११ असार २०८३, बिहीबार
,
Latest
उष्ण लहरको चेतावनीपछि दुई आणविक रियाक्टर बन्द श्रम विभागद्वारा निजी अस्पताल र बैंकको अनुगमन समयमै नतिजा प्रकाशनबाट शिक्षा क्षेत्रमा सुशासनको संकेत सेतो गवारोको सङ्क्रमण बढेपछि कफी किसान चिन्तित देशभरका २६ लाख किसानको सूचीकरण सम्पन्न तनहुँ-कास्कीबीच सुरक्षा समन्वय सुदृढ गर्ने निर्णय गैरकानुनी रूपमा चिकित्सा अभ्यास गरेको आरोपमा पक्राउ नेपाली फुटबलमा फिफाको निलम्बनः सकारात्मक सम्बोधन नभए तदर्थ समिति बनाउने सरकारको तयारी सरकारले होल्डिङ सेन्टर छाड्न निर्देशन दिएपछि सुकुम्बासी भन्छन्, ‘अब कहाँ जाने थाहा छैन’ ‘सरकारको हस्तक्षेपपछि संकटमा नेपाली फुटबल’
तपाईं के खोज्दै हुनुहुन्छ ?

तथ्याङ्क सङ्कलनमा छुटेका हलियाका लागि कार्यक्रम अघि बढाइने



अ+ अ-

कैलाली । सुुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले तथ्याङ्क सङ्कलन गर्न छुट भएका मुक्तहलियाका लागि प्रदेश सरकारले कार्यक्रम अघि बढाउने बताउनु भएको छ । धनगढीमा आज आयोजित राष्ट्रिय मुक्त हलिया समाज महासङ्घ नेपालको दशौँ नियमित वार्षिक साधारणसभाको उद्घाटन गर्दै मुख्यमन्त्री भट्टले विगतमा सरकारले हलियाको तथ्याङ्क सङ्कलन गर्दा धेरै छुटेको गुनासो आएकाले अब लगत सङ्कलन गर्दा कुनै पनि आग्रह पूर्वाग्रह नराखी निष्पक्ष ढङ्गले गरिने बताउनुभयो ।

प्रदेश सरकारले मुख्यमन्त्री एकीकृत बस्ती विकास कार्यक्रम अघि बढाउने तयारी गरेको मुख्यमन्त्री भट्टले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “एकीकृत बस्ती विकास कार्यक्रमलाई अघि बढाउन अध्ययन भइरहेको छ, अध्ययनमा जग्गाको अवस्था, हलिया बस्तीको पहिचानलगायत रहनेछन् ।” उहाँले अध्ययन प्रतिवेदनका आधारमा घर निर्माण अघि बढाइने बताउनुभयो ।