८ आश्विन २०८१, मंगलवार
,
Latest
आइएमई गरेकी भाग्यशाली सेवाग्राही: प्रमीला रोकायाले जितिन् नगद १ करोड डेङ्गीको प्रकोप: लामखुट्टेको बासस्थान नियन्त्रणका कार्यक्रम संञ्चालन गर्दे महानगर मलाई पक्राउ गर्न दशैं कुर्नु पर्दैन,आधार प्रमाणले यी चिजहरु देखियो भन्नुस, मेरो झोला रेडी छ:… यसपटकको चाडपर्वमा १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान पदक विजेता भलिबल खेलाडी नगदसहित सम्मानित कुलोमा डुबेर एक बालिकाको मृत्यु भारतीय ट्रकमा आगजनी गर्ने दुई जना पक्राउ शनिबारदेखि चाडपर्व लक्षित अग्रिम टिकट बुकिङ खुला हुने महिला साफको बन्द प्रशिक्षणका लागि एन्फाले बोलायो ४० खेलाडी दलित गाउँका पहिलो शिक्षक
तपाईं के खोज्दै हुनुहुन्छ ?

संशोधन सर्वमान्य बनाउने नेकपाको एकल दौडधुप असफल



अ+ अ-

काठमाडौं । राष्ट्रिय सभा सदस्यलाई प्रधानमन्त्री बनाउन मिल्ने गरी संविधान संशोधन गर्ने कार्यदललाई सर्वमान्य बनाउने सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको एक पक्षको प्रयास असफल भएको छ । व्यक्तिका लागि संविधान संशोधनजस्तो गम्भीर विषय लुकाएर गरेको आरोप लागिरेहेका कार्यदलमा राखिएका भनिएका नेताले नै बस्न अस्वीकार गरेका छन् ।

शनिबारको सचिवालय बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको मौनताका बीचमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधनको प्रस्ताव लगेका थिए । प्रस्ताव गर्ने बित्तिकै छलफल नै नभई अध्ययन कार्यदल बनाउने निर्णय एकैछिनमा भएपछि सो निर्णय बाहिर नलैजाने आन्तरिक सहमति भएको थियो ।

आइतबार मात्रै निर्णय बाहिरिएपछि नेकपाभित्रै र बाहिर सो बिषयमा चर्को असहमति जाहेर भएको छ चर्को बिरोध भएपछि यसविषयमा नेकपा भित्र सोमबार मात्रै तीनवटा छुट्टाछुट्टै छलफल भएको छन् । सोमबार बिहान दुई अध्यक्षबीच योलगायत अन्य राजनीतिक अवस्थाका बारेमा प्रधानमन्त्री निवास बालुवाटरमा छलफल भएको थियो । सौर्य दैनिक