२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रीमतीले टिकटक बनाउँदा सई कारवाहीमा



अ+ अ-

काठमाडाैंः भक्तपुरमा खटिएका प्रहरी नायब निरीक्षक रत्नबहादुर थापा सामाजिक संजाल टिकटकका कारण ठूलाे समस्यामा परेका छन् । उनलाइ नेपाल प्रहरीले कारवाही नै गरेकाे छ । महानगरीय प्रहरी परिसर भक्तपुर र मातहतका प्रभागको इञ्चार्ज सम्हालेर प्रहरी सेवामा राम्रो छवि बनाएका थापा यसपटक श्रीमतीका कारण कारबाहीमा परेका हुन् ।

थापाले प्रहरी पोशाकमा श्रीमती दिलु मगरसँग बसेर टिकटक बनाएपछि कारवाहीमा परेका हुन् । प्रहरी पोशाकका रत्नसँगै श्रीमती दिलुले बनाएको एउटा टिकटक र रत्नको प्रहरी पोशाक श्रीमतीले लाएर हातमा पेस्तोल समातेर खिचेको फोटोसहितको टिकटक सामाजिक सञ्जालमा भाइरल भएकाे थियाे । फेसबुक र ट्वीटरका धेरै प्रयाेगकर्ताले थापाले अनुशासनहीन काम गरेकाे बताएका छन् ।

उनलाइ महानगरीय प्रहरी कार्यालय रानीपोखरीले रानीपोखरी तानेको छ । तर उनीमाथि के कस्ताे कारबाही हुन्छ अझै स्पष्ट भइसकेकाे छैन ।