४ असार २०८३, बिहीबार
,
Latest
पोखरा बसपार्क क्षेत्रका संरचनामाथि महानगरको डोजर (फोटो फिचर) ऊर्जा मन्त्रालयलाई १ खर्ब १४ अर्ब बजेट, १० वर्षमा ३० हजार मेगावाट उत्पादन लक्ष्य नवप्रवर्तनमा लगानी गरे अर्थतन्त्र सुधार गर्न सकिन्छः मन्त्री पुन विपक्षी सांसदको गुनासो : संसद्मा उठाएका विषयको सुनुवाइ भएन मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ मनसुन विपद्का लागि सरकारको उच्च सतर्कता, हेलिकप्टरसहित सबै स्रोत परिचालन हुने आगामी सातादेखि मनसुन प्रतिकार्यमा जुट्नुपर्नेछः प्रमुख कोईराला रास्वपा महाधिवेशनका प्रतिनिधि टुंग्याउने तयारी तीव्र, नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु कानुन निर्माणको प्राथमिकताबारे श्रममन्त्री यादवसँग मन्त्री गौतमको छलफल सभामुख अर्यालसँग संयुक्त अरब इमिरेट्सका राजदूतको शिष्टाचार भेट
तपाईं के खोज्दै हुनुहुन्छ ?

संशोधन सर्वमान्य बनाउने नेकपाको एकल दौडधुप असफल



अ+ अ-

काठमाडौं । राष्ट्रिय सभा सदस्यलाई प्रधानमन्त्री बनाउन मिल्ने गरी संविधान संशोधन गर्ने कार्यदललाई सर्वमान्य बनाउने सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको एक पक्षको प्रयास असफल भएको छ । व्यक्तिका लागि संविधान संशोधनजस्तो गम्भीर विषय लुकाएर गरेको आरोप लागिरेहेका कार्यदलमा राखिएका भनिएका नेताले नै बस्न अस्वीकार गरेका छन् ।

शनिबारको सचिवालय बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको मौनताका बीचमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधनको प्रस्ताव लगेका थिए । प्रस्ताव गर्ने बित्तिकै छलफल नै नभई अध्ययन कार्यदल बनाउने निर्णय एकैछिनमा भएपछि सो निर्णय बाहिर नलैजाने आन्तरिक सहमति भएको थियो ।

आइतबार मात्रै निर्णय बाहिरिएपछि नेकपाभित्रै र बाहिर सो बिषयमा चर्को असहमति जाहेर भएको छ चर्को बिरोध भएपछि यसविषयमा नेकपा भित्र सोमबार मात्रै तीनवटा छुट्टाछुट्टै छलफल भएको छन् । सोमबार बिहान दुई अध्यक्षबीच योलगायत अन्य राजनीतिक अवस्थाका बारेमा प्रधानमन्त्री निवास बालुवाटरमा छलफल भएको थियो । सौर्य दैनिक