१ पुष २०८२, मंगलवार
,
Latest
बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ



अ+ अ-

काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले नेतृत्व गरेको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा पक्राउ परेका छन्।

प्रहरीका अनुसार विश्वक्रान्ति, कुमार र देवराज लामा भनेर चिनिने ५० वर्षीय लामा मंगलबार काठमाडौँको कपनबाट पक्राउ परेका हुन्।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का एसएसपी शिवकुमार श्रेष्ठले उनलाई विस्फोटक पदार्थ सम्बन्धी मुद्दामा पक्राउ गरिएको जानकारी दिए।

लामा यसअघि २०६८ सालमा काठमाडौँको बबरमहलमा भएको बम विस्फोट घटनामा संलग्न मुद्दामा जेल सजाय भुक्तान गरिसकेका व्यक्ति हुन्।

बबरमहल विस्फोटमा तीन जनाको मृत्यु भएको थियो। उक्त घटनामा फरार रहेका लामालाई प्रहरीले अनुसन्धानपछि अभियोजन गरेको थियो। अदालतबाट कैद सजायको फैसला भएपछि उनले नख्खु कारागारमा सजाय भुक्तान गरेका थिए। उनी २०७६ फागुन ७ गते प्रजातन्त्र दिवसको दिन रिहा भएका थिए।

प्रहरीका अनुसार लामा विरुद्ध पाँचथरमा विस्फोटक पदार्थ सम्बन्धी अर्को मुद्दा दर्ता रहेको र सो मुद्दामा उनी फरार देखिएका थिए। २०६९ असारमा पाँचथरको भुसपातेबाट विस्फोटक पदार्थसहित पक्राउ परेका लामालाई त्यतिबेला काठमाडौँ पठाइएको थियो।

पाँचथरमा दर्ता उक्त मुद्दा हाल विचाराधीन अवस्थामा रहेको पाइएको सीआईबीले जनाएको छ। थप अनुसन्धानका लागि पक्राउ परेका लामालाई सीआईबीले पाँचथर पठाएको छ।