२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मिडिया काउन्सिल विधेयक सच्याउन सभामुखलाई महासंघको आग्रह



अ+ अ-

काठमाडौं । नेपाल पत्रकार महासंघले मिडिया काउन्सिल विधेयक र सूचना प्रविधि विधेयकलाई सरोकारवालाहरुका माग सम्बोधन गरी लगाडी बढाउन सभामुख अग्नि प्रसाद सापकोटालाई आग्रह गरेको छ ।

सोमबार सभामुख सापकोटालाई ज्ञापनपत्र बुझाउँदै महासंघले मिडिया काउन्सिल र सूचना प्रविधि लगायतका विधेयकहरुलाई सरोकारवालसँगको छलफल गरेर माग सम्बोधन गर्नेगरी अगाडी बढ्न आग्रह गरेको हो । कानून निर्माण प्रकृयालाई प्रभावकारी बनाउन अन्तरक्रियात्मक हुनुपर्ने र सरोकारवाला पक्षलाई उत्प्रेरित गर्न आवश्यक रणनीति अख्तियार गर्ने दिशमा अगाडी बढ्न सभामुखको ध्यानाकर्षण गरिएको महासंघका महासविच रमेश विष्टले बताउनुभयो ।

महासंघका कार्यवाहक अध्यक्ष विपुल पोख्रेलले धेरै भन्दा धेरै नागरिकहरुको सहभागितामा रचनात्मक र सिर्जनात्मक ढंगले कानून निर्माण प्रकृया स्थापना गर्नुपर्ने बताउनुभयो । पछिल्लो समय आएका केही विधेयकका प्रवाधानहरुमा आफ्नो गम्भिर विमती रहेको उल्लेख गर्दै पोख्रेलले मिडियार्लाइ स्वतन्त्र रुपमा अभ्यास गर्न सक्ने परिस्थितीको निर्माण गर्न माग गर्नुभयो ।

ज्ञापनपत्र बुझ्दै सभामुख सापकोटाले छलफल र अन्तरक्रियाबाट अगाडी बढ्ने प्रयत्न आफुले गर्ने बताउनुभएको छ । परिवर्तनको गुणात्मकतालाई आत्मसाथ गरेर नियन कानून बनाउने कुरामा भएका कमजोरी सच्याउन जनस्तरमा गएर ठूलो आधार तयार हुने उहाँले बताउनुभयो ।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रका प्राणवायु भएको उल्लेख गर्दै महासंघले केही विधेयकहरुमा स्वतन्त्रता सम्बन्धि बन्देज लगाउने प्रावधानहरु रहेकोले ती प्रावधानहरुलाई सच्याउन ध्यानाकर्षण गराएको हो । महासंघले सभामुखको सफल कार्यकालको बर्धाइ तथा शुभकामना दिएको छ ।