२ पुष २०८२, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले नेतृत्व चयनका लागि मतदान समय ८ बजेसम्म थप



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)को नेतृत्व चयनका लागि जारी मतदानको समय ८ बजेसम्म थप गरिएको छ । यसअघि साँझ ५ बजेसम्म तोकिएको मतदान समय संशोधन गर्दै ८ बजेसम्म पुर्‍याइएको हो ।

निर्वाचन समितिका अनुसार ८ बजेसम्म मतदानस्थलभित्र प्रवेश गरेका प्रतिनिधिले मतदान गर्न पाउने छन् ।

मतदान केन्द्रमा ८० वटा विद्युतीय मेसिनमार्फत मतदान भइरहेको छ भने एकपटकमा ५० जनालाई मतदानका लागि पठाइँदै आएको छ ।

अहिलेसम्म करिब साढे ७ सय प्रतिनिधिले मतदान गरिसकेका छन् । मतदातालाई सहज बनाउन टोकन प्रणाली लागू गरिएको निर्वाचन समितिले जनाएको छ ।

एमालेको १९ पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटीका लागि ६४२ उम्मेदवार प्रतिस्पर्धामा छन् भने दुई हजार २६३ प्रतिनिधि रहेका छन् ।

अध्यक्षमा वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुँदैछ ।