२७ भाद्र २०८३, शनिबार
,
Latest
एसीसी प्रिमियर कपको उपाधि नेपाललाई, युएई ४४ रनले पराजित देशमा सुख, शान्ति कायम होस् भन्दै असनमा ९६ कुमारको पूजा पोखराबाट उत्तरगयाका बाढीपीडितका लागि पाँच ट्रक राहत सामग्री पठाइयो कृष्णभीरको सडक तीन दिनभित्र सञ्चालनमा ल्याइने ‘टिम्बुरे टु त्रिवेणी’ अपरेशनः शव व्यवस्थापन र ‘डिएनए’ परीक्षणलाई तीव्रता बाढीका कारण विभिन्न बैंकका १७ वटा शाखा प्रभावित ‘सात वटा प्रदेशको बजेटभन्दा सिंहदरबारको एउटा मन्त्रालयको बजेट ठूलो छ’–संघीयता तथा योजनाविज्ञ देवकोटा हिमाली विपद् नेपालको मात्रै समस्या होइन, विश्वव्यापी जलवायु संकटको परिणाम होः झलनाथ खनाल हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, हालसम्म साढे १३ अर्ब मौज्दात
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रीमतीले टिकटक बनाउँदा सई कारवाहीमा



अ+ अ-

काठमाडाैंः भक्तपुरमा खटिएका प्रहरी नायब निरीक्षक रत्नबहादुर थापा सामाजिक संजाल टिकटकका कारण ठूलाे समस्यामा परेका छन् । उनलाइ नेपाल प्रहरीले कारवाही नै गरेकाे छ । महानगरीय प्रहरी परिसर भक्तपुर र मातहतका प्रभागको इञ्चार्ज सम्हालेर प्रहरी सेवामा राम्रो छवि बनाएका थापा यसपटक श्रीमतीका कारण कारबाहीमा परेका हुन् ।

थापाले प्रहरी पोशाकमा श्रीमती दिलु मगरसँग बसेर टिकटक बनाएपछि कारवाहीमा परेका हुन् । प्रहरी पोशाकका रत्नसँगै श्रीमती दिलुले बनाएको एउटा टिकटक र रत्नको प्रहरी पोशाक श्रीमतीले लाएर हातमा पेस्तोल समातेर खिचेको फोटोसहितको टिकटक सामाजिक सञ्जालमा भाइरल भएकाे थियाे । फेसबुक र ट्वीटरका धेरै प्रयाेगकर्ताले थापाले अनुशासनहीन काम गरेकाे बताएका छन् ।

उनलाइ महानगरीय प्रहरी कार्यालय रानीपोखरीले रानीपोखरी तानेको छ । तर उनीमाथि के कस्ताे कारबाही हुन्छ अझै स्पष्ट भइसकेकाे छैन ।