१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा सरकारतिर News Polar एसियाली खेलकुदः नेपाली धावक पालद्वारा राष्ट्रिय कीर्तिमान News Polar बैङ्किङ कसुरमा फरार रहेका एक पक्राउ News Polar भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव News Polar प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा

हनुमन्ते करिडोरमा जग्गा विवाद

हनुमन्ते करिडोरमा जग्गा विवाद
अ अ+ अ-

काठमाडौँ । राजधानीको व्यस्त सडकको जाम हटाउने उपायका रुपमा हेरिएको हनुमन्ते करिडोर निर्माण जग्गा विवादका कारण अपेक्षानुसार अघि बढ्न सकेको छैन । शहरी विकास मन्त्रालयले व्यक्तिगत जग्गा भएका कारण समस्या भएको जनाएको छ । त्यस्तै नेपाल सरकारले निर्माण गरिरहेको सडक, पुल, ढललगायतका संरचनासमेत समयमै नसकिँदा करिडोर निर्माणमा बाधा पुगेको छ । मन्त्रालयका सचिव मधुसुदन अधिकारीले जग्गाका कारण करिडोर निर्माणमा ढिलाइ हुन नदिनका लागि अवरोध हटाएर अघि बढ्नुपर्ने बताए ।

दश/दश मिटर नदीको बहाव क्षेत्र, १०/१० मिटर हरियाली क्षेत्र र १०/१० मिटर सडक गरी करिडोरका लागि ३०/३० मिटर चौडा जमिन चाहिने उनको भनाइ छ । कतिपय स्थानमा यही ३० मिटर क्षेत्रभित्रै घरलगायतका संरचना रहेका छन् । तिनलाई हटाएर आवश्यक स्थान खाली गराउनसके निर्माण सम्पन्न गराउन सकिने उनले बताए । उनले भने, ‘आवश्यक स्थान खाली भएपछि निर्माण व्यवसायीले समयभन्दा पहिले नै निर्माण सम्पन्न गर्ने हामीलाई विश्वास छ ।’

अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका आयोजना प्रमुख लीलाप्रसाद ढकालले नदीको क्षेत्रमा आफ्नो जग्गा पर्नेमध्ये कतिपयले सहजरुपमा लिएको भए पनि कतिले नलिएको बताए । कतिपय व्यक्तिको जग्गाको केही भाग मात्रै परे पनि कतिपयको पूरै जग्गा पर्दा उनीहरुले मुआब्जाको माग गरिरहेका छन् । नगरपालिकाले पटकपटक जग्गा विवादका कारण आयोजनालाई निर्माण रोक्न भनिरहेको बताए। उनले भने, ‘स्थानीय तहले सहजीकरण गर्नुपर्नेमा आफ्नै जग्गा विवाद रहेको छ ।’

आयोजनाका वरिष्ठ डिभिजन इञ्जिनीयर योगेन्द्र चित्रकारले यस क्षेत्रमा करिडोर निर्माण सम्पन्न हुँदा डुबानको समस्यासमेत हल हुने बताए । गत वर्ष वर्षात्का समयमा हनुमन्ते नदीका कारण नदी आसपासका बस्ती डुबानमा परेको थियो । नदीको बहाव क्षेत्र कायम हुँदा त्यसले बस्ती प्रवेश नगर्ने उनको भनाइ छ । यस करिडोरको निर्माण सम्पन्न हुँदा सल्लाघारीबाट खोला किनारैकिनार बल्खुसम्म पुग्न सकिनेछ । उनले भने, ‘अहिले विभिन्न विवादले निर्माणलाई बाधा पुगेकाले त्यसलाई हटाउन लाग्नुपर्छ ।’

समितिकी सभापति कल्याणीकुमारी खड्काले तत्कालका लागि मापदण्डानुसार २० मिटर चौडाइको सडक निर्माण गर्न नसकिए पनि तत्कालका लागि सवारीसाधन गुडाउन सकिने गरी सडक निर्माण गर्नुपर्ने बताइन् । करिडोर पूर्णरुपले सञ्चालनमा आउँदा उपत्यकाको सबैभन्दा बढी जाम हुने स्थानका रुपमा रहेको जडीबुटी चोकको समस्या केही हदसम्म समाधान हुने उनले बताइन् । उनले भनिन्, ‘दीर्घकालीनरुपमा यसको समाधान अण्डरपास वा ओभरफ्लाई होला तर तत्कालका लागि सहायक सडकबाट पनि जाम कम गर्न सकिन्छ ।’

समितिकी सदस्य बीनाकुमारी श्रेष्ठले हालका लागि राधेराधेसम्म सडक खुलाउन सकियो भने मुख्य सडकको जाम कम गर्न सकिने बताइन् । अहिले व्यक्तिगत जग्गा र सार्वजनिक जग्गामा पनि बिभिन्न निकायबीच विवाद रहेकाले त्यसको समाधान खोज्नुपर्नेमा उनको जोड छ । समितका सदस्य यज्ञराज सुनुवारले भौतिक पूर्वाधार मन्त्रालयले गरिरहेका निर्माणमा जसरी शहरी विकास मन्त्रालयले ढिलाइ गर्न नहुने बताए । अहिले तीनै तहका सरकारबीचको अधिकारको विवाद सडक निर्माणका क्रममा देखिएको उनको भनाइ छ । सौर्य दैनिक