१० असार २०८३, बुधबार
,
Latest
शुक्लाफाँटामा सुनौलो तोपचराको गणना सुरु रास्वपाको केन्द्रीय समितिमा प्रधानमन्त्री एवं वरिष्ठ नेता शाहका सचिवालयका तीन जनाको उम्मेदवारी सिटी स्क्यान सेवा बिग्रिएपछि भरतपुर अस्पतालमा बिरामीलाई वैकल्पिक व्यवस्था लुम्बिनी र सुदूरपश्चिम तराईमा तातो लहर, बागमती र गण्डकीमा तातो दिनको सम्भावना यस्तो छ बुधबारका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर इङ्ल्याण्ड र घानाबीचमा खेल बराबरीमा रोनाल्डो चम्किँदा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित पोखरा बसपार्कका ५२० संरचना हटाइयो रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध ‘स्ट्रेट अफ हर्मुज’मा सेवा शुल्कसम्बन्धी अध्ययन गर्ने इरान र ओमानको सहमति
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले नेतृत्व चयनका लागि मतदान समय ८ बजेसम्म थप



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)को नेतृत्व चयनका लागि जारी मतदानको समय ८ बजेसम्म थप गरिएको छ । यसअघि साँझ ५ बजेसम्म तोकिएको मतदान समय संशोधन गर्दै ८ बजेसम्म पुर्‍याइएको हो ।

निर्वाचन समितिका अनुसार ८ बजेसम्म मतदानस्थलभित्र प्रवेश गरेका प्रतिनिधिले मतदान गर्न पाउने छन् ।

मतदान केन्द्रमा ८० वटा विद्युतीय मेसिनमार्फत मतदान भइरहेको छ भने एकपटकमा ५० जनालाई मतदानका लागि पठाइँदै आएको छ ।

अहिलेसम्म करिब साढे ७ सय प्रतिनिधिले मतदान गरिसकेका छन् । मतदातालाई सहज बनाउन टोकन प्रणाली लागू गरिएको निर्वाचन समितिले जनाएको छ ।

एमालेको १९ पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटीका लागि ६४२ उम्मेदवार प्रतिस्पर्धामा छन् भने दुई हजार २६३ प्रतिनिधि रहेका छन् ।

अध्यक्षमा वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुँदैछ ।