६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति News Polar भोटेकोशी बाढीमा बेपत्ता सिपाही कुमालको २७ दिनपछि अन्त्येष्टि News Polar जागिरसँगै सव–इञ्जिनियरको पाखोबारीमा फलफूल बगैँचा News Polar नेपाल फिल्म सोसाईटी र चलचित्र कलाकार संघ अमेरिका शाखाद्वारा बाढी पीडितका लागि आर्थिक सहयोग News Polar २०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाललाई १२औँ स्थान News Polar सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने सरकारको तयारी News Polar स्वीकृत लगानीलाई परियोजना र रोजगारीमा रूपान्तरण गर्न आवश्यक : लगानी बोर्डकी सीईओ उक्याव News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण र राहतमा भइरहेको ढिलाइप्रति सांसद राईको ध्यानाकर्षण News Polar न्यायपालिकाको पुनर्संरचनाबारे संसदमा एमाले–रास्वपा जुहारी News Polar असोज ८ देखि १० गतेसम्म हुने भारी वर्षाबारे गृहमन्त्री र ऊर्जामन्त्रीले लिए मौसम अपडेट News Polar भदौमा ११ जिल्लाका १३ स्थानमा नेपाल टेलिकमका नयाँ मोबाइल साइट सञ्चालन News Polar लाइसेन्स वितरण सहज बनाउन तीन निकायबीच त्रिपक्षीय सम्झौता News Polar नतिजामुखी कार्यसम्पादनमा जोड : मन्त्रालयका सचिव–सहसचिव र बाल अधिकार परिषद्का सदस्य–सचिवबीच सम्झौता News Polar परियोजनाको लाइसेन्स खरिद–विक्री नै लगानीकर्ताहरुको पेसा भयो, स्वीकृत लगानी कार्यान्वयनमा सरकार गम्भीर बन्नुपर्छः सांसदहरु News Polar जेन–जी आन्दोलनका दोषीलाई पक्राउ गर्न नसके सरकारको कुर्सी छाड्नुस् : ज्ञानबहादुर शाही News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १५ अर्बभन्दा बढी पुग्यो News Polar धनकुटाको हिले बजारको रोक्का जग्गा फुकुवा गर्न सांसद राजेन्द्र राईको माग

ललिता निवास प्रकरण: जग्गा बकस लिने सबै कर्मचारीका सन्तान

ललिता निवास प्रकरण: जग्गा बकस लिने सबै कर्मचारीका सन्तान
अ+ अ-

काठमाडौं । ललिता निवासको जग्गा राणा परिवारबाट बकस लिनेमा अधिकांश कर्मचारीका श्रीमती, छोराछोरी र आफन्त छन्। मालपोत कार्यालय डिल्लीबाजर, समरजंग कम्पनी, गृह मन्त्रालयका कर्मचारीले सुर्वण शमशेरका हकवालाबाट आफ्ना नातागोताको नाममा बकस गरी आफ्नोमा गरेका छन्। ललिता निवासको ११२ रोपनी जग्गा राणा परिवारको नाममा ल्याउन कमिसन स्वरुप कर्मचारीका परिवारको नाममा बकस गरिएको देखिएको छ। यो जग्गा २०२१ सालमा नै अधिग्रहण गरी क्षतिपूर्ति समेत दिएर सरकारको नाममा ल्याइएको थियो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दर्ता गराएको आरोप पत्रमा निर्वाचन आयोगका आयुक्त शाहकी श्रीमति उर्मिलासहित १३ कर्मचारीका परिवार र आफन्त छन्। उनीहरूले जग्गा फिर्ता गरेको ८ दिनभित्र बकस गरिदिएको अख्तियारले विशेष अदालतमा पेस गरेका आरोप पत्रमा उल्लेख छ। गैह्रकानुनी फिर्ता भएको (२०४९ पुस २३) आठ दिनभित्र (२०४९ माघ २ मा) बकस पत्रको लिखत तयार भएको छ। २०५० जेठ २९ मा पारित भएको लिखतबाट आफू समेतको नाममा ललिता निवासको जग्गा प्राप्त गरेको देखिएको छ।

सरकारी जग्गा व्यक्ति विशेषलाई फिर्ता दिने गरी गैह्रकानुनी निर्णय भएका आठ दिन भित्र यो प्रकरणमा संलग्नता र सरकार नभएका स्वतन्त्र व्यक्तिले जग्गाधनी भनिएका राणा परिवारलाई खुसी बनाइ, रिझाइ ६ रोपनी ९ आनासम्म जग्गा बकस पत्र मार्फत प्राप्त गरेको हो भनी विश्वास गर्न सक्ने स्पष्ट आधार र ठोस प्रमाण नदेखिएको मुद्दामा उल्लेख छ। राणा परिवारबाट गैह्रकानुनी रूपमा निर्वाचन आयुक्त सुधीरकुमार शाहकी श्रीमती उर्मिला शाहले तीन कित्ता बकस लिएको पाइएको छ।

उर्मिलाले एक लाख ५४ हजार ७ सय र ६ लाख ४ हजार ७ सय थैली कायम गरी कित्ता नम्बर ३६ को १ रोपनी ३ पैसा र कित्ता नम्बर ११ को ११ आना २ पैसा र १७ नम्बर कित्ताको ३ रोपनी ५ आना बकस लिएकी थिइन। बकस लिने बखतमा सुधीर शाह मालपोत कार्यालय भक्तपुरका मालपोत अधिकृत थिए। बकस लिएकी उर्मिलाले २०४९ मंसिर १ मा शैलजा राण र भुवनकुमारी चापागाँईसहित आफू संयुक्तरूपमा खरिद गरी बकस लिएको बयानमा उल्लेख छ। यो जग्गा २०६० मा रामकुमार सुवेदीको परिवारलाई बिक्री गरिसकेको बताएकी छन्।

मैले जग्गा खरिद गर्दा मेरो श्रीमान सुधीर शाह भक्तपुर मालपोतका अधिकृत हुनुहुन्थ्यो, उक्त जग्गा लिखित पारित गरी खरिद गरेको हो, उनले बयानमा भनेकी छन्, ‘मलाई जग्गाधनीसँग भेटाउने व्यक्ति जग्गा दलाल रामनाथ शर्मा हुन्।’ तत्कालीन प्रमुख जिल्ला अधिकारी एवं सहसचिव गेहनाथ भण्डारीकी श्रीमती भुवनकुमारी चापागाई र सासु सोदाकुमारी चापागाईका नाममा जग्गा बकस गरिएको छ।

भुवनकुमारीको नाममा ३ कित्ता र सोदाकुमारीको नाममा एक कित्ता बकस गरिएको आरोप पत्रमा उल्लेख छ।बालुवाटारको ३६ नम्बर कित्ताको १ रोपनी २ पैसा, ११ कित्ता नम्बरको ११ आना २ पैसा र १७ कित्ता नम्बरको ३ रोपनी ५ आना जग्गा दुईवटा थैली कायम गरी भुवनकुमारीको नाममा बकस गरिएको छ। सोदाकुमारी चापागाईंको नाममा ९३ हजार ७५० थैली राखी १० आना जग्गा बकस गरिएको छ। बकस लिने बेला भण्डारी गृह मन्त्रालयमा शाखा अधिकृत थिए।

मालपोत कार्यालय डिल्लीबजारका प्रमुख मालपोत अधिकृत कलाधर देउजाका साढु भाइ इन्द्रबहादुर थापा क्षेत्रीले ४ रोपनी २ आना २ पैसा जग्गा बकस लिएका छन्। २०४९ मंसिर १ मा बकस गरिएको थियो। उनले बयानमा साढु दाइ देउजाले मालपोत अधिकृत हुँदा बालुवाटारको जग्गा आफ्ना नाममा राखिदिन अनुरोध गरेपछि आफूले सहयोग मात्रै गरेको बयान दिएका छन्। उनले आफ्नो नाममा लिएको एक दुई वर्ष पछाडि बिक्री गर्दा १० लाख प्राप्त गरेको बताएका छन्। ‘राणा परिवारसँग मेरो चिनजान छैन, मेरो साढु दाइ देउजा बालुवाटारमा एउटा जग्गा छ, तपाईंले आफ्नो नाममा राखिदिनुहोस् भनी अनुरोध गर्नु भएकाले सहयोग गरेको हुँ’, उनले बयानमा भनेका छन्, ‘उक्त जग्गा बिक्री गर्दा १० लाख पाएको थिए।’

डिल्लीबजार मालपोत अधिकृत सुरेन्द्रमान कपालीकी भतिजा बुहारी शान्ति मल्ल प्रधानाङ्गको नाममा जग्गा बकस गरिएको छ। २०४९ चैत २३ मा कित्ता नम्बर २७ को १ रोपनी १० आना २ पैसा, कित्ता नम्बर २८ को २ रोपनी ८ आना जग्गा फिर्ता दिलाउन संलग्न कपालीको भतिजा बुहारी प्रधानाङ्गको नाममा बकस गरिएको आरोप पत्रमा छ। डिल्लीबजारका खरिदार युक्तप्रसाद श्रेष्ठकी श्रीमती सरस्वती कुमारी श्रेष्ठ, बहिनी निर्मलादेवी श्रेष्ठको नाममा बकस गरिएको पाइएको छ। २०४९ चैत २३ मा कित्ता नम्बर २७ को १ रोपनी १० आना २ पैसा, कित्ता नम्बर २८ को २ रोपनी ८ आना जग्गा श्रेष्ठकी श्रीमती सरस्वतीको नाममा बकस गरिएको छ।

श्रेष्ठकै बहिनी निर्मला देवीको नाममा कित्ता नम्बर २० को ५ आना र कित्ता नम्बर २६ को १ रोपनी ८ आना जग्गा २ लाख ७१ हजार ९ सय थैलीमा बकस गरिएको थियो। शाखा अधिकृत धर्मप्रसाद गौतमका सालीको छोरा मोहनप्रसाद भट्टराई, तत्कालीन भूमिसुधार तथा व्यवस्थापन विभागका महानिर्देशक मुकुन्दप्रसाद आचार्यका छोरी ज्वाई वैकुण्ठ शर्मा रेग्मी, समरजंग कम्पनीका तत्कालीन लेखापाल विनोद पौडेलकी श्रीमती विद्या पौडेल गौतम, तत्कालीन भूमिसुधार विभागका शाखा अधिकृत प्रेमबहादुर खापुङकी श्रीमती सीमादेवी आङबुहाङ र भाइ बुहारी शशीकला सुब्बाले बकस लिएका थिए। त्यस्तै रामनाथ घिमिरे र रामकल्याण अधिकारीले बकस लिएका थिए।

घिमिरेले ३ रोपनी ४ आना र अधिकारीले १ रोपनी ८ आना जग्गा बकस गरी आफ्ना नाममा कायम गरेका थिए। अन्नपुर्णपोष्ट दैनिक