२३ जेष्ठ २०८३, शनिबार
,
Latest
पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा…
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले महाधिवेशन: नयाँ नेतृत्व चयन गर्न मतदान सुरु



अ+ अ-

काठमाडौं। नेकपा एमालेको जारी ११ औँ महाधिवेशनको मतदान सुरु भएको छ ।

आज बिहान ८ बजेका लागि तोकिएको महाधिवेशनको मतदान केही बेर अघि भृकुटीमण्डपमा सुरु भएको हो ।

यस महाधिवेशनबाट अध्यक्ष, पदाधिकारी तथा केन्द्रीय सदस्यसहितको नयाँ नेतृत्व चयन हुनेछ । पार्टीभित्र आन्तरिक सहमति हुन नसकेपछि मतदानबाटै नयाँ नेतृत्व चयन गर्नेगरी मतदानको तयारी भएको थियो ।

तर हिजोदेखि मतदान सुरु गर्ने भनिएपनि अहिलेसम्म मतदान हुन सकेको थिएन । भोटिङ मेशिनबाट मतदानको प्रक्रिया मिलाइएकोमा प्राविधिक कारणले हिजो नै मतदान हुन सकेको थिएन ।

पार्टीको अध्यक्ष र अन्य पदाधिकारीमा पनि दुई प्यानलमा उम्मेदबारी दिइएको छ । अध्यक्षमा वर्तमान पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले उम्मेदवारी दिएका छन् ।

साथै पदाधिकारीमा पनि उनीहरुका दुवै प्यानल रहेका छन् । अध्यक्ष पछिको मुख्य आकर्षक एवं कार्यकारी पद महासचिवमा ओली प्यानलबाट शंकर पोखरेल र पोखरेल प्यानलबाट सुरेन्द्र पाण्डे उम्मेदबार छन् ।