२ पुष २०८२, बुधबार
,
Latest
किराँत राईको धर्मसंस्कृति र परम्परा झल्काउने पार्क निर्माण जनताले बिकल्प खोजेका छन् , राष्ट्रबादी शक्ति नै अबको बिकल्प – कमल थापा पोखरा महानगरपालिका स्थापना दिवसः ‘पोखरेली नवरत्न’बाट नौ जना सम्मानित भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मन्त्री कुलमान घिसिङबाट बर्दिया—कैलाली जोड्ने दौलतपुरघाट पुलको शिलान्यास एमाले नेतृत्व चयनका लागि मतदान समय ८ बजेसम्म थप जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले उपाध्यक्ष तामाङलाई निलम्बन गर्‍यो



अ+ अ-

काठमाडौँ । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले उपाध्यक्ष राजकुमार तामाङ (देवराज लामा)लाई निलम्बन गरेको छ।

बबरमहल बम विस्फोट काण्डमा दोषी देखिएको भन्दै प्रहरीले तामाङलाई पक्राउ गरेपछि पार्टीले उनलाई तत्कालका लागि निलम्बन गरेको हो।

पार्टीका अध्यक्ष हर्क साम्पाङका अनुसार प्रहरी अनुसन्धानमा कुनै बाधा नपुगोस् भन्ने उद्देश्यले तामाङलाई पार्टीको कुनै पनि जिम्मेवारीमा नरहने गरी निलम्बन गरिएको हो। अनुसन्धान नसकिँदासम्म निलम्बन कायम रहने उनले बताए। राजनीतिक गतिविधिका कारण पक्राउ परेको दाबी गर्दै साम्पाङले अनुसन्धान प्रक्रियामा पार्टीले कुनै अवरोध नपुर्‍याउने स्पष्ट पारे।

पक्राउ परेका तामाङ ‘विश्व क्रान्ति’ उपनामले चिनिँदै आएका थिए। उनी संयुक्त जातीय मुक्ति मोर्चा नामक संगठनमा आबद्ध रहँदा काठमाडौंसहित देशका विभिन्न स्थानमा बम विस्फोट गराएको अभियोग लाग्दै आएको छ। प्रहरीका अनुसार सो संगठनले २०६८ फागुन १५ गते काठमाडौँको बबरमहलस्थित आयल निगम गेटमा बम विस्फोट गराएको थियो, जसमा तीन जनाको मृत्यु र सात जना घाइते भएका थिए।

यसैगरी, पाँचथरमा एक जनाको ज्यान जाने गरी भएको अर्को बम विस्फोट घटनामा पनि तामाङ मुछिएको प्रहरीले जनाएको छ। तत्कालीन समयमा उक्त संगठन भूमिगत रहेर हिंसात्मक गतिविधिमा संलग्न रहेको बताइन्छ। विगतमा पक्राउ परेर जेल चलान भएका तामाङ प्रजातन्त्र दिवसको अवसरमा सरकारबाट आममाफी पाएपछि २०७६ फागुन ७ गते रिहा भएका थिए। उनी पाँचथरमा एक बालिकाको ज्यान जाने गरी भएको बम विस्फोट घटनामा पक्राउ परेका थिए।