२७ भाद्र २०८३, शनिबार
,
Latest
एसीसी प्रिमियर कपको उपाधि नेपाललाई, युएई ४४ रनले पराजित देशमा सुख, शान्ति कायम होस् भन्दै असनमा ९६ कुमारको पूजा पोखराबाट उत्तरगयाका बाढीपीडितका लागि पाँच ट्रक राहत सामग्री पठाइयो कृष्णभीरको सडक तीन दिनभित्र सञ्चालनमा ल्याइने ‘टिम्बुरे टु त्रिवेणी’ अपरेशनः शव व्यवस्थापन र ‘डिएनए’ परीक्षणलाई तीव्रता बाढीका कारण विभिन्न बैंकका १७ वटा शाखा प्रभावित ‘सात वटा प्रदेशको बजेटभन्दा सिंहदरबारको एउटा मन्त्रालयको बजेट ठूलो छ’–संघीयता तथा योजनाविज्ञ देवकोटा हिमाली विपद् नेपालको मात्रै समस्या होइन, विश्वव्यापी जलवायु संकटको परिणाम होः झलनाथ खनाल हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, हालसम्म साढे १३ अर्ब मौज्दात
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला तथा बालबालिका हराउने क्रम बढ्दै



अ+ अ-

लमजुङ । गण्डकी प्रदेशअन्तर्गतको लमजुङमा महिला र बालबालिका हराउने क्रम बढेको छ । सामाजिक सञ्जालको प्रयोग, वैदेशिक रोजगार, घरझगडा, अन्तर जातीय प्रेम, गलत साथीको सङ्गतलगायत कारणले महिला तथा बालबालिका हराएको बताइन्छ ।

यस चालू आवको करीब साढे सात महिनामा मात्रै ५९ जना हराएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । यस आवको साउनदेखि फागुन महिनाको ११ गते सम्ममा उक्त सङ्ख्यामा महिला तथा बालबालिका हराएको प्रहरीले जनाएको छ । यीमध्ये ४३ महिला, तीन बालक, ११ बालिका र तीनजना ज्येष्ठ नागरिक छन् । हराएकामध्ये २२ महिला, तीन बालक, १० बालिका र दुईजना ज्येष्ठ नागरिक फेला परेको महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र लमजुङका प्रमुख नन्दुकुमारी अधिकारीले बताउनुभयो । उहाँका अनुसार अझै २० महिला, एक बालिका र एकजना ज्येष्ठ नागरिक भेटिएको छैनन् । हराएका महिला तथा बालबालिकाको खोजी भइरहेको उहाँको भनाइ थियो ।

त्यस्तै आव ०७५/७६ मा १०५ महिला तथा बालबालिका हराएका छन् जसमा ७३ महिला, सात बालक र २५ बालिका छन् । सोमध्ये ५२ महिला, चार बालक र २० बालिका फेला परेको प्रहरीले जनाएको छ । त्यस्तै आव ०७३/७४ मा ८० महिला तथा बालबालिका रहेको थियो जसमा २३ महिला, १२ बालक र १८ बालिका छन् । सोमध्ये २३ महिला, १२ बालक र छ बालिका फेला परेको प्रहरीको तथ्याङ्कमा छ ।

हराएको जानकारी प्रहरीसामु आए पनि फर्किएको तथा फेला परेको जानकारी परिवारले प्रहरीलाई नदिँदा हराएको महिला तथा बालबालिका कम फेला परेको देखिएको सेवा केन्द्रका प्रमुख अधिकारीले बताउनुभयो ।