह्वान ★   वानीरा फाउन्डेसनद्वारा विभिन्न व्यक्ति पुरस्कृत ★   सरकारले विश्व वन्यजन्तु कोषमार्फत प्राप्त करिब रु एक अर्ब २० करोड अनुदान सहायता स्वीकार गर्ने ★   प्रतिनिधि सभा बैठक ज्येष्ठ १ गतेसम्मका लागि स्थगित ★   विमानस्थलबाट ५० ग्राम अवैध सुनसहित एक जना पक्राउ ★   के आईपीएलको अर्को सिजनमा ‘इम्प्याक्ट प्लेयर’ नियम हटाइनेछ ?

शेर्पा समुदायको संस्कृतिको संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री पौडेल



हेटौँडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आफ्नो साहस र सामथ्र्यका माध्यमबाट देशलाई संसारभर चिनाउन महत्वपूर्ण योगदान दिएका शेर्पा समुदायको सम्मान, भाषा, कला, संस्कृतिको संरक्षण तथा संवद्र्धन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

शेर्पा समुदायको महान् सांस्कृतिक पर्व ग्याल्पो ल्होसार २१४७ का अवसरमा आज एक शुभकामना सन्देश प्रकाशित गर्दै उहाँले यस पर्वले नेपाली नेपाली बीचको भ्रातृत्व विकासमा सहयोग पुर्याउने बताउनुभयो ।

“नेपालको हिमाली क्षेत्रका आदिवासी जनजाति शेर्पा समुदायको महान् चाड ग्याल्पो ल्होसारको अवसरमा शेर्पा समुदाय, वाग्मती प्रदेशवासी तथा सम्पूर्ण नेपालीमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु”, उहाँले सन्देशमा भन्नुभएको छ ।

मुख्यमन्त्री पौडेलले सन्देशमा भन्नुभएको छ, “महायान बौद्ध धर्मावलम्बीको नयाँ वर्ष तथा ‘च्याक् फो च्यिवा लो २१४७ ले नेपाली नेपाली बीचको एकता, भ्रातृत्व र समभाव वृद्धिमा सकारात्मक सन्देश फैलाउन सकोस् ।”

“मुसा, गाई, बाघ, खरायो, मेघ, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह (बँदेल) गरी १२ वर्गमा विभाजन गरेर मनाइने ल्होसारको बराह वर्ष पूरा भई आजदेखि मुसा वर्ष शुरु भएको छ । यही खुशीमा सम्पूर्ण नेपाली शेर्पा समुदाय उल्लासमय ढङ्गबाट नयाँ वर्ष मनाइरहेका छन् । भौगोलिकाताको हिसाबले हिमालदेखि तराईसम्म फैलिएको वाग्मती प्रदेशमा तराईका थारू समुदायदेखि हिमालका शेर्पा समुदाय सम्मको बसोबासले प्रदेशलाई सांस्कृतिक विविधताले समेत सम्पन्न बनाएको छ”, उहाँले सन्देशमा भन्नुभएको छ ।