१६ श्रावण २०८३, शनिबार
,
Latest
मुलुकमा समस्याको समाधान होइन, शिथिलीकरण मात्र भयोः प्रा. कृष्ण खनाल व्यवस्था र व्यक्तिप्रतिको आक्रोश नछुट्याउँदा लोकतन्त्रमाथि चुनौती थपियोः सीता गुरुङ गाजामा हमाससहित सशस्त्र समूहको पूर्ण निशस्त्रीकरणका लागि सम्झौता भएको ट्रम्पको दाबी भारतको महाराष्ट्रमा भवन भत्किँदा नौ जनाको मृत्यु, उद्धार कार्य जारी खोप तथा प्राथमिक स्वास्थ्य सेवा सुदृढीकरणका लागि नाइजेरियालाई गाभीद्वारा ५० करोड डलर सहयोग नेपाली महावाणिज्यदूतावासको सेवा प्रभावकारिताबारे छलफल धनुषा र सिरहा कर्फ्युः बिहान ५ः०० देखि १०ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य चिया तथा कफी क्षेत्रको सुधारका लागि कार्यदल गठन विश्व स्तनपान सप्ताह आजदेखि
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल



फाइल फोटो
अ+ अ-

काठमाडौँ। राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभाको बैठक यही पुस दोस्रो साता बस्ने भएको छ ।

राष्ट्रियसभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आज बसेको बैठकमा अध्यक्ष दाहालले बैठक बोलाउने तयारी भइरहेको र पुस दोस्रो साता वा १२ गतेभित्रै बस्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “मैले ठेकेदारलाई जतिसक्दो चाँडो काम पूरा गर्नु भनेको छु, मलाई लाग्छ, अब छिट्टै हल तयार हुन्छ, अब पुसको १२ गते बैठक बोलाउँछु ।”

मुलुकको प्रशासनिक केन्द्र सिंहदरबारभित्रै बनिरहेको सङ्घीय संसद् भवन निर्माण अन्तिम चरणमा पुगेको छ । सङ्घीय संसद् भवनको २०७६ असोज १ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्नुभएको थियो । त्यसको १६ दिनपछि ठेकेदारसँग रु छ अर्ब ९२ करोडमा सम्झौता भएको थियो ।

नयाँ बानेश्वरस्थित अन्तरराष्ट्रिय सम्मेलन केन्द्रलाई सरकारले भाडाबापत वर्षमा रु १५ करोड तिर्दै आएको छ । अध्यक्ष दाहालले सदन बस्ने विषयमा प्रधानमन्त्रीसँग सल्लाह गरिसकेको बताउँदै सदन बस्ने विषयमा कहीँकतैबाट विमति नभएको बताउनुभयो । सभाको बैठक बोलाएर विधेयकमाथिको छलफल, आयोगको प्रतिवेदनको काम गर्न सकिने, मन्त्रीलाई आमन्त्रण गरेर सम्बन्धित विषयमा छलफल गर्न सकिने उहाँको भनाइ छ ।

अध्यक्ष दाहालले भन्नुभयो, “हामीसँग चार वटा विधेयक छन्, एउटा विधेयक अध्यादेशमार्फत आएको छ, त्यो आर्थिक विधेयक हो ।

राष्ट्रियसभालाई छलफल गर्ने अधिकार छैन, त्यो प्रतिनिधिसभामा मात्रै छलफल हुने हो, त्यसकारण सरकारलाई विजेनसका बारेमा सोच्नुस् भनेर भनेको छुु ।” रासस




भर्खरै