१ पुष २०८२, मंगलवार
,
Latest
बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश सरकारमा तीन जना मन्त्री भए पुग्छः प्रदीप पौडेल



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रदीप पौडेलले प्रदेश सरकारमा तीन जना मन्त्री भए पुग्ने बताउनुभएको छ ।

मंगलवार राजधानीमा आयोजित एक कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालको प्रशासनिक संरचनालाई पूर्ण रुपमा डिजिटलाईज गर्नुपर्नेमा जोड दिनुभयो । संघीयतालाई कम खर्चिलो बनाउन डिजिटलाईजेशन गर्नुपर्ने उहाँको भनाई छ । उहाँले प्रदेशमा मुख्यमन्त्री, वित्तियमन्त्री र प्रशासनमन्त्री भए हुने बताउनु भयो । संघियता हटाउनु समाधान नभई छरितो बनाउनु आजको आवश्यकता उहाँले औँल्याउनुभयो ।

संघीयता छरितो बनाउनको लागी चालु खर्च घटाउनुपर्नेमा उहाँले जोड दिनुभयो । चालु खर्च कम गर्नको लागि सरकारी संरचनालाई डिजिटलाईजेशन गर्नुको विकल्प नभएको उहाँले बताउनु भयो । प्रशासनिक संरचनालाई पूर्णरुपमा डिजिटलाईज गर्नसके नेपालको चालु खर्च दुई तिहाई कटौती हुने उहाँको दाबी छ । उहाँले प्रविधि विकास र नागरिकको स्वतन्त्रता पनि जोडिएको बताउनु भयो । प्रविधिको प्रयोगलाई सिर्जनात्मक रुपमा प्रयोग गर्न कानूनी स्पष्टता जरुरी रहेको उहाँको भनाई छ । कानून निर्माण गर्दा नागरिकको स्वतन्त्रता हनन हुनेगरी गर्न नहुनेमा पनि उहाँले स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘हामीले संघियता एकदमै बोझिलो भयो भनेर भनेका छौँ । संघियता एकदमै बोझिलो भयो त्यसकारण यसलाई हटाउनुपर्छ, त्यो समाधान होइन । संघियतालाई छरितो बनाउने चाहीँ समाधान हो । संघीयतालाई छरितो बनाउन चालु खर्च घटाउनुप¥यो । प्रदेश सरकार एउटा मुख्यमन्त्री, एउटा वित्तीयमन्त्री र एउटा एउटा प्रशासनमन्त्री तीन जनाको मन्त्री मात्रै भए हुन्छ । यत्रो म्यानुअल्ली काम गर्नुपर्ने यत्रो ठूलो संरचना आवश्यक छैन । हामीले नेपालको प्रशासनिक संरचनालाई पूर्णरुपमा डिजिटलाईज ग¥यौँ भने नेपालको चालु खर्चको दुई तिहाई कटौती हुन्छ । विकास, समृद्धिसँग यो पक्ष अभिन्न ढंगबाट जोडिएको छ । नागरिक स्वतन्त्रतासँग अभिन्न ढंगबाट जोडिएको स्थिति छ । त्यसैले यसलाई क्रियसनमा कसरी प्रयोग गर्ने त्यसको कानूनी प्रष्टता जरुरी छ । यसबाट केही नकरात्मक विषयहरु पनि आएका छन् । यसलाई दुरुपयोग पनि गरिएको छ । दुरुपयोग हुन नदिनको लागी नियन्त्रण गर्न खोजियो भने त्यो स्वतन्त्रता खोसिएको मानिनुपर्दछ । स्वतन्त्रता खोसेर छिटफुट दुरुपयोग गरिने कुरा बन्द गर्न मिल्दैन । दुरुपयोग गरिने कुरालाई बन्द गर्न अझ यसलाई खुला, फराकिलो र एकदमै स्वतन्त्रताको ग्यारेन्टी गरेर गर्न सकिन्छ ।’ 

उहाँले सामाजिक सञ्जाललाई नेपालमा दर्ता गर्ने कुरामा समस्या नरहेपनि दर्ताको नाममा बन्द गरिने कार्य भने सह्य नहुने बताउनु भयो । नागरिकको स्वतन्त्रता हनन हुनेगरी कुनै कानून बनाउन नहुने उहाँको भनाई छ ।