१६ श्रावण २०८३, शनिबार
,
Latest
मुलुकमा समस्याको समाधान होइन, शिथिलीकरण मात्र भयोः प्रा. कृष्ण खनाल व्यवस्था र व्यक्तिप्रतिको आक्रोश नछुट्याउँदा लोकतन्त्रमाथि चुनौती थपियोः सीता गुरुङ गाजामा हमाससहित सशस्त्र समूहको पूर्ण निशस्त्रीकरणका लागि सम्झौता भएको ट्रम्पको दाबी भारतको महाराष्ट्रमा भवन भत्किँदा नौ जनाको मृत्यु, उद्धार कार्य जारी खोप तथा प्राथमिक स्वास्थ्य सेवा सुदृढीकरणका लागि नाइजेरियालाई गाभीद्वारा ५० करोड डलर सहयोग नेपाली महावाणिज्यदूतावासको सेवा प्रभावकारिताबारे छलफल धनुषा र सिरहा कर्फ्युः बिहान ५ः०० देखि १०ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य चिया तथा कफी क्षेत्रको सुधारका लागि कार्यदल गठन विश्व स्तनपान सप्ताह आजदेखि
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम



अ+ अ-

नेपालगन्ज। शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु गरिएको छ ।

नेपाल धितोपत्र बोर्डले विश्व लगानीकर्ता सप्ताहअन्तर्गत आज यहाँ आयोजना गरेको ‘पुँजीबजार साक्षरता तथा लगानीकर्ता सचेतना अभिवृद्धि’ कार्यक्रममा बोर्डका निर्देशक विनोद पौडेलले यहाँका लगानीकर्ताका लागि शेयर साक्षरता सुरु गरिएको जानकारी दिनुभयो ।

पुँजीबजार प्राथमिक बजारसँगै दोस्रो बजारसमेत भएको औँल्याउँदै उहाँले बोर्डले लगानीकर्ताका हितको पैरवी गरिरहेको उल्लेख गर्नुभयो । “सबै लगानीकर्ताको उद्देश्य पुँजीबजारको दोस्रो बजारबाट अधिक मुनाफा गर्ने हुन्छ, त्यसका लागि धैर्यता र संयमता अपनाउनुपर्छ । हामीले गर्नुपर्ने कार्यका लागि सहजीकरण गर्न तयार छौँ”, निर्देशक पौडेलले भन्नुभयो ।

उहाँले पुँजीबजारको ऐन, नियमअनुसार नियमन पनि भइरहेको जानकारी दिनुभयो । पुँजीबजारमा लगानीसँगै जोखिम पनि जोडिएर आउने कुरामा सचेत रहन आग्रह गर्दै पौडेलले बोर्डले लगानीपछि आउने प्रतिफलको ग्यारेन्टी धितोपत्र बोर्डले गर्न नसक्ने स्पष्ट पार्नुभयो ।

शेयर बजारका लगानीकर्ता झवीन्द्रप्रसाद मरासिनीले कतिपय कम्पनीले समयमा लाभांश नदिएर ठगी गरेको आरोप लगाउँदै बोर्डले यसमा प्रभावकारी काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले पँुजीबजारका विषयमा अफवाह फैलाउनेलाई कारबाही गर्न नसकेको उल्लेख गर्दै बोर्डलाई गलत कार्यविरुद्ध खरो रूपमा प्रस्तुत हुन आग्रह गर्नुभयो ।

लगानीकर्ता विकास भट्टराईले नियामक निकाय सक्रिय नहुँदा शेयर बजारका लगानीकर्ता जोखिममा परेको भन्दै ‘इन्साइडर टे«डिङ’ का विषयमा पनि बोर्ड गम्भीर नभएको आरोप लगाउनुभयो ।

उद्योग वाणिज्य सङ्घ, नेपालगन्जका अध्यक्ष टङ्क धामीको अध्यक्षतामा भएको कार्यक्रममा इम्पेरियल सेक्युरिटिज प्रालि, नेपालगन्जका प्रमुख उदय अधिकारी, लगानीकर्ता जीवनारायण बेल्वासे, सङ्घका महासचिव अर्जुन रानाभाटलगायतले पुँजीबजारलाई व्यवस्थित बनाउन सबैको साझा प्रयत्न हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रमअन्तर्गत बोर्डले बाँके र बर्दियामा शेयर साक्षरताको कार्यक्रम गरेको छभने त्यस क्रममा आज यहाँको महेन्द्र बहुमुखी क्याम्पसमा कार्यक्रम आयोजना गरिएको हो । तीन वटा ब्रोकर कार्यालय रहेको नेपालगन्जमा करिब २० हजार लगानीकर्ताले कारोबार गरिरहेको इम्पेरियल सेक्युरिटीज प्रालि, नेपालगन्जका प्रमुख अधिकारीले जानकारी दिनुभयो ।




भर्खरै