६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति News Polar भोटेकोशी बाढीमा बेपत्ता सिपाही कुमालको २७ दिनपछि अन्त्येष्टि News Polar जागिरसँगै सव–इञ्जिनियरको पाखोबारीमा फलफूल बगैँचा News Polar नेपाल फिल्म सोसाईटी र चलचित्र कलाकार संघ अमेरिका शाखाद्वारा बाढी पीडितका लागि आर्थिक सहयोग News Polar २०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाललाई १२औँ स्थान News Polar सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने सरकारको तयारी News Polar स्वीकृत लगानीलाई परियोजना र रोजगारीमा रूपान्तरण गर्न आवश्यक : लगानी बोर्डकी सीईओ उक्याव News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण र राहतमा भइरहेको ढिलाइप्रति सांसद राईको ध्यानाकर्षण News Polar न्यायपालिकाको पुनर्संरचनाबारे संसदमा एमाले–रास्वपा जुहारी News Polar असोज ८ देखि १० गतेसम्म हुने भारी वर्षाबारे गृहमन्त्री र ऊर्जामन्त्रीले लिए मौसम अपडेट News Polar भदौमा ११ जिल्लाका १३ स्थानमा नेपाल टेलिकमका नयाँ मोबाइल साइट सञ्चालन News Polar लाइसेन्स वितरण सहज बनाउन तीन निकायबीच त्रिपक्षीय सम्झौता News Polar नतिजामुखी कार्यसम्पादनमा जोड : मन्त्रालयका सचिव–सहसचिव र बाल अधिकार परिषद्का सदस्य–सचिवबीच सम्झौता News Polar परियोजनाको लाइसेन्स खरिद–विक्री नै लगानीकर्ताहरुको पेसा भयो, स्वीकृत लगानी कार्यान्वयनमा सरकार गम्भीर बन्नुपर्छः सांसदहरु News Polar जेन–जी आन्दोलनका दोषीलाई पक्राउ गर्न नसके सरकारको कुर्सी छाड्नुस् : ज्ञानबहादुर शाही News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १५ अर्बभन्दा बढी पुग्यो News Polar धनकुटाको हिले बजारको रोक्का जग्गा फुकुवा गर्न सांसद राजेन्द्र राईको माग

‘प्रतिक्रियावादीहरूले अनेक प्रकारका पासो थाप्छन् , भयानक प्रचार छेड्छन् र आक्रमण गर्छन्’: प्रधानमन्त्री

‘प्रतिक्रियावादीहरूले अनेक प्रकारका पासो थाप्छन् , भयानक प्रचार छेड्छन् र आक्रमण गर्छन्’: प्रधानमन्त्री
अ+ अ-

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओलीले आफ्नै साथीहरूको महत्वाकांक्षा बढाएर समस्या खडा गर्न खोजिएको टिप्पणी गरेका छन् । गण्डकी प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रमको सोमबार पोखरामा उद्घाटन गर्दै साथीहरूलाई प्रयोग गरेर आन्दोलनलाई कमजोर पार्न खोजिएको पनि बताए ।

‘प्रतिक्रियावादीहरूले अनेक प्रकारका पासो थाप्छन् । अपमान गर्नुपर्छ भनेर संयन्त्र प्रयोग गर्छन् । भयानक प्रचार छेड्छन् र आक्रमण गर्छन् । खेल्ने काम मात्र हुन्छ, फाटो बढाउन खोज्छन्,’ ओलीले भने, ‘हाम्रै साथीहरूमा पनि कसैको महत्वाकांक्षा बढाएर, त्यसलाई प्रयोग गरेर समस्या खडा गर्न खोज्छन् । आन्दोलनलाई बदनाम गर्ने, कमजोर गर्ने र अन्तिममा नष्ट गर्न चाहन्छन् । हामी यसमा सचेत हुनुपर्छ, यसलाई बुझ्नुपर्छ ।’ संसद्मा एजेन्डा नपाएको प्रतिपक्षले माइतीघरमा गएर अफवाह फैलाउने गरेको आरोप उनले लगाए ।

‘हाम्रो प्रतिपक्षी कमजोर भयो भनेर कसैकसैले भन्ने गरेको सुनेको छु,’ उनले भने, ‘प्रतिपक्षी चर्का छन् । संसद्मा एजेन्डा नै नपाएर बोल्दैनन् अनि माइतीघर मण्डलामा गएर प्रतिपक्षीय धर्म पूरा गर्छन् । केही हुनासाथ त्यहाँ पुगिहाल्छन्, अफवाह फैलाउँछन् । अनि अर्काथरी मान्छेहरू त्यसैलाई पत्याउँछन् ।’ प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षी कांग्रेसलाई कुखुराका चल्लाको बथानको संज्ञा दिए । ‘एउटा कुखुराको चल्लो फट्यांग्रा भेटाएपछि लिएर दगुर्छ । अनि अरू चल्लाहरू के–के न होला भनेर पछिपछि दगुर्छन् । हाम्रो प्रतिपक्षी पनि त्यस्तै छ,’ उनले भने । कतिपय अवस्थामा पार्टी कार्यकर्तालाई पनि भ्रम पर्ने गरेको उनले बताए ।

देश गरिब भए पनि कोही नागरिक भोको नरहेको र खान नपाउने अवस्थामा नरहेको पनि उनले सुनाए । यो सरकार गठन भएपछि तराईमा शीतलहरका कारण कसैले ज्यान नगुमाएको दाबी उनले गरे । उनको भनाइ थियो, ‘हामी दीर्घकालीन योजना बनाएर त्यसअनुरूपको काम गरिरहेका छैनौँ, अहिले तपाईं सडकबालबालिका देख्नुहुन्न, हाम्रा भविष्यका कर्णधारहरूलाई खानाका लागि कुकुरसँग लड्नुपर्ने अवस्थाबाट हामीले सके परिवारमा पुनर्स्थापना, नभए बालबालिका हेर्ने सहयोगी संस्थासँग मिलेर व्यवस्थापन गरेका छौँ ।’

एमसिसीका गम्भीर बुँदा सच्याउँछौँः खनाल

नेकपाका वरिष्ठ नेता झलनाथ खनालले एमसिसीका केही बुँदा वर्तमान सरकारले सच्याउने बताएका छन् । गम्भीर त्रुटियुक्त बुँदा रहेको सम्झौतामा तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले हस्ताक्षर गरेको भन्दै उनले वर्तमान सरकारले त्यसलाई सच्याउने बताएका हुन् ।

अनुदान ल्याउने र पूर्वाधार बनाउने विषय आफैँमा राम्रो भए पनि राष्ट्रहित प्रतिकूल हुने बुँदा भने स्विकार्न नसकिने उनले प्रस्ट्याए । ‘नेपालको पूर्वाधार बन्छ भने ५० करोड डलर अनुदान नराम्रो होइन, तर सम्झौतामा रहेका १० वटा प्रावधान मान्न सकिँदैन,’ उनले भने । खनाल नेतृत्वको कार्यदलले केही दिनअघि मात्र नेकपाका दुवैजना अध्यक्ष केपी शर्मा ओली र प्रचण्डलाई एमसिसीबारे अध्ययन प्रतिवेदन बुझाइसकेको छ । नयाँ पत्रिका दैनिक