९ श्रावण २०८३, शनिबार
,
Latest
स्ट्रेट अफ होर्मुजमा व्यापारिक ढुवानीको रक्षाको लागि अन्तर्राष्ट्रिय गठबन्धनको तयारीमा अमेरिका र बेलायत: प्रतिवेदन १ रुपैयाँ दरको सिक्कामा चुच्चे नक्सासहित आकाश भैरवको चित्र मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु कारागारबाट फरार माझी पक्राउ ‘घुमुवा प्रहरी हुँ’ भनि ठगी गर्ने पक्राउ मधेस प्रदेश सरकारको जनलोकपाल आयोगद्वारा १५ मुद्दा फैसला झापामा डेङ्गु सङ्क्रमितको सङ्ख्या घट्दो न्यूजिल्याण्ड र पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा विदेश भ्रमणको बहानामा ठगी गर्ने ‘ओसिस टुरिज्म’मा प्रहरीको छापा, दुई सञ्चालक पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले उपाध्यक्ष तामाङलाई निलम्बन गर्‍यो



अ+ अ-

काठमाडौँ । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले उपाध्यक्ष राजकुमार तामाङ (देवराज लामा)लाई निलम्बन गरेको छ।

बबरमहल बम विस्फोट काण्डमा दोषी देखिएको भन्दै प्रहरीले तामाङलाई पक्राउ गरेपछि पार्टीले उनलाई तत्कालका लागि निलम्बन गरेको हो।

पार्टीका अध्यक्ष हर्क साम्पाङका अनुसार प्रहरी अनुसन्धानमा कुनै बाधा नपुगोस् भन्ने उद्देश्यले तामाङलाई पार्टीको कुनै पनि जिम्मेवारीमा नरहने गरी निलम्बन गरिएको हो। अनुसन्धान नसकिँदासम्म निलम्बन कायम रहने उनले बताए। राजनीतिक गतिविधिका कारण पक्राउ परेको दाबी गर्दै साम्पाङले अनुसन्धान प्रक्रियामा पार्टीले कुनै अवरोध नपुर्‍याउने स्पष्ट पारे।

पक्राउ परेका तामाङ ‘विश्व क्रान्ति’ उपनामले चिनिँदै आएका थिए। उनी संयुक्त जातीय मुक्ति मोर्चा नामक संगठनमा आबद्ध रहँदा काठमाडौंसहित देशका विभिन्न स्थानमा बम विस्फोट गराएको अभियोग लाग्दै आएको छ। प्रहरीका अनुसार सो संगठनले २०६८ फागुन १५ गते काठमाडौँको बबरमहलस्थित आयल निगम गेटमा बम विस्फोट गराएको थियो, जसमा तीन जनाको मृत्यु र सात जना घाइते भएका थिए।

यसैगरी, पाँचथरमा एक जनाको ज्यान जाने गरी भएको अर्को बम विस्फोट घटनामा पनि तामाङ मुछिएको प्रहरीले जनाएको छ। तत्कालीन समयमा उक्त संगठन भूमिगत रहेर हिंसात्मक गतिविधिमा संलग्न रहेको बताइन्छ। विगतमा पक्राउ परेर जेल चलान भएका तामाङ प्रजातन्त्र दिवसको अवसरमा सरकारबाट आममाफी पाएपछि २०७६ फागुन ७ गते रिहा भएका थिए। उनी पाँचथरमा एक बालिकाको ज्यान जाने गरी भएको बम विस्फोट घटनामा पक्राउ परेका थिए।